← Psalms (119/150) → |
1. | शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्। ती मानिसहरूले परमप्रभुको उपदेशहरू पछ्याउँदछ। |
2. | परमप्रभुको करार जसले पालन गर्छ ती मानिसहरू सुखी हुन्छन्। तिनीहरूले परमप्रभुलाई आफ्ना सम्पूर्ण हृदयबाटै खोज्दछन्। |
3. | ती मानिसहरूले अनुचित कामहरू गर्दैनन्, तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्दछन्। |
4. | परमप्रभु, तपाईंले आफ्ना आज्ञाहरू हामीलाई दिनु भयो अनि ती आज्ञाहरू पूर्ण हृदयले पालन गर्नु भनेर बताउनु भयो। |
5. | यदि सँधै तपाईंको विधिहरू पालन गरें भने, परमप्रभु, |
6. | तब म कहिल्यै पनि लज्जित हुने छैन जब म तपाईंको आज्ञाहरू पालन गर्छु। |
7. | जस्तो म तपाईंको न्याय र सद्गुणको अध्ययन गर्छु म साँचो रूपमा तपाईंको सम्मान गर्नेछु। |
8. | परमप्रभु, म तपाईंका आज्ञाहरू पालन गर्नेछु, कृपया मलाई नत्याग्नु होस्! |
9. | तपाईंको विधिहरू अपनाएर कसरी एउटा युवा मानिस साँचो जीवन जिउन सक्छ? |
10. | म सम्पूर्ण हृदयबाट परमेश्वरको सेवा गर्ने कोशिश गर्दछु। परमेश्वर, तपाईंका आदेशहरू पालन गर्नलाई मलाई साथ दिनुहोस्। |
11. | मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरें। किन? किनभने तपाईंको विरूद्धमा म पाप नगरूँ। |
12. | हे परमप्रभु, तपाईंको प्रशंसा होस्। मलाई तपाईंको विधिहरू सिकाउनु होस्। |
13. | म तपाईंको ज्ञानपूर्ण विधिहरूको बारेमा बताउने छु। |
14. | म अरू केही भन्दा तपाईंको करार नै अध्ययन गर्दा आनन्द पाउँछु। |
15. | म तपाईंको विधि विषयमा चर्चा गर्नेछु। म तपाईंको जिउने पथको अनुसरण गर्नेछु। |
16. | म तपाईंको नियमहरूमा रमाउने छु म तपाईंका वचनहरू भुल्ने छैन। |
17. | मेरो निम्ति राम्रो गर्नुहोस्, ताकि म बाँच्न सकौं अनि तपाईंको आज्ञा पालन गर्ने छु। |
18. | हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस् ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ। |
19. | म यस देशमा परदेशी हुँ। परमप्रभु, तपाईंका उपदेशहरू मबाट नलुकाउनुहोस्। |
20. | म सारा समय तपाईंको विधिहरू अध्ययन गर्न चाहन्छु। |
21. | हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो। अनुचित् घटनाहरू तिनीहरूतर्फ घट्नेछन् तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे। |
22. | मलाई लज्जित र व्याकुल हुन नदिनुहोस्। मैले तपाईंको करार पालन गरेको छु। |
23. | अगुवाहरूले पनि मेरो बिरोधमा कुरा गरे। तर म तपाईंको दास हुँ, हे परमप्रभु! अनि मैले तपाईंको नियमहरू पढेकोछु। |
24. | तपाईंको करार मेरो सल्लाहाकार हो। यसले मलाई हितकारी परामर्श दिंदछ। |
