← Revelation (16/22) → |
1. | तब मैले मन्दिरबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले ती सात स्वर्गदूतलाई भन्यो, “जाऊ अनि परमेश्वरको क्रोधका सात कचौराहरु पृथ्वीमा खन्याइदेऊ।” |
2. | पहिलो स्वर्गदूत गए। उनले आफ्नो कचौरा जमीनमा खन्याए। तब समस्त मानिसहरुले जसकोमा त्यस पशुको चिन्ह थियो अनि जसले त्यसको मूर्तिको पूजा गर्थे तिनीहरुलाई अति दुखदायक औ घिनलाग्दो घाउहरु भयो। |
3. | दोस्रो स्वर्गदूतले समुद्रमा उनको कचौरा खान्याए। तब समुद्र मरेको मानिसको रगत जस्तै बन्यो। समुद्रका हरेक जीवित वस्तु मर्यो। |
4. | तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदीहरु अनि पानीको मुहानमा खन्यायो। नदीहरु अनि पानीको मुहानहरु रगतमा परिणत भयो। |
5. | तब मैले पानीको स्वर्गदूतले परमेश्वरलाई भनेका सुनें “तुपाईं नै एक जो हुनुहुन्छ अनि जो हुनुहुन्थ्यो। तपाईं नै एक पवित्र हुनुहुन्छ। तपाईं न्यायहरु गर्नुमा सही हुनुहुन्छ, |
6. | तिनीहरुले तपाईंका पवित्र मानिसहरु अनि तपाईंका अगमवक्ताहरुको रगत बगाइदिए। अहिले तिनीहरुलाई तपाईंले रगत पिउन दिनु भएको छ। तिनीहरु त्यसैको योग्य छन्।” |
7. | अनि मैले वेदीले यसो भन्दै गरेको सुनें “हे, परमप्रभु परमेश्वर, सर्वशक्तिमान् तपाईंको न्याय सत्य अनि उचित छ।” |
8. | तब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए। सूर्यलाई मानिसहरुलाई आगोले पोल्ने शक्ति दिइयो। |
9. | मानिसहरु प्रचण्ड तातोले डडे। ती मानिसहरुले परमेश्वरको नाउँमा सरापे जसको नाउँमा यी महामारीहरु थिए। तर मानिसहरुले आफ्ना हृदय परिवर्तन गर्न अनि परमेश्वरलाई महिमा प्रदान गर्न अस्वीकार गरे। |
10. | पाँचौ स्वर्गदूतले आफ्नो कचौरा त्यो पशुको सिंहासनमाथि खन्याए। अनि पशुको राज्यमा अन्धकारले ढाक्यो। मानिसहरुले कष्टमा आफ्ना जिब्रो टोके। |
11. | मानिसहरुले तिनीहरुले पाएको पीडा अनि घाउको कारण स्वर्गका परमेश्वरलाई सरापे। तर तिनीरुले आफ्नो कुकर्मको लागि पश्चताप गर्न अस्वीकार गरे। |
12. | छैटौं स्वर्गदूतले आफ्नो कचौरा विशाल नदी यूफ्रेटिसमा खन्याए। पूर्वबाट आउनुपर्ने राजाहरुको पथ निमार्णको निम्ति त्यो नदीको पानी सुक्यो। |
13. | तब मैले तीनवटा दुष्ट आत्माहरु देखें जो भ्यागुतो जस्तै देखिन्थ्यो। तिनीहरु त्यो विशाल सर्पको मुखबाट, त्यो पशुको मुखबाट अनि झूटा अगमवक्ताको मुखबाट निस्के। |
14. | यी दुष्ट आत्माहरु दानवहरुका आत्मा थिए। तिनीहरुमा चमत्कार गर्ने शक्ति थियो। यी दुष्ट आत्माहरु संसारका राजाहरुकहाँ जान्छन्। तिनीहरु परमेश्वर सर्वशक्तिमानको महा-दिवसमा लडाँई गर्न राजाहरु बटुल्न जान्छन्। |
15. | “सुन! म चोर जस्तो गरी आउनेछु। धन्य हो जुन मानिस नसुती बस्छ अनि आफ्ना वस्त्रहरु आफूसित राख्छ। तब उ नाङ्गै हुने छैन अनि उसमा मानिसहरुले नाङ्गेपनामा लज्जास्पद हुनुपर्ने छैन।” |
16. | त्यासपछि ती दुष्ट आत्माहरुले राजाहरुलाई त्यस स्थानमा भेला गर्छन् जसलाई हिब्रू भाषामा अर्मागेद्दोन भनिन्छ। |
17. | सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब मन्दिरभित्र भएको सिंहासनबाट ठूलो आवाज आयो। आवाजले भन्यो, “यो अब समाप्त भयो।” |
18. | तब बिजुली चम्कयो, हो हल्ला, गर्जन भयो अनि ठूलो भूँईचालो गयो। यो भूँइचालो थियो। |
19. | त्यो विशाल नगर तीन भागमा टुक्रियो! राष्ट्रहरुका नगरहरु नष्ट भए। अनि परमेश्वरले विशाल बेबिलोन नगरलाई दण्ड दिनु बिर्सनु भएन। उहाँले त्यस नगरलाई उहाँको अर्को भयानक प्रकोपको प्याला दिनु भयो। |
20. | हरेक द्वीपहरु लुप्त भयो अनि त्यहाँ पर्वतहरु रहेनन्। |
21. | ठूल-ठूला असिना आकाशबाट मानिसहरुमाथि झर्यो। यी असिनाहरु प्रत्येकको ओजन लगभग एक सय पाउण्ड थियो। मानिसहरुले परमेश्वरलाई यो असिनाबाट पाएको कष्टको कारणले सरापे। यो कष्ट एक भयानक कष्ट थियो। |
← Revelation (16/22) → |