Psalms (92/150)  

1. परमप्रभुको गुण-गान गर्नु असल कुरा हो। सर्वोच्च परमेश्वर, तपाईंको गुण-गान गर्नु असल कुरा हो।
2. बिहानको बेलामा तपाईंको प्रेम बारे गाउनु असल हो, अनि रातमा तपाईंको विश्वास बारेमा गाउनु असल हो।
3. परमेश्वर, दश तारे बाजाहरू, वीणा र सारङ्गीहरू तपाईंको लागि बजाउनु असल कुरा हो।
4. हे परमप्रभु, तपाईंले आफ्ना सृजनासित हामीलाई साँच्चि नै खुशी बनाउनु भयो। हामी खुशीसाथ तपाईंले गर्नु भएका कुराहरू बारे गाउँछौं।
5. हे परमप्रभु तपाईंले कति महान् कुराहरू गर्नुभयो। तपाईंका विचारहरू हामीलाई बुझ्न अति कठिन छ।
6. हामीसँग तपाईंको तुलना गर्दा मानिस जाति मूर्ख जनावरहरू जस्तै छन्। हामी मूर्खहरू हौं जसले केही पनि बुझ्न सक्दैन।
7. दुष्ट मानिसहरू झारपातहरू जस्ता जहीं-तहीं उम्रन्छन्। तर तिनीहरू सधैंको निम्ति नष्ट हुनेछन्। तिनीहरू जे गर्छन् त्यो सदालाई विनिष्ट हुन्छ।
8. तर हे परमप्रभु, तपाईंलाई सदा आदर गरिनेछ।
9. हे परमप्रभु, तपाईंका सम्पूर्ण शत्रुहरू नाश हुनेछन्। सम्पूर्ण ती मानिसहरू जसले पाप कामहरू गरे तिनीहरू नष्ट हुनेछन्।
10. तर तपाईंले मलाई बलियो बनाउनु भयो। म दरिलो सींङहरू भएको भेडा जस्तै हुनेछु। तपाईंले खास कामको लागि मलाई रोज्नुभयो, तपाईंले आफ्ना ताजा तेलहरू ममाथि खन्याउनु भयो।
11. मैले मेरो शत्रुहरू वरिपरि भएको देखें। तिनीहरू मलाई आक्रमण गर्न तयार भएका विशाल साँढेहरू जस्ता छन्। मेरो बारेमा तिनीहरूले के कुरा गरिरहेका छन् सो मैले सुनें।
14. तिनीहरू बृद्ध भए तापनि तिनीहरूले नयाँ र स्वस्थ रूखले जस्तै लगातार फल उत्पादन गरिरहने छन्।
15. तिनीहरू त्यहाँ हुनु नै परमप्रभु असल हुनुहुन्छ, भन्नलाई नै हो। उहाँ मेरो चट्टान हुनुहुन्छ, अनि उहाँले अनुचित काम गर्नुहुन्न।

  Psalms (92/150)