← Psalms (90/150) → |
1. | हे परमेश्वर, तपाईं पुस्तादेखि पुस्तासम्म हाम्रो वासस्थान हुनुभएको छ। |
2. | परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्थ्यो पर्वतहरूको समक्ष जहाँ जन्मिएका थियौं अनि पृथ्वी र संसारको समक्ष जहाँ बनिएका थियौं। परमेश्वर, तपाईं सधैं परमेश्वर रहनु भयो र सधैं हुनुहुने नै छ। |
3. | तपाईंले यस संसारमा मानिसहरू ल्याउनु हुन्छ अनि पछि तिनीहरूलाई धुलोमा परिणत गर्नुहुन्छ। |
4. | तपाईंको लागि हजारौं वर्षहरू पनि हिजो बितेको रात जस्तै लाग्दछ। |
5. | हामीलाई कसिंगर जस्तै बढार्नुहुन्छ। हाम्रो जीवन बिहानै हराएर विलाई जाने सपना जस्तै छ। हामी घाँस जस्तै छौ। |
6. | बिहान पख घाँस उम्रन्छ अनि बेलुकी यो ओइलाएर मर्छ। |
7. | हे परमेश्वर, तपाईंको रीसले हामीलाई ध्वंश गर्न सक्छ। तपाईंको क्रोधले हामीलाई भयभीत पार्दछ। |
8. | तपाईं हाम्रो सबै पापहरू जान्नु हुन्छ। हे परमेश्वर, तपाईंले हाम्रो गुप्त पापहरू सबै देख्नुहुन्छ। |
9. | तपाईंको क्रोधले हाम्रो जीवन समाप्त गर्न सक्छ। कानेखुसी जस्तै हाम्रो जीवन धमिलिदै जान्छ। |
10. | हामी सत्तरी वर्षसम्म बाँच्न सक्छौं, यदि अझ बलियो भए असी वर्षसम्म बाँच्न सक्छौं। हाम्रो जीवन कठिन काम र पीडाले भरिएको छ। त्यसपछि अचानक हाम्रो जीनव सिद्धिएर जान्छ अनि हामी उडेर टाढा जान्छौं। |
11. | हे परमेश्वर! वास्तवमा कसैले पनि तपाईंको क्रोधपूर्ण शक्तिलाई जान्दैन। तर हाम्रो डर र तपाईं प्रतिको आदर तपाईंको क्रोध जतिकै महान् छ। |
12. | हाम्रो जीवन कति छोटो छ भनेर हामीलाई सिकाउनु होस, ताकि हामी साँच्चि नै ज्ञानी हुन सकौं। |
13. | हे परमप्रभु, सधैं हाम्रो पछाडि आउनुहोस्। आफ्ना दासहरू प्रति दयालु हुनुहोस्। |
14. | प्रत्येक बिहान आफ्नो प्रेमले हामीलाई भरिदिनु होस्। हामी सुखी रहौं र रमाइलो जीनव बाँचौं। |
15. | तपाईंले हामीलाई हाम्रो जीवनमा अति उदासीनता र संकटहरू दिनुभयो। अब हामीलाई खुशी वा सुखी पार्नुहोस्। |
16. | तपाईंका दासहरूले आश्चर्यपूर्वक थोकहरू देखुन् जुन तपाईंले तिनीहरूका लागि गर्न सक्नु हुन्छ अनि उनीहरूका नानीहरूले तपाईंको महिमा देख्न सकुन्। |
17. | हाम्रो परमप्रभु परमेश्वर, हाम्रो निम्ति कृपालु बन्नु होस्। हामी जे काम गछौ त्यो फलदायक होस, हामी जे काम गछौं परमेश्वरले सफल पारी दिऊन्। |
← Psalms (90/150) → |