← Psalms (55/150) → |
1. | हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्। कृपया मेरो प्रार्थनालाई अनुग्रहको निम्ति अवहेलना नगरीदिनु होस्। |
2. | परमेश्वर, मलाई सुनिदिनोस् र जवाफ दिनुहोस् मलाई तपाईं प्रति बोल्न दिनुहोस् अनि मभित्रका पीडा र व्यथा, सुनिदिनुहोस्। |
3. | मेरो शत्रुहरूले मप्रति अनुचित कार्यहरू गरे। त्यो दुष्ट मानिसले मसित चिच्यायो। मेरो शत्रुहरू क्रोधित थिए र मलाई आक्रमण गरे। तिनीहरूले मलाई सम्पूर्ण प्रकारले तहस-नहस गर्ने विघ्न-वाधाहरू सृष्टि गरे। |
4. | मेरो हृदय भित्रभित्रै जोडले धडकिरहेको छ। मलाई मृत्युसित डर लाग्यो। |
5. | म डरले गर्दा र थर-थर कामी रहेकोछु, म ती विघ्न-वाधाहरूको तूफानबाट भाग्न चाहन्छु। |
6. | ओ हो! ढुकुरको जस्तो पंखेटाहरू भए म उडने थिएँ! अनि विश्राम गर्ने ठाउँ खोज्ने थिएँ। |
7. | म धेरै टाढा, एकदम टाढा निर्जन ठाउँमा जाने थिएँ। |
8. | म भागेर बाँच्ने थिएँ। म दुःखको तूफानबाट भाग्ने थिएँ। |
11. | त्यहाँका गल्लीहरूमा अधिक भन्दा अधिक अपराधहरू भए। मानिसहरूले चारैतिर झूटा बोलेर ठगिरहेका थिए। |
12. | यदि यो शत्रु भएको भएता, म हेलाँ गरेको पनि सहन सक्थें। यदि यो मेरो शत्रु भएता म उनीहरूको आक्रमणदेखि लुक्न सक्थें। |
13. | तर तिमी नै एक हौ, मेरो साथी मेरो सहकर्मी। मेरो साथीहरूले नै मलाई कष्टहरू दिइरहेकाछन्। |
14. | हामी आफ्समा आफ्ना गुप्त कुराहरूको सहभागी हुने गर्दथ्यौ, अनि हामी सँगै भीड-भाडमा छिर्दै, छिर्दै परमेश्वरको मन्दिरमा जाने गर्दथ्यौं। |
15. | मेरो शत्रुहरूलाई मृत्युले अचानक लैजावोस्! म कामना गर्दछु कि पृथ्वीको मुख खुलियोस् र तिनीहरूलाई जिउँदै निली दिओस्! किन? किनभने तिनीहरूले परस्परमा त्यस्तो डरालाग्दो योजनाहरू बनाइरहेछन्। |
16. | म सहयोगको लागि परमेश्वरलाई पुकार्ने छु, अनि परमप्रभुले मलाई जवाफ दिनु हुनेछ। |
17. | म परमेश्वरसँग बिहान, दिउसो र बेलुकी कुरा गर्दछु। मेरो अस्तव्यस्त उहाँलाई बताउँछु। अनि उहाँले मेरो कुरा सुन्नु हुन्छ! |
18. | मैले धेरै युद्धहरू लडी सकेको छु। तर परमेश्वरले मलाई सधैं बचाउनु भएको छ साथै सकुशल फर्काउनु भएको छ। |
19. | परमेश्वरले मेरा कुरा सुन्नु हुनेछ। सदा-सर्वदा रहने राजाले मलाई साथ दिनुहुनेछ। |
20. | मेरा शत्रुहरूले आफ्नो जीवन शैली सुधार्ने छैनन्। तिनीहरू डराउँदैनन् र परमेश्वरलाई आदर गर्दैनन्। |
21. | मेरा शत्रुहरूले आफ्नै मित्रहरूमाथि पनि आक्रमण गर्छन्। तिनीहरूले सबै सहमत भएको कामहरू गर्दैनन्। |
22. | मेरा शत्रुहरू वास्तवमा चिप्लो धस्नेहरू हुन्, तिनीहरू शान्तिका कुराहरू गर्छन्, वास्तवमा तिनीहरू युद्धको तयारी गरिरहेका हुन्छन्। तिनीहरूका शब्दहरू तेल जस्त चिप्लो हुँदछ, तर तिनीहरूले छुरीले झैं काट्ने गर्छन्। |
23. | तिम्रो चिन्ताहरू परमप्रभुलाई देऊ अनि उहाँले तिम्रो हेरचाह गर्नुहुनेछ। परमप्रभुले कहिले पनि धर्मात्माहरूलाई परास्त हुन दिनुहुन्न। |
← Psalms (55/150) → |