| ← Psalms (98/150) → |
| 1. | परमप्रभु प्रति नयाँ गीत गाऊ किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो। |
| 2. | उहाँको पवित्र दाहिने पाखुराले उहाँलाई फेरि विजय तुल्यायो। |
| 3. | परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो। परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो। |
| 4. | उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए। सुदूर ठाउँमा भएका मानिसहरूले हाम्रो परमप्रभुको रक्षा गर्ने शक्ति देखे। |
| 5. | हे पृथ्वीमा भएका प्रत्येक मानिसहरूले, परमप्रभु प्रति खुशीले हल्ला गर। प्रशंसाको गीत गाउन प्रारम्भ गर! |
| 6. | परमप्रभुको प्रशंसा वीणा बजाएर गर। वीणाबाट निस्केको संगीतले, उहाँको प्रशंसा गर्दछ। |
| 7. | तुरही र कर्णालहरू बजाऊ, अनि परमप्रभु हाम्रो राजा प्रति चिच्याउँदै प्रशंसा गर। |
| 8. | समुद्र र पृथ्वीले र त्यहाँ भएका प्रत्येक कुराले जोडले गाओस्। |
| 9. | हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार! पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाऔं। |
| ← Psalms (98/150) → |