Psalms (123/150)  

1. हे परमेश्वर, म माथि हेर्छु र तपाईंलाई प्रार्थना गर्छु। तपाईं राजा सरह स्वर्गमा विराजमान हुनुहुन्छ।
2. दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ।
3. त्यस्तै प्रकारले, हामी हाम्रा परमप्रभु परमपितामा निर्भर छौ। उहाँले कति बेला हामीतर्फ दया देखाउनु हुन्छ भनेर पर्खिएका छौं।
4. हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस, किनभने हामी धेरै समय सम्म निन्दित भएका छौ। धेरै समयदेखि ती अल्छे र घमण्डी मानिसहरूले निन्दा गरिरहेका छन्।

  Psalms (123/150)