| ← Psalms (130/150) → |
| 1. | हे परमप्रभु, म गहीरो संकटमा छु। यसैकारण म तपाईंलाई गुहार मान्छु। |
| 2. | मेरो स्वामी! मलाई ध्यान दिनु होस्। मेरो गुहार प्रति ध्यान दिनु होस्। |
| 3. | परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने, कुनै मानिस पनि जिउँदो हुने थिएन। |
| 4. | परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्, त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्। |
| 5. | म परमप्रभुको साथ पाउनलाई पर्खी बसेको छु, मेरो आत्माले उहाँलाई पर्खिन्छ, परमप्रभुले जे भन्नुहुन्छ म त्यसमा विश्वास गर्छु। |
| 6. | म मेरो स्वामीलाई पर्खिरहेछु। म एकजना पहरेदार जस्तै छु, जसले बिहान नहुञ्ञेल सम्म पर्खिरहन्छ। |
| 7. | हे इस्राएल , परमप्रभुमाथि भरोसा गर। स्नेहपूर्ण करूणा परमप्रभुसँग मात्र पाउन सकिन्छ। परमप्रभुले घरिघरि हामीलाई बचाउनु हुन्छ। अनि परमप्रभुले इस्राएल वासीहरूका सारा पापहरूलाई क्षमा गरिदिनु हुन्छ। |
| ← Psalms (130/150) → |