| ← Psalms (136/150) → |
| 1. | हामी परमप्रभुको प्रशंसा गरौ, किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 2. | देवहरूका परमेश्वरलाई प्रशंसा गरों! उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 3. | परमप्रभुहरूका पनि महापरमप्रभुलाई प्रशंसा गरौ। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 4. | परमेश्वरको प्रशंसा गरौं, जसले एक्लैले नै आश्चर्यकामहरू गर्नुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 5. | परमेश्वरको प्रशंसा गरौ जसले आकाश बनाउन बुद्धि लगाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 6. | परमेश्वरले सुक्खा जमीन समुद्रमा राख्नु भयो, उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 7. | परमेश्वरले ठूला-ठूला ज्योतिहरू बनाउनु भयो, उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 8. | दिनमा शासन गर्न परमेश्वरले घाम बनाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 9. | परमेश्वरले रातमा शासन गर्नलाई जून र तारहरू बनाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 10. | परमेश्वरले मिश्रमा सबै भन्दा पहिला जन्मेका पुरूषहरू र पशुहरू मार्नु भयो। उहाँको स्नेहपूर्ण करूणआ अनन्तसम्म रहनेछ। |
| 11. | परमेश्वरले मिश्रबाट इस्राएल लाई लानु भयो, उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 12. | परमेश्वरले आफ्नो महान् शक्ति र बल देखाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 13. | परमेश्वरले लाल समुद्रलाई दुइ भागमा बाँड्नु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 14. | परमेश्वरले इस्राएल लाई समुद्र तार्नु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 15. | परमेश्वरले फिरऊन र उनका सैन्यहरू लाल समुद्रमा डुबाई दिनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 16. | परमेश्वरले आफ्नो मानिसहरूलाई मरूभूमि भएर डोर्याउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 17. | परमेश्वरले शक्तिशाली राजाहरूलाई हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 18. | परमेश्वरले बलवान राजाहरूलाई पनि हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 19. | परमेश्वरले अमोरीहरूका राजा सीहोनलाई हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 20. | परमेश्वरले बाशानका राजा ओग्लाई हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 21. | परमेश्वरले तिनीहरूका जग्गा इस्राएल लाई दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 22. | परमेश्वरले त्यो जग्गा उपहारको रूपमा इस्राएल लाई दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 23. | परमेश्वरले हामी हारेको बेलामा संम्झनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| 24. | परमेश्वरले शत्रुहरूबाट हामीलाई बचाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ |
| 25. | परमेश्वरले प्रत्येकलाई खाना दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ |
| 26. | स्वर्गका परमेश्वरको प्रशंसा गरौ। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
| ← Psalms (136/150) → |