← Psalms (88/150) → |
1. | हे परमप्रभु, परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ, रातदिन म तपाईंलाई प्रार्थना गरिरहेकोछु। |
2. | मेरो प्रार्थनाहरू प्रति कृपया ध्यान दिनुहोस्। कृपादानको निम्ति मेरो प्रार्थना सुनी दिनुहोस्। |
3. | मेरो प्राणसँग प्रशस्त त्यस्तो पीडा छँदै थियो! म चाँडै मर्ने छु। |
4. | मानिसहरूले मलाई मृत मानिस अथवा बाँच्नु परेको एकदम कमजोर, हीन मानिस जस्तो व्यवहार गर्दछन। |
5. | मृत मानिसहरूको माझमा मलाई खोज्नु होस्। म चिहानमा लडिरहेको मुर्दा जस्तो छु। तपाईंले भुल्नु भएका मरिसकेका मानिसहरू माझ म एक हुँ। तपाईंबाट अलग्ग र हेलचेक्राईं भयो। सेला |
6. | तपाईंले मलाई धर्तीको त्यो प्वालमा राख्नु भयो। हो तपाईंले मलाई त्यस्तो अन्धकार ठाउँमा राख्नु भयो। |
7. | परमेश्वर, तपाईं मसँग रिसाउनु भएको थियो, अनि मलाई सजाय दिनुभयो। |
8. | मेरो साथीहरूले मलाई छाडी गए। सबैले मलाई अछुत व्यक्ति जस्तो छि-छि, दूर-दूर ब्यहावार गरे। म त्यस घरमा बन्द थिएँ अनि बाहिर जान सक्तिनथिएँ। |
9. | मेरा आँखाहरू मेरो सम्पूर्ण दुःखहरूमा रूदाँ-रूदाँ पोल्न थालिसक्यो। हे परमप्रभु, म तपाईंलाई अटूट प्रार्थना गर्छु मेरो पाखुराहरू तपाईं प्रति प्रार्थनामा उठ्छन्। |
10. | हे परमप्रभु, के मृत मानिसहरूका लागि तपाईं आर्श्चय काम रच्नुहुन्छ? के भूतहरूमाथि उठ्छन् र तपाईंको प्रशंसा गर्छन्? अँहँ गर्दैनन्। |
11. | चिहानभित्र भएका मृत मानिसहरूले तपाईंको प्रेम बारे कुरा गर्न सक्ने छैनन्। मृत मानिसहरूले मृतकहरूको संसारमा तपाईंको विश्वासको विषयमा भन्न सक्ने छैनन्। |
12. | मृत मानिसहरू अंन्धकारमा लडिरहेका हुन्छन्, तपाईंले गर्नु भएका अचम्मका कुराहरू देख्न सक्तैनन्। मृत मानिसहरूले बिर्सिएको संसारमा तपाईंको धार्मिकताको कुरा गर्न सक्तैनन्। |
13. | हे परमप्रभु, म तपाईंको सहायताको निम्ति प्रार्थना गरिरहेको छु। प्रत्येक प्रातःकालमा म तपाईंमा प्रार्थना गर्दछु। |
14. | हे परमप्रभु, किन तपाईंले मलाई त्यागनु भयो? किन मेरो कुरा सुन्न अस्वीकार गर्नुहुन्छ? |
15. | युवा अवस्थादेखि नै म कमजोर र रोगी थिएँ। मैले तपाईंको क्रोध सहें, म असहाय छु। |
16. | हे परप्रभु, तपाईं मसँग रिसाउनु भएको छ, अनि सजायले मलाई मार्दै छ। |
17. | दुःखाई र पीडाहरू सधैं मसँग छन् म ती दुःखाई र पीडाहरूमा डुलीरहेको अनुभव गर्दछु। |
18. | हे परमप्रभु, मेरा सारा मित्रहरू र प्रेमीहरू त्याग्नु मलाई वाध्य गराउनु भयो। खाली अन्धकार मात्र मसँग रहेको छ। |
← Psalms (88/150) → |