← SongOfSongs (8/8) |
1. | आफ्नी आमाको दुध चुस्तै हुर्कने मेरो सानो भाइ जस्तै तिमी पनि नानी हुँदो हौ त म तिमीलाई बाहिर नै भेट्ने थिएँ अनि तिमीलाई म्वाई खाने थिए। र कसैले यो गल्ती हो भन्न सक्ने थिएनन्। |
2. | जुन जननीले मलाई त्यो कोठामा शिक्षा दिइन् म तिमीलाई ती जननीको घरको त्यो कोठामा लैजाने थिएँ। म तिमीलाई मेरो दारिमबाट निचोरेर निकालेको रसले बनिएको मसला युक्त मद्य दिने थिए। |
3. | उनको देब्रे हात मेरो टाउको मुनि छ अनि दाहिने हातले मलाई समात्नु भएको छ। |
4. | हे यरूशलेमका तरूणीहरू हो! मलाई वचन देऊ कि जबसम्मा म यसको निम्ति तैयारी हुँदिन। मलाई प्रेमले उत्तेजित पार्ने छैन। |
5. | आफ्नो प्रेमीसित अढेसिएर मरूभूमिबाट आँउदै गरेकी स्त्री को हुन्? मैले तपाईंलाई स्याऊको बोट मुनि जगाएँ, जहाँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरेकी थिईन, जहाँ तपाईंको जन्म भएको थियो। |
6. | मलाई तपाईंको हृदयमा छाप लगाउँनु होस् यदि म एउटा औंठी जस्तै भएर तपाईंको हातमा रहन्छु, प्रेम मृत्यु जस्तै प्रबल हुन्छ, अनि तृष्णा चाहिँ चिहान जस्तै शक्तिशाली हुन्छ कुनै ज्वालाभन्दा पनि कडा, त्यो दन्केको आगो झैं दन्किन्छ। |
7. | के कसैले आफ्नो प्रेमका निम्ति आफ्नोमा भएको प्रत्येक चीज दिन्छ भने ऊ उपेक्षित हुन्छ र? |
8. | हाम्री सानी बहिनी छ अनि जसको स्तन विकाश भएकै छैन, यदि कसैले तिनलाई विवाह गर्न खोजे, हामीले बहिनीको लागि के गर्नु पर्ने! |
10. | म एउटा पर्खाल हुँ, मेरा स्तनहरू धरहराहरू जस्तै छन्। म उसको निम्ति एउटा सुरक्षाको अनुभव गर्ने भएकी छु। |
11. | बाल-हमनमा सुलेमानको एउटा दाखको बगैंचा थियो, तिनले आफ्नो बगैंचा रखवालहरू दिए, र प्रत्येक रखवालले 1,000 चाँदीको शेकेल बराबरको दाख ल्याउनु पर्थ्ये। |
12. | सुलेमान! तिमी आफ्नो 1,000 शेकेल राख्न सक्छौ। प्रत्येक रखवालालाई 200 शेकेल देऊ उसले तिम्रो लागि ल्याएको दाखको सट्टामा! तर म मेरो आफ्नै दाखबारीको दाख राख्छु। मेरो अघिको यो दाखबारी मेरो आफ्नै हो। |
13. | बगैंचामा तिमी नै बस, साथीहरू तिम्रो आवाज सुनिरहेका छन्, तिमी मलाई पनि सुन्न देऊ। |
14. | हे प्रियतम, चाँडो गर्नु होस्। अब सुगन्धित मसालाको पर्वतमा तपाईं हरिण अथवा मृगका पाठा जस्तै हुनु होस्। |
← SongOfSongs (8/8) |