← Revelation (22/22) |
1. | तब त्यो स्वर्गदूतले मलाई जीवन-जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेंडाको पाठाको सिंहासनबाट बगिरेहको थियो। |
2. | त्यो नगरको गल्लीको माझबाट वगिरहेकोथ्यो। जीवन वृक्ष वर्षेनी बाह्र वटा फल फल्दै नदीको एकपाट्टी थियो। प्रत्येक महिना यसमा फल फल्छ। वृक्षका पातहरु मानिसहरुको विमार निको पार्नुलाई थिए। |
3. | परमेश्वरको सराप परेको कुनै वस्तुले त्यो नगरमा स्थान पाउने छैन। परमेश्वर अनि भेंडाको पाठाको सिंहासन नगरमा रहने छ। परमेश्वरका सेवकहरुले उहाँलाई आराधना गर्नेछन्। |
4. | तिनीहरुले उनको चेहेरा देख्नेछन्। परमेश्वरको नाउँ तिनीहरुको निधारमा हुनेछ। |
5. | त्यहाँ फेरि रात पर्ने छैन। मानिसहरुलाई सूर्यको प्रकाशको आवश्यकता पर्ने छैन। परमप्रभु परमेश्वरले तिनीहरुलाई प्रकाश दिनेछन्। अनि तिनीहरुले सदासर्वदा राजाहरुले जस्तै शासन गर्नेछन्। |
6. | त्यो स्वर्गदूतले मलाई भने, “यी वचनहरु विश्वासनीय अनि सत्य हुन्। परमप्रभु अगमवक्ताहरुको आत्माहरुका परमेश्वर हुन्। परमेश्वरले आफ्ना सेवकहरुलाई ती कुराहरु, जो चाँडै हुनु पर्नेछ, देखाउन र्स्वगदूतलाई पठाए।।” |
7. | “सुन! म चाँडै आउँदैछु। त्यो मानिस, जसले यस पुस्तकका अगमवाणीका शब्दहरु पालन गर्छ, धन्य हुन्।” |
8. | म यहून्ना हुँ। म नै त्यो हुँ जसले यी कुराहरु सुनें अनि देखें। यी कुराहरु सुनें अनि देखे पछि, त्यो स्वर्गदूतले मलाई यी कुराहरु देखाए, म उनको पाउ सामुन्ने उनलाई उपासना गर्न झूकेँ। |
9. | तर त्यस स्वर्गदूतले मलाई भने, “मेरो उपासना नगर। तिमी अनि तिम्रो भाइ अगमवक्ताहरु छन् त्यस्तै म एक सेवक हुँ। म जम्मै अरु मानिसहरु जस्तो हुँ जसले यो पुस्तकमा भएको शिक्षाको पालन गर्छ। तिमीले परमेश्वरको उपासना गर्नु पर्छ! |
10. | तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरुलाई गुप्त राख्नु हुँदैन। यी कुराहरु पुरा हुनलाई समय आई सकेको छ। |
11. | त्यो मानिसलाई, जसले नराम्रो गर्दैछ, गर्न देऊ। मानिस जो अस्वच्छ छ उसलाई अस्वच्छ रहन देऊ। मानिस जसले सही कुरा गर्दैछ गर्न देऊ। मानिस जो पवित्र छ, पवित्र रहन देऊ।” |
12. | “सुन! म चाँडै आउँदैछु। मसित पुरस्कारहरु ल्याउने छु। प्रत्येक मानिसले जे गरेको छ त्यसको मूल्य चुकाउनेछु। |
13. | मनै अल्फा अनि ओमेगा हुँ, प्रथम अनि अन्तिम हुँ, प्रारम्भ अनि अन्त हुँ। |
14. | “ती मानिसहरु धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरु सफा धुन्छन्। जीवनको रुखबाट फल खाने अधिकार तिनीहरुले पाउनेछन्. तिनीहरु नगरका ती ढोकाहरुबाट पस्छन्। |
15. | नगर बाहिर कुकुरहरु, जादूवालाहरु यौन-पापीहरु, हत्याराहरु, मूर्त्ति पूजकहरु अनि असत्य मन पराउने अनि असत्य बोल्ने मानिसहरु छन्। |
16. | “मैले मण्डलीहरुका निम्ति यी कुराहरु तिमीलाई भन्न मेरो स्वर्गदूत पठाँए। म दाऊद परिवारको सन्तान हुँ। म चम्किलो बिहानीको तारा हुँ।” |
17. | आत्मा अनि बेहुलीले भन्छन्, “आऊ!” जसले सुन्छ त्यसले भनोस् “आउनुहोस्” जो तिर्खाउछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा लिओस्। |
18. | म हरेक मानिसलाई चेतावती दिन्छु जसले यो पुस्तकमा भएका अगमवाणीका वचनहरु सुन्छ यदि कुनै मानिसले यी वचनहरुमा कुनै पनि कुरा थप्छ, तब परमेश्वरले त्यस मानिसलाई यस पुस्तकमा लेखिएको कष्टहरु दिनु हुनेछ। |
19. | अनि यदि कुनै मानिसले यो पुस्तकको अगमवाणीका वचनहरु हटाउँछ, तब परमेश्वरले जीवनको वृक्ष अनि पवित्र नगरको, जसको बारेमा यस पुस्तकमा लेखिएको छ, त्यस मानिसको अंश हटाइ दिनु हुनेछ। |
20. | येशू नै उहाँ एक हुनुहुन्छ जसले भन्नुहुन्छ कि यी कुराहरु सत्य हुन्। अहिले उहाँले भन्नुहुन्छ, “हो, म चाँडै आउँदैछु।” आमिन। हे प्रभु येशू! आउनुहोस्। |
21. | प्रभु येशूको अनुग्रह समस्त मानिसहरु साथ रहोस्। आमिन। |
← Revelation (22/22) |