25. | म चाँडै मर्नेछु। हे परमप्रभु! तपाईंको प्रतिज्ञा बमोजिम मलाई बाँच्न दिनु होस्। |
26. | मैले आफ्नो जीवनको बारेमा तपाईंलाई बताएँ। अनि तपाईंले त्यसको प्रत्युत्तर दिनुभयो। अब, तपाईंका नियमहरू सिकाउनु होस्। |
27. | हे परमप्रभु, तपाईंका नियमहरू बुझ्न मलाई साथ दिनुहोस्। तपाईंले सृजना गर्नु भएका आश्चर्यजनक कुराहरूको विषयमा मलाई अध्ययन गर्न दिनुहोस्। |
28. | म दुःखीत र थकित छु। आज्ञा दिनुहोस् अनि मलाई फेरि बलियो बनाई दिनुहोस्। |
29. | हे परमप्रभु! मलाई कठिन जीवन बाँच्न नदिनुहोस्। तपाईंको शिक्षाहरूले मलाई बाटो देखाउनु होस्। |
30. | हे परमप्रभु! म तपाईं प्रति उदार भई बसौ भनेर रोजेको छु। मैले सचेतपूर्ण तपाईंका निर्णयहरू मनन गरेको छु। |
31. | म तपाईंको करार-वचनमा अडिग भएर बस्नेछु। मलाई असन्तुष्ट नबनाउनु होस्। |
32. | म खुशीले तपाईंको आज्ञाहरू पालन गर्नेछु। परमप्रभु, तपाईंका आज्ञाहरूले मलाई आनन्द दिन्छ। |
33. | हे परमप्रभु, मलाई तपाईंका नियमहरू सिकाउनु होस्, अनि म होशियारीसित तिनीहरूको अनुसरण गर्नेछु। |
34. | मलाई बुझ्न सहायता गर्नु होस् अनि म तपाईंको व्यवस्था पालन गर्ने छु। |
35. | हे परमप्रभु, तपाईंको आज्ञाहरूसँग मलाई बाटो देखाउनु होस्। म साँचो रूपले त्यो जीवन शैली अपनाउने छु। |
36. | मलाई धनाढ्य हुनुको सट्टामा तपाईंको करारको बारेमा सोच्नलाई साथ दिनुहोस्। |
37. | परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्। तपाईंको तरिकामा मलाई बाँच्न दिनुहोस्। |
38. | त्यही गर्नुहोस् जुन तपाईंले आफ्नो दासलाई वचन दिनु भएको थियो ताकि मानिसहरूले तपाईंको श्रद्धा गरून्। |
39. | हे परमप्रभु, जुन खप्कीदेखि म डराउँछु त्यो मबाट हटाइदिनुहोस् तपाईंको बुद्धिमानी निर्णयहरू उत्तम छन्। |
40. | हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु। तपाईंको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्। |
41. | हे परमप्रभु, मलाई तपाईंका स्नेहपूर्ण करूणा तपाईंले कसम खाए जस्तै देखाउनु होस्, अनि मलाई बचाउनु होस्। |
42. | जसले मलाई निन्दा गर्छ, तिनीहरूको निम्ति म जवाफ दिनेछु। म साँच्चि नै तपाईंको वचनहरूमा भरोसा गर्छु। |
43. | म सधैं तपाईंको साँचो उपदेशहरू बोल्न पाऊ। हे परमप्रभु, म तपाईंको बुद्धिमानी निर्णयहरूमा आश्रित छु। |
44. | हे परमप्रभु, म तपाईंको उपदेशहरू सदा-सर्वदा अनुसरण गर्नेछु। |
45. | यसकारण म स्वतन्त्र हुने छु। किन? किनभने मैले तपाईंको नियमहरू पालन गर्ने कष्ट गरें। |
46. | म तपाईंको करारको विषयमा राजाहरूसँग चर्चा गर्नेछु, अनि तिनीहरूले मलाई लज्जित पार्ने छैनन्। |
47. | म तपाईंको आज्ञाहरू मनन गर्दा आनन्दित हुन्छु, परमप्रभु। म ती आज्ञाहरू मन पराउँछु। |
