| ← Psalms (135/150) → |
| 1. | परमप्रभुको दासहरू, परमप्रभुको प्रशंसा गर! परमप्रभुको नाउँको प्रशंसा गर! उहाँको प्रशंसा गर! |
| 2. | ती मानिसहरू, जो परमप्रभुको मन्दिरमा र परमप्रभुकै मन्दिरका चोकहरूमा उभिहेका छन्, उहाँको प्रशंसा गर। |
| 3. | परमप्रभुको प्रशंसा गर, किनभने उहाँ भला हुनुहुन्छ। उहाँको नाउँको प्रशंसा गर, किनभने यो आनन्दमय छ। |
| 4. | परमप्रभुले याकूबलाई रोज्नु भयो, इस्राएल परमप्रभु कै हो। |
| 5. | म जान्दछु परमप्रभु महान् हुनुहुन्छ! हाम्रो स्वामी सबै देवताहरूभन्दा महान् हुनुहुन्छ! |
| 6. | परमप्रभुले चाहेका जेपनि आकाशमा, पृथ्वीमा, पातालमा, समुद्रमा र गहिरा सागरहरूमा गर्नुहुन्छ। |
| 7. | परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ। परमेश्वरले बिजुली र वर्षा पठाउनु हुन्छ। परमेश्वरले हावा ल्याउनुहुन्छ। |
| 8. | परमप्रभुले प्रथम जन्मिएका सारा पुरूषहरू अनि मिश्रमा प्रथम जन्मिएका सारा पशुहरू नाश गर्नुभयो। |
| 9. | परमप्रभुले धेरै आश्चर्यजनक र अलौकिक कार्यहरू मिश्रमा गर्नुभयो। परमप्रभुले फिरऊन र उनका अधिकारी प्रति त्यस्ता घटनाहरू गराउनु भयो। |
| 10. | परमेश्वरले धेरै ठूला-ठूला जातिहरूलाई परास्त पार्नुभयो। शक्तिशाली राजाहरूलाई पनि उहाँले मार्नुभयो। |
| 11. | परमप्रभुले अमोरीहरूका राजा सीहोनलाई परास्त पार्नु भयो। परमप्रभुले ओग् भन्ने बाशानका राजालाई परास्त पार्नु भयो। परमप्रभुले कनानका सबै जातिहरूलाई परास्त पार्नुभयो। |
| 12. | परमेश्वरले तिनीहरूका भूमि इस्राएल लाई सुम्पनु भयो। परमप्रभुले ती जग्गाहरू आफ्ना मानिसहरूलाई दिनुभयो। |
| 13. | हे परमप्रभु, तपाईंको नाउँ सदा-सर्वदा प्रख्यात रहने छ! हे परमप्रभु, मानिसहरूले तपाईंलाई सदा-सर्वदा याद गर्नेछन्। |
| 14. | परमप्रभुले अन्य जातिहरूलाई दण्ड दिनु भयो तर परमप्रभुले आफ्ना दासहरूलाई कृपादृष्टि राख्नु भएको थियो। |
| 15. | अन्य मानिसहरूका देवताहरू सुन र चाँदीका मूर्तिहरू थिए। तिनीहरूका देवताहरू मानिसहरूले बनाएका मूर्तिहरू मात्र थिए। |
| 16. | ती मूर्तिहरूका मुखहरू थिए, तर बोल्न सक्दैनथे। ती मूर्तिहरूका आँखाहरू थिए, तर देख्न सक्दैनथे। |
| 17. | ती मूर्तिहरूका कानहरू थिए, तर सुन्न सक्दैनथे। ती मूर्तिहरूका नाकहरू थिए, तर सुघ्न सक्दैनथे। |
| 18. | तिनीहरू जसले ती मूर्तिहरू बनाए उनीहरू पनि त्यस्तै खालको हुनेछन्। किनभने तिनीहरूले ती मूर्तिहरूमा सहायताको निम्ति भरोसा गरे। |
| 19. | हे इस्राएल को परिवार, परमप्रभुको प्रशंसा गर! हे हारूनको परिवार, परमप्रभुको प्रशंसा गर! |
| 20. | हे लेवीको परिवार, परमप्रभुको प्रशंसा गर! हे परमप्रभुको भक्तजनहरू हो, परमप्रभुको प्रशंसा गर! |
| 21. | सियोनबाट आएका परमप्रभु धन्य हुनुभयो, यरूशलेम र उहाँको वास-स्थानबाट परमप्रभुको प्रशंसा गर। |
| ← Psalms (135/150) → |