| ← Psalms (116/150) → |
| 1. | जब परमप्रभुले मेरो प्रार्थना सुन्नु हुँदछ त्यो मलाई मन पर्दछ। |
| 2. | जब मैले गुहार माग्दा उहाँले मलाई सहाएता दिनुहुन्छ त्यो मलाई मन पर्छ। |
| 3. | म मर्न आटेको थिंए। मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो। चिहान मेरो वरिपरि थियो म भयभीत र चिन्तित थिएँ। |
| 4. | तब मैले परमेश्वरको नाउँ डाकें। मैले भने, “परमप्रभु, मलाई बचाउनु होस्!” |
| 5. | परमप्रभु धार्मिक र करूणामय हुनुहुन्छ। हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ। |
| 6. | परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नु हुन्छ। म असहाय थिएँ अनि परमप्रभुले मलाई बचाउनु भयो। |
| 7. | हे मेरो प्राण, विश्राम गर! परमेश्वरले तिमीलाई हेरचाह गरिरहनु भएको छ। |
| 8. | हे परमेश्वर, तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउनु भयो। तपाईंले मेरो आँसुहरू थामिदिनु भयो। तपाईंले मलाई पतन हुनदेखि जोगाउनु भयो। |
| 9. | जीवितहरूको देशमा पनि म परमप्रभुको सेवा अनवरत गर्नेछु। |
| 10. | यद्यपि मैले भने अझ पनि मेरो विश्वास थियो, “म सर्वनाश भएँ!” |
| 11. | हो, मलाई विश्वास थियो, जब म डराएको थिएँ, मैले भने, “सबै मानिसहरू झूटा छन्!” |
| 12. | म परमप्रभुलाई के दिन सक्छु र? ममा भएका सबै कुराहरू परमप्रभुले नै दिनु भएको हो। |
| 13. | उहाँले मलाई बचाउनु भयो, यसकारण म उहाँलाई अर्घ बलि चढाउनेछु। अनि म परमप्रभुको नाउँ बोलाउनेछु। |
| 14. | परमप्रभुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु। म अब सम्पूर्ण मानिसहरूका समक्षमा जानेछु। |
| 15. | परमेश्वरका भक्तजनहरू मध्ये एउटै पनि मर्यो भने त्यो उहाँको निम्ति महत्वपूर्ण हुनेछ। परमप्रभु तपाईंको दासहरू मध्ये म एक हुँ। |
| 16. | हे परमप्रभु, म तपाईंको दास हुँ। म तपाईंकी एकजना सेविकाको बालक हुँ। परमप्रभु, तपाईं नै मेरो प्रथम गुरू हुनुहुन्थ्यो! |
| 17. | म तपाईंलाई धन्यवादको भेटी टक्र्याउने छु। म परमप्रभुको नाउँ पुकार्नेछु। |
| 18. | आफुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु। अब म सम्पूर्ण मानिसहरूको समक्ष जाने छु। |
| 19. | म यरूशलेमको मन्दिरमा जाने छु। परमप्रभुको प्रशंसा गर! |
| ← Psalms (116/150) → |