48. | हे परमप्रभु, म तपाईंको आज्ञाहरूलाई प्रशंसा गर्छु। म तिनीहरूलाई मन पराउँछु। अनि म तिनीहरूलाई अध्ययन गर्छु। |
49. | हे परमप्रभु, मप्रति गर्नु भएको प्रतिज्ञा याद गर्नुहोस्। त्यो प्रतिज्ञाले मलाई आशा दिएकोछ। |
50. | म पीडित् थिएँ, र तपाईंले मलाई सान्त्वना दिनुभयो। तपाईंका वचनहरूले मलाई फेरि एकपल्ट जीवित तुल्यायो। |
51. | ती घमण्डीहरूले मलाई लगातार अपमान गरे, तर मैले तपाईंका शिक्षाहरूको अनुसरण गर्न छोडिनँ। |
52. | हे परमप्रभु, म सधैं तपाईंको बुद्धिमानी निर्णयहरूले मलाई सान्त्वना दिंदछ। |
53. | जब मैले ती दुष्ट मानिसहरूले तपाईंको उपदेशहरू मान्न छाड्दै गएको देखेर म क्रोधित भएँ। |
54. | मेरो प्रवासको घरमा तपाईंका नियमहरू नै मेरो गीतहरू भएका छन्। |
55. | हे परमप्रभु, मैले रातमा तपाईंको नाउँ स्मरण गरेको छु। अनि मैले तपाईंको उपदेशहरू पनि याद गरेको छु। |
56. | त्यस्तो हुने गर्छ किनभने म सतर्कतासाथ तपाईंको आज्ञाहरू पालन गर्दछु। |
57. | हे परमप्रभु, मैले मेरो कर्त्तव्य नै तपाईंको आज्ञाहरू पालन गर्नु हो भनेर निर्णय लिएँ। |
58. | हे परमप्रभु, म सम्पूर्ण रूपले तपाईंमाथिनै आश्रित छु मप्रति सँधै तपाईंले वचन दिए झै’ कृपादृष्टि रहोस्। |
59. | मैले आफ्नो जीवनलाई खुब होशियारिसँग सोचे’। अनि म तपाईंको करार प्रति फर्किएर आए। |
60. | कुनै विलम्ब नगरीकन हतारिन्दै म तपाईंको आज्ञाहरूलाई पालन गर्नलाई फर्कें। |
61. | केही दुष्ट मानिसहरूका झुण्डले मेरो बारेमा नीच कुराहरू गरे। तर परमप्रभु मैले तपाईंको उपदेशहरू भुलिनँ। |
62. | तपाईंको धार्मिक निर्णयहरूको निम्ति धन्यवाद दिन म रातमा उठें। |
63. | ज-जसले तपाईंलाई पूज्दछन म ती सबै मानिसहरूको साथी हुँ। म ती सबै मानिसहरूको साथी हुँ ज-जसले तपाईंको आदेशहरू मान्दछन। |
64. | हे परमप्रभु, पृथ्वी तपाईंको स्नेहपूर्ण करूणाले भरिन्छ। मलाई तपाईंको नियमहरू सिकाउनुहोस्। |
65. | परमप्रभु, तपाईंले आफ्नो दासको लागि असल काम गर्नुभयो। तपाईंले वचन दिएकै अनुसार काम गर्नुभयो। |
66. | हे परमप्रभु, ज्ञानी निर्णयहरू लिन मलाई बुद्धि दिनुहोस्। म तपाईंको आज्ञाहरूमा भरोसा राख्छु। |
67. | म पीडित हुनु भन्दा अगाडि, मैले धेरै नराम्रो कामहरू गरेको थिएँ तर अहिले खुब सतर्क भएर तपाईंको आज्ञाहरू पालन गर्दछु। |
68. | परमेश्वर तपाईं भलो हुनुहुन्छ, र तपाईंले असल कामहरू गर्नुहुन्छ। तपाईंको नियमहरू सिकाउनु होस्। |
69. | मानिसहरू ज-जसले आफूलाई म भन्दा उत्तम ठान्दछ तर तिनीहरूले मेरो बारेमा झूटा कुराहरू गर्छन्। तर परमप्रभु मेरो सम्पूर्ण हृदय सहित म तपाईंको आज्ञाहरू लगातार पालन गर्छु। |
