← SongOfSongs (2/8) → |
1. | म भञ्चयाङमा फुल्ने गुलाफ अनि बेंसीमा फुल्ने लिली फूल झैं छु। |
2. | हेर, प्रेमी अन्य स्त्रीहरूको माझ तिमी काँढाहरू माझमा फूलेकी लिली फूल झैं छौ। स्त्री भन्छिन् |
3. | हे मेरा प्रिय अन्य पुरूषहरूको बीच तपाईं जङ्गलमा अन्य धेरै रूखहरू बीच स्याऊको बोट झैं छौ। म त्यो बोट मुनि बसेर आनन्द लिन चाँहन्छु अनि त्यसको फल अति स्वदिष्ट लाग्छ। |
4. | मेरा प्रियले मलाई मधु शालाम ल्याउनु भयो र उहाँले म माथि राख्नु भएको संकेत उहाँको प्रेम हो। |
5. | म प्रेम रोगी हुँ यसर्थ मलाई किसमिस र स्याऊहरू खुवाएर सजीव बनाउनु होस्। |
6. | उहाँको देब्रे पाखुरा मेरो टाउको मुनी छ अनि दाइने हातले मलाई अँगालेको छ। |
7. | हे यरूशलेमका तरूणीहरू! मुडुली मृग र हरिणहरूको नाउँमा प्रतिज्ञा गर। मसित प्रेम गर्न उत्तेजित नहौ जबसम्म म यसको निम्ति तयारी हुँदिनँ। |
8. | मेरो प्रेमीकाको स्वर सुन! लौ हेर, उहाँ आउँनु हुँदैंछ, पहाडहरूमा उफ्रँदै अनि डाँडाहरूमा दगुर्दै। |
9. | मेरा प्रेमी एउटा लघुमृग अथवा जवान मृग झैं हुनुहुन्छ। हेर, उहाँ हाम्रो पर्खाल पछाडी उभिनु भएको छ, झ्यालबाट हेरिरहनु भएकोछ, आँखी झ्यालबाट चियाइरहनु भएकोछ। |
10. | मेरा प्रेमीले भन्नु भयो, हे सुन्दरी, मेरी प्यारी उठ, कतै टाडा जाऊँ। |
11. | हेर! हिउँद बित्यो, वर्षा काल पनि गई सक्यो। |
12. | भूमिमा फूलहरू फूलिरहेकाछन्, चराहरूले गाउने समय आइसकेको छ। पृथ्वीमा ढुकुरहरू कुर्लिन थालिसके। |
13. | नेभाराका चिचिलाहरू लाग्न थाल्यो, दाखका फूलहरूबाट वासना फैलिन थाल्यो। मेरी प्रियतमा उठ, हे मेरी सुन्दरी हिंड कतै टाढा जाऊँ। |
14. | अग्लो चट्टानको गुफाहरूमा र, पहाडहरू माथि लुक्ने मेरो ढुकुर, मलाई तिम्रो दर्शन देऊ, मैले तिम्रो स्वर सुन्नु पाउँ। कारण तिम्रो स्वर अत्यन्तै प्रिय लाग्छ अनि तिमी अत्यन्तै सुन्दरी छौ। |
15. | हाम्रा निम्ति स्यालहरूलाई समातिदेऊ, किनभने ती स्यालहरूले हाम्रो दाखबारी नष्ट गरिदिन्छन् जो पूर्णरूपले फूलेकोछ। |
16. | मेरा प्रेमी मेरा हुनु हुन्छ अनि म उहाँकी, मेरा प्रेमीले लिलीफूलहरू माझमा चाँडो बास गर्छन्। |
17. | जबसम्म दिन बितेर छाँया लामो हुँदैन फर्कि आऊ, मेरा प्रेमी हरिण झैं बन अथवा मृगहरू झैं सुन्दर पहाडहरूमाथि। |
← SongOfSongs (2/8) → |