← Psalms (143/150) → |
1. | हे परमप्रभु, मेरो प्रार्थना सुनीदिनुहोस्। मेरो प्रार्थनामा ध्यान दिनुहोस् र त्यसपछि मेरो प्रार्थनाको जवाफ दिनुहोस्। तपाईंको सत्यता र विश्वासयोग्यता मलाई दर्शाउनुहोस्। |
2. | मलाई कुनै मामिला नलगाउनु होस्। म आफैं आफ्नो प्रतिक्षा गर्न सक्ने थिइनँ। तपाईंको तुलनामा कसैलाई पनि निर्दोष पाउन सकिंदैन। |
3. | तर मेरो शत्रुहरूले मलाई खेदो गरिरहेछन्। तिनीहरूले मेरो जीवन मैला-फोहोरझैं अभिशप्त पारे। धेरै र्बष अगाडि मरेको मानिस सरह तिनीहरूले मलाई अन्धकार चिहानतिर धकेले। |
4. | म छोडन तयार छु म आफ्ना आँट हराई रहेछु। |
5. | तर म ती घट्नाहरू सम्झन्छु जुन धेरै र्बष अगाडि घटेको थियो। म तपाईंले गर्नु भएको धेरै कुराहरू बारे सोचिरहेछु। म तपाईंले गर्नु भएका ती कुराहरूका बारेमा भनिरहेछु जुन तपाईंले आफ्नो महान् शक्तिद्वारा गर्नुभयो! |
6. | परमप्रभु, म मेरो पाखुराहरू उठाएर तपाईंलाई प्रार्थना गर्दछु। बाँझो धर्तीले वर्षा पर्खे जस्तै म तपाईंको साथ पर्खिरहेछु,। |
7. | परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्! मैले आफ्नो आँट हराएँ। मदेखि टाढा नभाग्नु होस्। मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्। |
8. | परमप्रभु, आज बिहान तपाईं आफ्नो स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्। म तपाईंलाई भरोसा गर्दछु मैले गर्नुपर्ने कुराहरू मलाई देखाउनु होस् तपाईंको हातमा मैले आफ्नो जीवन अर्पण गरें! |
9. | हे परमप्रभु, म तपाईंकहाँ सुरक्षाको निम्ति आएको थिएँ। मलाई मेरो शत्रुहरूबाट बचाउनु होस्। |
10. | तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंको शुद्ध आत्माले मलाई सही मार्ग निर्देश गरोस्। |
11. | हे परमप्रभु, मलाई बाँच्न दिनुहोस्, यसकारण मानिसहरूले तपाईंको नाउँको प्रशंसा गर्नेछन्। तपाईं वास्तवमा धर्मी हुनुहुन्छ भनेर दर्शाउनु होस् अनि मेरो शत्रुहरूबाट मलाई बचाउनु होस्। |
12. | हे परमप्रभु, तपाईंको प्रेम देखाउनुहोस, अनि मेरो शत्रुहरूलाई परास्त पार्नुहोस जसले मलाई मार्ने प्रयास गरिरहेका छन। किन? किनभने म तपाईंको दास हुँ। |
← Psalms (143/150) → |