← Psalms (74/150) → |
1. | हे परमेश्वर, के तपाईंले हामीलाई सधैंको निम्ति त्याग्नु हुन्छ? के तपाईं आफ्ना मानिसहरूसित अझै क्रोधित हुनुहुन्छ? |
2. | तपाईंले धेरै अघि किन्नु भएका ती मानिसहरूलाई सम्झनु होस्। तपाईंले हामीलाई बचाउँनु भयो। हामी तपाईं कै सम्पत्ति हौ। जहाँ तपाईं बस्नु भयो, त्यो सियोन पर्वतलाई सम्झनु होस्। |
3. | परमेश्वर, यी अनन्त भग्नावशेषहरूबाट हिंडेर आउनु होस्, पवित्र ठाउँमा जुन शत्रुहरूले नष्ट गरेको तर्फ फर्की आउनु होस्। |
4. | शत्रुहरू मन्दिरमा आफ्नो विजय नारा लगाएर चिच्याए। तिनीहरूले आफ्ना झण्डा युद्ध जित्यौं भनेर भान गर्न मन्दिरमा गाडे। |
5. | शत्रुका सैनिकहरू यस्ता देखिन्छन् कि घाँस कट्ने मानिसहरू घाँस काटिरहे जस्तो। |
6. | हे परमेश्वर, तिनीहरूले आफ्ना बन्चरो र हँसियाहरू चलाउँदै तपाईंको मन्दिरका चौकटहरू काट्दै भत्काउने छन्। |
7. | ती सिपाहीहरूले तपाईंको पवित्र स्थान जलाए। तिनीहरूले त्यो मन्दिर जुन तपाईंको नाउँको सम्मानमा बनिएको थियो भूँईमा लडाए। |
8. | शत्रुले हामीलाई पूर्ण रूपले तहस्नहस्रू पार्ने निर्णय गरे, तिनीहरूले देशमा भएको प्रत्येक चिज र परमेश्वरको पवित्र स्थान जलाए। |
9. | हामीले कुनै पनि हाम्रो चिन्हहरू देख्नसकेनौं। अब त्यहाँ अगमवक्ताहरू छैनन्। के गर्नु पर्ने कसैले जान्दैनन्। |
10. | हे परमेश्वर, कहिले सम्म शत्रुले हामीलाई खेलौना बनाउने हो? के तपाईं आफ्नो निन्दा गराउन तिनीहरूलाई सधैं दिइरहनुहुन्छ? |
11. | हे परमेश्वर, तपाईंले यति कठिन दण्ड हामीलाई किन दिनुहुन्छ? तपाईंले आफ्नो महान-शक्तिले हामीलाई पूर्ण रूपमा नष्ट पार्नु भयो। |
12. | हे परमेश्वर, तपाईं लामो समयदेखि हाम्रो राजा हुनु भएको छ, तपाईंले यस देशमा धेरै युद्धहरू जिताउनलाई सहयोग गर्नु भएकोछ। |
13. | हे परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति प्रयोग गर्नुभयो, समुद्रलाई दुइ भागमा विभाजन गर्नुभयो। |
14. | तपाईंले विशाल समुद्रको राक्षसहरूलाई जित्नु भयो, तपाईंले लिब्यातानको शिर टुक्रा-टुक्रा पार्नु भयो, अनि त्यसको शरीर जनावरहरूले खाओस् भनेर फाली दिनुभयो। |
15. | तपाईंले नदीहरू र झर्नाहरू बग्ने बनाउनु भयो अनि तपाईंले नदीहरू सुकाइ दिनुभयो। |
16. | हे परमेश्वर, तपाईं एक हुनुहुन्छ जसले दिन र रातलाई नियन्त्रण गर्नु हुन्छ। तपाईंले चन्द्रमा र सूर्य बनाउनु भयो। |
17. | तपाईंले पृथ्वीमा सबै कुराको सीमा बनाइदिनु भयो। अनि तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु बनाउनु भयो। |
18. | हे परमेश्वर, यी कुराहरू सम्झनु होस् कसरी तपाईंको निन्दा भयो। ती मूर्खहरूले तपाईंको नाउँलाई हेला गर्छन्! |
19. | ती जङ्गली जनावरहरूलाई तपाईंको प्रिय ढुकुरलाई लैजान नदिनुहोस्! तपाईंको प्रिय दीन-दुःखी मानिसहरूलाई कहिल्यै नभुल्नुहोस्! |
20. | हाम्रो करार याद गर्नुहोस्! यस धर्तीको प्रत्येक अंध्यारो जग्गामा हिंसात्मक रूप छ। |
21. | हे परमेश्वर, तपाईंका मानिसहरूलाई र्दुव्यवहार गरियो। प्रति कष्ट दिन तिनीहरूमाथि अझ लज्जित नबनाउनु होस्। दीन-दुःखी, असहाय मानिसहरूले तपाईंको प्रशंसा गर्न सकुन्। |
22. | हे परमेश्वर, उठ्नुहोस् र लडाइँ गर्नुहोस्! सम्झनुहोस्, ती मूर्खहरूले तपाईंलाई दिएका चेतावनी! |
23. | तपाईंका शत्रुहरूको चिच्याहटलाई नभुल्नुहोस्, तिनीहरूले घरि-घरि तपाईंको अपमान गरे। |
← Psalms (74/150) → |