| ← Psalms (128/150) → |
| 1. | परमप्रभुको सबै भक्तजनहरू खुशी छन्। ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्। |
| 2. | तिमीले गरेको कार्यको निम्ति तिमी खुशी हुनेछौ। तिमी खुशी हुनेछौ, अनि हितकारी कुराहरू तिमी तिर घट्नेछन्। |
| 3. | घरमा, तिम्री पत्नी अङ्गुरको विरूवा जस्तो फलधायक हुनेछ।, तिम्रा छोरा-छोरीहरू तिमीले टेबल वरिपरि रोपेको फलदायक जैतूनको झ्याङ्गहरू झैं हुनेछन्। |
| 4. | परमप्रभुले आफ्ना भक्तजनहरूलाई यस्तै प्रकारले साँचो रूपमा आशीर्वाद दिनुहुनेछ। |
| 5. | सियोनबाट परमप्रभुले तिमीलाई आशीर्वाद दिऊन्। तिमीहरूको जीवनभरि यरूशलेममा आशीर्वादको आनन्द उपभोग गर्न सक। |
| 6. | अनि भरोसा गर्दछु कि तिमीहरू आफ्ना नाति-पनातिहरू जन्मञ्जेल सम्म बाँच्नेछौ। इस्राएल मा शान्ति कायम रहोस्! |
| ← Psalms (128/150) → |