70. | ती मानिसहरू अत्यन्त मूर्ख छन्। तर म तपाईंका उपदेशहरू अध्ययन गर्दा आनन्दित हुन्छु। |
71. | मेरो निम्ति वेदना उत्तम थियो। मैले तपाईंको नियमहरू सिकें। |
72. | हे परमप्रभु, तपाईंका उपदेशहरू मेरो लागि असल छन्। तिनीहरू एक हजार टुक्रा चाँदी र सुनहरूभन्दा उत्तम छ। |
73. | हे परमप्रभु, तपाईंले मलाई बनाउनु भयो अनि मलाई सघाउनु भयो। मलाई तपाईंका आज्ञाहरू सिक्नु र बुझ्नुलाई सहयोग गर्नुहोस्। |
74. | हे परमप्रभु! तपाईंका भक्तजनहरूले मलाई हेर्दछन् र आदर गर्दछन्। तिनीहरू खुशी छन् किनभने तपाईंले जे भन्नुभयो मैल त्यसैमा विश्वास गरें। |
75. | हे परमप्रभु, म जान्दछु कि तपाईंका निर्णयहरू निष्पक्ष छन्। अनि तपाईंले मलाई दण्ड दिनु सठीक थियो। |
76. | अब, तपाईंको स्नेहपूर्ण करूणाले मलाई सान्त्वना दिनुहोस्। तपाईंको प्रतिज्ञा बमोजिम मलाई सान्त्वना दिनुहोस्। |
77. | हे परमप्रभु, मलाई सान्त्वना दिनुहोस र मलाई बाँच्न दिनुहोस्। म तपाईंको शिक्षाहरूमा आनन्दित् हुन्छु। |
78. | मानिसहरू ज-जसले तिनीहरू मभन्दा असल हुँ भनेर सोचे, मेरो बारेमा झूटो बोले। ती मानिसहरू लज्जित होऊन्। परमप्रभु, म तपाईंको व्यवस्था सिक्छु, पढछु। |
79. | भरोसा गर्छु तपाईंको भक्तजनहरू मकहाँ फर्केर आऊन। यसकारण तिनीहरूले तपाईंको करारवचनहरू सिक्न सक्छन्। |
80. | परमप्रभु, मैले तपाईंको आज्ञाहरू सम्पूर्ण प्रकारले पालन गर्न सकुँ ताकि म लज्जित हुने छैन। |
81. | म मर्न आँटेको छु। तपाईंले मलाई बचाउनु हुन्छ भनेर पर्खिरहेछु। तर परमप्रभु, तपाईंले भनेका कुराहरूमा म भरोसा गर्छु। |
82. | मैले तपाईंको प्रतिज्ञा लगातार हेरिरहेकोछु। तर मेरो आँखाहरू शिथिल भइरहेछन् परमप्रभु, कहिले मलाई सान्त्वना दिनुहुन्छ? |
83. | म धुवाँमाथि झुण्डियाएर राखिएको सुक्खा छालाको थैलो भए तापनि, तपाईंको नियमहरू भुल्ने छैन। |
84. | म कहिले सम्म बाँच्ने छु? हे परमप्रभु, जसले मेरो खेदो गरे, ती मानिसहरूलाई कहिले सजाय दिनु हुन्छ? |
85. | कतिपय अंहकारी मानिसहरूले मलाई झूटो कुराहरू जुन तपाईंको उपदेशहरूको विरूद्ध हुन् सहित् मलाई प्रहार गरे। |
86. | हे परमप्रभु, मानिसहरू सबैले तपाईंको आज्ञाहरूमाथि भरोसा गर्न सक्छन्, ती मानिसहरूले बिना कारणै मेरो खेदो गरे। मलाई सहायता दिनुहोस्! |
87. | ती मानिसहरूले प्रायः मलाई ध्वंश गरिसके। तर मैले तपाईंको आज्ञाहरू मान्न छाडिनँ। |
88. | हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा मलाई दर्शाउनु होस् अनि मलाई बाँच्न दिनुहोस्। तपाईंले जे भन्नुहुन्छ म त्यही गर्नेछु। |
89. | हे परमप्रभु, तपाईंका वचनहरू सदा-सर्वदा रहनेछन्। तपाईंका वचनहरू स्वर्गमा पनि अनन्त रहनेछन्। |
90. | तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ। हे परमप्रभु, तपाईंले पृथ्वी सृजना गर्नुभयो, अनि यो अझ विश्वासयोग्य हुनुहुन्छ। |
91. | तपाईं कै नियमहरूले गर्दा, यो आज सम्म जीवित रहेको छ किनभने यसले तिनीहरूलाई दासले झैं पालन गर्दछ। |
92. | यदि तपाईंको शिक्षाहरूमा मैले आनन्द नलिएको भए, मेरो पीडाहरूले मलाई ध्वंश पार्ने थियो। |
93. | हे परमप्रभु, म तपाईंको आज्ञाहरू कहिल्यै भुल्ने छैन किनभने तिनीहरूले मलाई बाँच्न दिए। |
94. | हे परमप्रभु, म तपाईंकै हुँ, यसैले मलाई बचाउनु होस्। किन? किनभने मैले तपाईंको आज्ञाहरू पालन गर्न यथाशक्य कोशिश गरें। |
95. | दुष्ट मानिसहरूले मलाई ध्वंश गर्ने प्रयास गरे। तर तपाईंको नियमले मलाई ज्ञानी बनायो। |
96. | तपाईंको नियमहरू बाहेक प्रत्येक कुराको आफ्नो सीमा हुन्छ। |
97. | हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु। म त्यसको विषयमा सदाकाल भन्ने गर्छु। |
98. | हे परमप्रभु, तपाईंको आज्ञाहरूले मलाई मेरो शत्रुहरूभन्दा बढता ज्ञानी बनाउँदछ। तपाईंको नियमहरू मसँग सदैव रहन्छ। |
99. | म आफ्ना शिक्षकहरू भन्दा पनि ज्ञानी छु किनभने म तपाईंको करार-वचनको अध्ययन गर्दछु। |
100. | मेरो समझदार नेताहरूले भन्दा मैले बढता बुझेको छु किनभने म तपाईंको आज्ञाहरू राख्दछु। |
101. | मेरो प्रत्येक पाठशाला बेठीक मार्गहरूबाट अलग्ग राखी दिनु भयो। |
102. | यसैले तपाईं मेरो गुरू हुनुहुन्छ यसैले तपाईंको नियमहरू पालन गर्न देखि म रोकिने छैन। |
103. | तपाईंका वचनहरू मेरो मुखमा मह भन्दा पनि मीठा छन्। |
104. | तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ, यसैले म झूटा शिक्षाहरूलाई घृणा गर्दछु। |
105. | हे परमप्रभु, तपाईंका वचनहरू बत्ती हुन् जसले मेरो बाटोहरू उज्यालो पार्छन्। |
106. | तपाईंको नियमहरू असल छन्। म ती नियमहरू पालन गर्ने कसम खाँदछु अनि म आफ्नो वचन राख्नेछु। |
107. | हे परमप्रभु, म धेरै समयदेखि पीडित रहेको छु। कृपया तपाईंको प्रतिज्ञा अनुसार मलाई पुनर्जीवित पार्नु होस्! |
108. | हे परमप्रभु, मेरो प्रशंसा ग्रहण गर्नुहोस्। अनि तपाईंका नियमहरू सिकाउनु होस्। |
109. | मेरो प्राण अनवरत विपदमा परेको छ तर मैले तपाईंको शिक्षाहरू भुलेको छैन। |
110. | दुष्ट मानिसहरूले मलाई पासोमा फसाउँन कोशिश गरे। तर मैले तपाईंको आज्ञाहरूलाई उल्ङ्घन गरिनँ। |
111. | हे परमप्रभु, म सधैं तपाईंको करार पत्र पालन गर्नेछु। यसले मलाई खुशी पार्दछ। |
112. | म यथाशक्य तपाईंको विधिहरू पालन गर्ने प्रयास गर्नेछु। |
113. | हे परमप्रभु, म त्यस्ता मानिसहरूलाई घृणा गर्छु, जो तपाईं प्रति पूर्ण रूपले विश्वासी छैनन्। तर म तपाईंको शिक्षाहरू मन पराउँछु। |
