| ← Psalms (120/150) → |
| 1. | म संकटमा थिएँ, मैले परमप्रभुको सहायता मागें। अनि उहाँले मलाई बचाउनु भयो! |
| 2. | हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस् जसले मेरो बारेमा झूटो बोले ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्। |
| 3. | झूटो बोल्नहरु, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ? जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ। |
| 4. | सैनिकको तीखो बाणले र तातो कोइलाहरूले दण्ड दिनेछ। |
| 5. | तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो केदारको पालहरूभित्र बसिरहेका छौ। |
| 6. | म शान्ति घृणा गर्ने मानिसहरूसँग धेरै समय सम्म बसें। |
| 7. | मैले भने म शान्ति चाहन्छु, यसकारण तिनीहरूले युद्ध चाहे। |
| ← Psalms (120/150) → |