← Psalms (71/150) → |
1. | हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु ताकि म कहिल्यै निराशा नहुँ। |
2. | तपाईंको धार्मिकताको कारण, तपाईंले मलाई बचाउनु हुनेछ। तपाईंले मलाई छुटकारा दिनु हुनेछ। मेरो गुहार सुनी दिनुहोस्। मलाई बचाउँनुहोस्। |
3. | मेरो किल्ला बनिनु होस, त्यो घर जहाँ म बचाऊको निम्ति भागेर जान सक्छु। तपाईं मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ। यसैले मलाई बचाउँनलाई आज्ञा दिनुहोस्। |
4. | हे मेरा परमेश्वर, दुष्ट मानिसहरूबाट मलाई बचाउँनु होस्। मलाई धूर्त र दुष्ट मानिसहरूबाट बचाउँनु होस्। |
5. | मेरो परमेश्वर तपाईं मेरो स्वामी, तपाईं मेरो आशा हुनुहुन्छ, म जवान अवस्थादेखि तपाईंमा भरोसा गरेको छु। |
6. | म जन्मनु भन्दा अघिबाटै तपाईंमाथि आश्रित थिएँ, आमाको कोखमा हुँदादेखि नै मैले तपाईंमाथि पूर्ण भरोसा गरेको छु। मैले सधैं तपाईंलाई प्रार्थना गरें। |
7. | तपाईं मेरो बलको श्रोत हुनुहुन्छ। यसैले म अरूको निम्ति उदाहरण भएकोछु। |
8. | तपाईंले गर्नु हुने आश्चर्यपूर्वक कार्यको विषयमा म सधैं गीत गाउँदछु। |
9. | म बूढो भएँ भनी मलाई नफ्यँकनु होस्। मेरो बल सकिदैछ भनेर मलाई नत्याग्नु होस्। |
10. | मेरो शत्रुहरूले मेरो विरूद्धमा योजनाहरू तयार गरे, तिनीहरू वास्तवमा एक-अर्कामा पहिल्यै भेला भए, अनि मलाई मार्ने योजना गरे। |
11. | मेरो शत्रुहरूले भने, “जाऊँ त्यसलाई पक्रौं। परमेश्वरले त्यसलाई छोडी दिए अनि कसैले पनि त्यसलाई साथ दिनेछैन।” |
12. | हे परमेश्वर, मलाई नत्याग्नुहोस्। हे मेरा परमेश्वर, चाँडो आएर मलाई बचाउनु होस्! |
13. | मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्। तिनीहरूलाई पूर्ण रूपले ध्वंश पार्नुहोस्! तिनीहरूले मलाई घात गर्ने कोशिश गरिरहेका छन्। तिनीहरूले शर्म र बद्नामी अनुभव गर्नु सकुन्। |
14. | तब म तपाईंमाथि सर्वदा भरोसा गर्नेछु। अनि म तपाईंको प्रशंसा धेरै भन्दा धेरै गर्नेछु। |
15. | तपाईं कति असल हुनुहुन्छ भनेर म मानिसहरूलाई भन्नेछु। एकपल्ट मात्र होइन धेरै पल्ट तपाईंले मलाई बचाएको कुरो म तिनीहरूलाई भन्नेछु। ती समयहरूको गन्ती नै छैन। |
16. | हे परमप्रभु मेरो स्वामी म तपाईंको महानताको बारेमा बताउनेछु। म तपाईंको बारेमा र तपाईंको भलाईको विषय बताउनेछु। |
17. | हे परमेश्वर, म सानो केटो हुँदादेखि तपाईंले मलाई शिक्षा दिनु भयो। अनि आज सम्म मैले मानिसहरूलाई तपाईंले गरेका अदूभूत कार्यहरू बारेमा घोषणा गर्दछु। |
18. | अब म बूढो भएँ अनि मेरा केश सेता छन् तर म जान्दछु तपाईंले मलाई त्याग्नु हुने छैन, परमेश्वर। म प्रत्येक भावी पुस्तालाई तपाईंको शक्ति र महानता बारेमा बताउने छु। |
19. | हे परमेश्वर, तपाईंको उपकार आकाशभन्दा माथि छ। परमेश्वर, तपाईं बाहेक यहाँ कोही पनि छैन तपाईंले अद्भूत कामहरू गर्नुभयो। |
20. | यद्यापि तपाईंले मलाई नै यति धेरै देख्ने बनाउनु भयो, तपाईंले मलाई ती सबै कष्टहरूबाट बचाउनु भयो अनि मलाई जिउँदो राख्नुभयो। यद्यपि म धेरै गहिरोमा डुबें तपाईंले मलाई मेरा कष्टहरूबाट माथि उठाउनु भयो। |
21. | मलाई पहिलेको भन्दा अझ असल काम गर्न साथ दिनुहोस्। लगातार मलाई सान्त्वना दिनुहोस्। |
22. | अनि म वीणा बजाउने छु र तपाईंको स्तुति-गान गर्नेछु। हे मेरा परमेश्वर, तपाईंमाथि विश्वास गर्न सकिन्छ भनेर म गीत गाउने छु। इस्राएल का एकमात्र पवित्र परमेश्वरको निम्ति म मेरो वीणा बाजामा गीत गाउने छु। |
23. | तपाईंले मेरो प्राणलाई बचाउँनु भयो, मेरो प्राण अत्यन्त खुशी छ। मेरा ओंठहरूले तपाईंको स्तुति-गान गर्नेछन्। |
24. | मेरो जिब्रोले तपाईंको धार्मिक कार्यहरूको विषयमा सदा-सर्वदा गीत गाउने छ। अनि ती मानिसहरू ज-जसले मलाई मार्न चाहन्छन्। तिनीहरू परास्त र अपमानित हुनेछन्। |
← Psalms (71/150) → |