114. | मलाई लुकाउनु होस् र रक्षा गर्नुहोस्। हे परमप्रभु, तपाईंले भन्नु भएका प्रत्येक कुरामा म भरोसा गर्छु। |
115. | हे परमप्रभु, दुष्ट मानिसहरूलाई मेरो नजीक आउन नदिनुहोस् अनि म परमेश्वरको आज्ञाहरू पालन गर्नेछु। |
116. | हे परमप्रभु, तपाईंले वचन दिए जस्तै मलाई सघाउनु होस्, अनि म बाँच्ने छु। म तपाईंमा भरोसा राख्छु यसर्थ मलाई असन्तुष्ट नपार्नु होस्। |
117. | मलाई साथ दिनुहोस, परमप्रभु र म जोगिने छु। म तपाईंका आज्ञाहरू अनन्त सिक्ने छु। |
118. | हे परमप्रभु, तपाईंका विधिहरू भङ्ग गर्नेहरूदेखि तपाईं विमुख भएर जानु हुन्छ। किन? किनभने तिनीहरूले तपाईंको करार अनुसार हिंडछु भनेर झूटो बोले। |
119. | परमप्रभु, पृथ्वीमा तपाईंले दुष्ट मानिसहरूलाई मैला पुछेको जस्तो फ्याँकिदिनु भयो। यसैले म तपाईंको करारलाई सर्वदा मान्ने नै छु। |
120. | हे परमप्रभु, म तपाईंबाट भयभीत छु। म डराउँछु र तपाईंका विधिहरूको आदर गर्दछु। |
121. | मैले के सही र के राम्रो त्यही गरेकोछु। हे परमप्रभु, मलाई ती मानिसहरूकहाँ नदिनु होस् जसले मलाई आघात पुर्याउन चाहन्छन्। |
122. | मप्रति असल रहने कसम खानुहोस्। म तपाईंको दास हुँ। हे परमप्रभु, ती अंहकारीसहरूलाई मप्रति आघात पुर्याउन नदिनुहोस्। |
123. | हे परमप्रभु, तपाईंबाट सहायताको र तपाईंको राम्रो वचनको निम्ति बाटो हेर्दा हेर्दा मेरो आँखाहरू टट्टाई सके। |
124. | म तपाईंको दास हुँ। तपाईंको स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्। मलाई तपाईंको विधिहरू सिकाउनु होस्। |
125. | म तपाईंको दास हुँ, मलाई बुझ्ने सामर्थ पार्नुहोस ताकि तपाईंको करार-वचन म बुझ्न सकुँ। |
126. | हे परमप्रभु, यो तपाईंले केही गर्ने समय हो। मानिसहरूले तपाईंको विधिहरू भङ्ग गरे। |
127. | हे परमप्रभु, म खाटी सुन भन्दा पनि तपाईंको आज्ञाहरू मन पराउँछु। |
128. | म खुब होशियारीसँग तपाईंको आज्ञाहरू पालन गर्छु। म झूटो शिक्षाहरूलाई घृणा गर्दछु। |
129. | हे परमप्रभु, तपाईंको करार अद्भूत छ। यसकारण म त्यसको अनुसरण गर्दछु। |
130. | कुनै ज्योतिले तिनीहरूलाई बाँच्ने ठीक तरिका देखाए झैं मानिसहरूले तपाईंको शब्दहरू बुझ्न शुरू गरे। तपाईंका वचनले सामान्य भन्दा सामान्य मानिसहरूलाई सम्म बुद्धिमानी बनाउँदछ। |
131. | हे परमप्रभु, म साँचो रूपले तपाईंका आज्ञाहरू मनन गर्न चाहन्छु, म त्यो स्वास रोकिएर अधैर्यपूर्ण पर्खिरहेको मानिस जस्तो छु। |
132. | हे परमेश्वर, मलाई हेर्नुहोस र म प्रति कृपालु बन्नु होस्। जसले तपाईंको नाउँ जप्दछ ती मानिसहरूका लागि सही के हो त्यो काम गर्नुहोस्। |
