← Psalms (42/150) → |
1. | हे परमप्रभु, जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ। त्यसरी नै मेरो आत्मा तपाईंको लागि तिर्खाएको हुन्छ, परमप्रभु। |
2. | मेरो प्राण जीवित परमेश्वरको लागि तिर्खाउँछ। म उहाँलाई भेटन कहिले जान सक्छु? |
3. | मेरो शत्रुले निरन्तर मलाई ठट्यौली बनाएको छ। ऊ भन्छ, “तेरो परमेश्वर कहाँ छ? ऊ तिमीलाई बचाउन आउँछ?” म, उदास र दुःखी भएँ। आँसु मेरो रात दिनको खाद्य बनिएको छ जो मेरो आँखाबाट झर्छ। |
4. | जब म मन्दिरमा बिताएका सुन्दर क्षणहरू सम्झने गर्छु मेरो हृदय र्चकिएर आउँछ। तिनीहरू सबैलाई भीड-भाडबाट छिराउँदै परमेश्वरको मन्दिरतिर लगेको सम्झन्छु। ती घुइँचोहरूमा मनाइरहेका उत्सवहरूमा स्तुति-गान खुशीसँग गाएको सम्झन्छु। |
5. | म यति उदास किन हुनु पर्ने? म किन यति साह्रो विचलित हुने! म परमप्रभुको सहयोगको निम्ति पर्खन्छु। फेरि मैले उहाँको प्रशंसा गर्ने मौका पाउनेछु। उहाँले मलाई बचाउनु हुन्छ! |
6. | हे मेरो परमेश्वर, म एकदम उदास छु, किनभने मैले यस ठाउँबाट तपाईंलाई सम्झना गर्नुपर्छ, यस सानो पहाड जहाँ हेर्मोन पर्वत र यर्दन नदीको मिलन हुँदछ। |
7. | पृथ्वीको मुहानबाट निस्केर छङ्ग-छङ्ग गर्दै खोला बगेको आवाज म सुन्छु। हे परमप्रभु, तपाईंका छालहरूले मेरो वरिपरि छङ्ग-छङ्ग गर्दै मलाई धोइरहेका छन्। |
8. | यदि प्रत्येक दिन परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा देखाउनु हुन्छ अनि प्रत्येक रात म प्रशंसा मेरो जीवित परमेश्वरका लागि प्रार्थना गर्ने थिएँ। |
9. | म परमेश्वर, मेरो चट्टानसँग कुरा गर्छु म भन्छु, “हे परमप्रभु, किन तपाईंले मलाई बिर्सनु भयो? शत्रुको क्रूरताको कारणले गर्दा? त्यस्तो उदासीनता मैले किन खप्नु?” |
10. | मेरा शत्रुले लगातार मेरो अपमान गर्दछ र मार्ने तरिकाले प्रहार गर्दछ अनि मलाई सोध्दछ, “तेरो परमेश्वर कहाँ छ? के तँलाई बचाउन अहिलेसम्म आएको छैन?” |
11. | मैले यति उदास किन हुन पर्छ? किन मैले यति विरक्तिनु पर्छ? मैले परमेश्वरको सहायताको निम्ति अपेक्षा गर्नु पर्छ। म फेरि उहाँको प्रशंसा गर्ने मौका अझै पाउनेछु। उहाँले मेरो रक्षा गर्नु हुनेछ! |
← Psalms (42/150) → |