← Ecclesiastes (9/12) → |
1. | मैले यी सबै कुराहरू खुबै ध्यानपूर्वक सोचें र देखे भला र ज्ञानी मानिसहरूसित जे घट्छ अनि जुन काम तिनीहरू गर्छन् त्यसको नियन्त्रण परमेश्वरले गर्नुहुन्छ। मानिसहरू जान्दैनन् कि तिनले प्रेम पाँउछन् कि घृणा तिनीहरू जान्दैनन् कि भोलि के हुन्छ। |
2. | तर एउटा कुरो यस्तो छ जुन प्रत्येकमाथि परिआउँछ हामी सबै मर्छौ। मृत्यु असल मानिसलाई पनि आउँछ, दुष्ट मानिसलाई पनि, मृत्यु पवित्र मानिसलाई पनि आँउछ र जो अपवित्र छ उसलाई पनि आउँछ। मृत्यु बलि चढाउनेलाई पनि आउँछ नचढाउनेलाई पनि आउँछ। असल मानिस पनि एउटा पापी जस्तै मर्दछ। परमेश्वरसंग विशेष प्रतिज्ञा गर्ने मानिस पनि, प्रतिज्ञा नगर्ने मानिस जस्तै मर्छ। |
3. | यस जीवनमा जति पनि घटना घट्छ त्यसमा सबै भन्दा नराम्रो कुरो हो कि सबैको अन्त एकै प्रकारले हुन्छ। साथै यो पनि खुबै नराम्रो कुरो हो, कि मानिसहरू सधें खराब र मूर्ख बिचारमा डुबिरहन्छन्, अनि त्यस्ता बिचारले मृत्युतिर लैजाँन्छ। |
4. | प्रत्येक जीवित मानिसले विश्वास गर्छन कि एउटा मरेको सिंह भन्दा जिउँदो कुकुर असल हो। |
5. | जिउँदा मानिसहरू जान्दछन् कि उनीहरू एक दिन मर्नै पर्छ। तर मरेकाहरूले केही जान्दैन्न। मरेकाहरूले कुनै पुरस्कार पनि पाउने होइनन्। मानिसहरूले तिनलाई भूलिहाल्छन्। |
6. | कुनै मानिस मरेपछि उसको प्रेम, घृणा, ईर्ष्या सब समाप्त हुन्छ। मृत मानिसले संसारमा जे सुकै भइरहोस त्यसको कुनै भाग लिने होइन। लिन सकिञ्जेल जीवनको आनन्द लेऊ। |
7. | अब जाऊ अनि आफ्नो खाना खाऊ र आनन्द मनााऊ। दाखमध खाऊ र खुश होऊ। तिमीहरूले यति गर्न परमेश्वरबाट अनुमति छ। |
8. | राम्रो लगाउ र तिम्रो टाउकोमा, सुगन्धित तेल लगाउ। |
10. | हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं। |
11. | यो जीवनमा मैले त्यो चाँडै दगुर्नेले सधैं दौडमा जितेको देखेको छैन् शक्तिशाली सेनाले नै युद्ध सधैं जित्दैन, महान ज्ञानी मानिसले आफ्नो कमाई सधैं खान पाँउदैन, ज्ञानी मानिसले सधैं सम्पत्ति पाँउदैन; अनि विवेकशील मानिसले सधै प्रशंसा पाउँदैन जुन उसले पाउनु पर्थ्यो। समय र अवसर प्रत्येकका निम्ति आँउछ। |
12. | कसैले जान्दैन, यसपछि उसलाई के हुन्छ, ऊ त जालमा परेको माछा जस्तौ हो माछाले जान्दैन उसलाई के हुने हो। ऊ त पाशोमा परेको चरा जस्तौ हो चराले जान्दैन उसलाई के हुने हो। यस्तो प्रकारले मानिसलाई पनि भाग्यले फसाँउछ जो उसमाथि अचानक आइपर्छ। |
13. | मानिसले जीवनमा विवेकपूर्ण काम गरेको पनि मैले देखेको छु। अनि त्यो मलाई खुबै महत्वपूर्ण लागेको छ। |
14. | एउटा सानो शहर थियो जहाँ थोरै मानिसहरू बस्थे। एक जना ठूला राजाले त्यस शहरमा आक्रमण गर्न शहरका चारैतिर आफ्ना सेना तैनात गरे। |
15. | तर त्यो शहरमा एकजना ज्ञानी मानिस बस्थे उनी गरीब थिए। आफ्नो शहर बचाउन उनले आफ्नो ज्ञान प्रयोग गरे। जब शहरमा आपत्ति टर्यो मानिसहरूले गरीब मानिसलाई पनि भुले। |
16. | तर म अझै पनि भन्छु, बल भन्दा बुद्धि श्रेष्ठ हो। ती मानिसहरूले गरीब मानिसको ज्ञानको बारेमा भुले अनि उनले भनेका कुराहरू सुन्न छोडे। |
17. | ज्ञानीले शान्तसित बोलेका थोरै शब्द मूर्ख शासकले चिच्च्याएको शब्दभन्दा धेरै राम्रो। |
18. | ज्ञान युद्धको हात हतियार भन्दा धेरै असल हो। तर मूर्खले थुप्रै असल कुराहरूलाई नष्ट गर्दछ। |
← Ecclesiastes (9/12) → |