133. | हे परमप्रभु, तपाईंले कसम खाए झैं मलाई डोर्याउनु होस् मतर्फ कुनै प्रकारको दुर्घटना घट्न नदिनुहोस्। |
134. | हे परमप्रभु, मलाई दुःख-कष्ट दिने मानिसहरूबाट बचाउनु होस् अनि म तपाईंको आज्ञाहरू पालन गर्ने छु। |
135. | हे परमप्रभु, मलाई ग्रहण गर्नुहोस्, अनि आफ्नो नियमहरू सिकाउनुहोस्। |
136. | म आँसुका बलिन्द्रधारा नदी सरी बहाएर रोएँ किनभने कसैले पनि तपाईंको शिक्षाहरू पालन गरेनन्। |
137. | हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ। तपाईंका नियमहरू सही र इमान्दार छन्। |
138. | तपाईंले हामीलाई आफ्ना करारमा धार्मिक नियमहरू दिनुभयो। हामी साँच्चै नै तिनीहरूमा भरोसा गर्न सक्छौं। |
139. | मेरो उत्साहले मलाई ध्वंश पारिरहेछ। म अत्यन्त उदास छु किनभने मेरो शत्रुहरूले तपाईंको आज्ञाहरू भूले। |
140. | हामीले प्रमाण पनि दियौं कि हामी तपाईंकै वचनमा विश्वास गर्छौं, परमप्रभु। अनि म यसलाई मन पराउँछु। |
141. | म क्षुद्र र तुच्छ छु, अनि मानिसहरूले मेरो आदर गर्दैनन्। तर म तपाईंको आज्ञाहरू भुल्ने छैन। |
142. | परमप्रभु, तपाईंको धार्मिकता चिरस्थायी छ। अनि तपाईंको उपदेशहरू विश्वास गर्न सकिन्छ। |
143. | मसँग संकट र दुःखका दिनहरू छँदै थिए तर म तपाईंको आज्ञाहरूमा आनन्द लिन्छु। |
144. | तपाईंको करार अनन्तको लागि असल छ। यसलाई समझशक्ति दिनुहोस् ताकि म बाँच्न सकुँ। |
145. | हे परमप्रभु, म मेरो सम्पूर्ण हृदयले तपाईंलाई डाक्दछु। मलाई जवाफ दिनुहोस्! म तपाईंको आज्ञाहरू पालन गर्छु। |
146. | हे परमप्रभु, म तपाईंलाई डाक्दछु मलाई बचाउनु होस्! अनि म तपाईंको करार पालन गर्नेछु। |
147. | तपाईंलाई प्रार्थना गर्न म बिहानै उठ्दछु। म तपाईंले भन्नुभएको कुरामा विश्वास गर्दछु। |
148. | तपाईंका वचनहरू मनन गर्न म रातमा अबेर सम्म बस्छु। |
149. | आफ्नो सारा प्रेमले, मलाई बोलाउनु होस्। हे परमप्रभु, तपाईंले ठीक भनेका कुरानै गरूँ अनि मलाई बाँच्न दिनुहोस्। |
150. | मानिसहरूले मेरो विरूद्ध दुष्ट योजनाहरू बनाइरहेछन्। ती मानिसहरूले तपाईंको शिक्षाहरू अनुसरण गर्दैनन्। |
151. | परमप्रभु, तपाईं मेरो नजीकै हुनुहुन्छ। अनि तपाईंका सबै आदेशहरूमा भरोसा गर्न सकिन्छ। |
152. | धेरै वर्ष अघिदेखि तपाईंको करारबाट सिकें कि तपाईंको उपदेशहरू अनन्त रहने छन्। |
153. | हे परमप्रभु, मेरो पीडाहरू हेर्नुहोस र मलाई बचाउनु होस्। मैले तपाईंको उपदेशहरू भुलेको छैन। |
154. | हे परमप्रभु, मेरो लडाइँ मेरो निम्ति लडि दिनु होस् र मलाई बचाउनु होस्। तपाईंले वचन दिए जस्तै मलाई बाँच्न दिनुहोस्। |
155. | दुष्ट मानिसहरूले जित्ने छैन किनभने तिनीहरूले तपाईंको नियमहरू मान्दैनन्। |
