| ← Psalms (67/150) → |
| 1. | हे परमेश्वर म तर्फ कृपा दर्शाउनु होस र आशीर्वाद दिनुहोस्। कृपया हामीलाई ग्रहण गर्नुहोस्! |
| 2. | म भरोसा गर्दछु कि पृथ्वीमा भएका प्रत्येक मानिसले परमेश्वरको विषयमा जान्ने छन। प्रत्येक जातिले देखुन कि तपाईंले मानिसहरूलाई कसरी बचाउँनु हुन्छ। |
| 3. | हे परमप्रभु! मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्। प्रत्येक मानिसले तपाईंको प्रशंसा गर्न सकुन्। |
| 4. | प्रत्येक जातिमाथि प्रफुल्लित र आनन्द हुन सकून्। किनभने तपाईंले मानिसहरूलाई निष्पक्षपूर्वक न्याय गर्नुहुन्छ। अनि तपाईंले प्रत्येक जातिमाथि शासन गर्नुहुन्छ। |
| 5. | मानिसहरूले तपाईंको गुण-गान गर्न सकून्। हे परमेश्वर! प्रत्येक मानिसले तपाईंको गुण गाउन सकून्। |
| 6. | हे परमेश्वर, हाम्रो प्रिय परमेश्वर, हामीलाई आशीर्वाद दिनुहोस्। हाम्रो खेतले विस्तृत फसल दिओस्। |
| 7. | हामीलाई परमेश्वरले आशीर्वाद दिऊन्। अनि पृथ्वीमा भएका सारा मानिसहरूले परमेश्वरसँग डर राखुन् र श्रद्धा गरून्। |
| ← Psalms (67/150) → |