156. | हे परमप्रभु, तपाईं कृपालु हुनुहुन्छ। तपाईंले ठीक भनेकै काम गरूँ, र मलाई बाँच्न दिनुहोस्। |
157. | मेरो धेरै शत्रुहरू छन् मलाई घात गर्नेहरू धेरै छन् तर मैले तपाईंको करार-वचन अनुसरण गर्नदेखि रोकिने छैनँ। |
158. | म ती विश्वासघातीहरूलाई देख्छु, तिनीहरूले तपाईंको वचनको पालन गर्दैनन् र म तिनीहरुलाई घृणा गर्छु। |
159. | हेर्नुहोस्, मैले तपाईंको आज्ञाहरू पालन गर्न यथासक्य कोशिश गरें। हे परमप्रभु, तपाईंको सारा प्रेमसहित, मलाई बाँच्न दिनुहोस्। |
160. | हे परमप्रभु, आदि कालदेखि नै, सारा तपाईंका वचनहरू भरोसा गर्न सकिन्थ्यो। अनि तपाईंको धार्मिक नियमहरू सदा-सर्वदा रहनेछन्। |
161. | प्रभावशाली शासकहरूले अकारण मलाई आक्रमण गरे। तर डर राख्दछु र तपाईंको नियमलाई आदर गर्दछु। |
162. | परमप्रभु, तपाईंको वचनले मलाई आनन्दित तुल्यायो, धेरै धन पाएर अत्यन्त खुशी भएको मानिसलाई जस्तो। |
163. | म झूटाहरूलाई घृणा गर्दछु! म तिनीहरूलाई तिरस्कार गर्दछु! तर परमप्रभु म तपाईंको शिक्षाहरू मन पराउँछु। |
164. | दिनमा सातपल्ट म तपाईंका धार्मिक नियमहरूका निम्ति तपाईंको प्रशंसा गर्छु। |
165. | मानिसहरू जसले तपाईंको उपदेश मन पराउछन् तिनीहरू साँचो रूपमा शान्तिमा पुग्दछन्। केहीले पनि तिनीहरू पतन गराउन सक्दैन। |
166. | हे परमप्रभु, म तपाईंलाई पर्खिरहेछु। मलाई बचाउन्नु होस् भनेर मैले तपाईंको आज्ञाहरू पालन गरें। |
167. | मैले तपाईंको करार-वचनलाई अनुसरण गरें। हे परमप्रभु, म तपाईंको व्यवस्था बढता नै मान्दछु। |
168. | मैले तपाईंको करार र आज्ञाहरू पालन गरे। हे परमप्रभु, मैले गरेका सबै कुराहरू तपाईंलाई थाहा छ। |
169. | हे परमप्रभु, मेरो खुशीका गीतलाई सुन्नुहोस्। तपाईंले कसम खाए जस्तै मलाई बुद्धिमानी बनाउनु होस्। |
170. | परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्। तपाईंले वचन दिए झैं मलाई बचाउनु होस्। |
171. | म प्रशंसाको गीत गाँउछु। किनभने तपाईंले मलाई आफ्नो नियमहरू सिकाउनु भयो। |
172. | तपाईंको वचनहरू जवाफ दिन मलाई सहयोग गर्नुहोस् र मलाई मेरो गीत गाउन दिनुहोस्। परमप्रभु, तपाईंको सारा नियमहरू असल छन्। |
173. | मैले तपाईंका आज्ञाहरू पालन गर्न खोजें। यसैले पुग्नु होस् र मलाई साथ दिनुहोस्। |
174. | हे परमप्रभु, म चाहन्छु, मलाई बचाउनु होस्। तर तपाईंको शिक्षाहरूले मलाई खुशी पार्छन्। |
175. | मलाई बाँच्न दिनुहोस् र तपाईंको प्रशंसा गर्न दिनुहोस्, परमप्रभु! तपाईंका नियमहरूले मलाई सघाओस्। |
176. | म हराएको भेंडा सरह भड्किरहें। हे परमप्रभु, आएर मलाई खोज्नु होस्। म तपाईंको दास हुँ, अनि मैले तपाईंको भरोसा भुलेको छैन। |
← Psalms (119/150) → |