| ← Psalms (102/150) → |
| 1. | हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्। साथ पाउनलाई रोएको क्रन्दन सुनिदिनु होस्। |
| 2. | परमप्रभु तपाईं त्यसरी विमुख नभईदिनुहोस्। जब म संकटहरूमा झेलिएको हुन्छु मप्रति ध्यान दिनुहोस्। जब म तपाईंको सहायताको निम्ति रोई कराई गर्छु मलाई झट्टै जवाफ दिनुहोस्। |
| 3. | मेरो जीवन धुवाँ जस्तो भई बित्दैछ। मेरा जीवन आगो सरह छ जो बिस्तारै जल्छ। |
| 4. | मेरो शक्ति क्षीण हुँदै गईसक्यो म सुक्खा, ओलिन्दै गई रहेको घाँस जस्तै छु। मैले खान समेत भूली सकेको छु। |
| 5. | आफ्नो उदासीनताको कारणले गर्दा, मेरो ओजन घटिरहेछ। |
| 6. | म मरूभूमिमा बसिरहेको लाटकोसेरो जस्तो एक्लो छु। भवनहरूको भग्नावशेषमा बस्ने एक्लो लाटकोसेरो जस्तै छु। |
| 7. | म सुत्न सक्दिन। म छानामा भएको एउटा एक्लो चरो जस्तो छु। |
| 8. | मेरा शत्रुहरूले मलाई लगातार अपमान गर्छन्। तिनीहरूले मलाई खिसी गरे अनि सरापे। |
| 9. | मेरो ठूलो उदासीनता खाली मेरो भोजन हो। मेरो आँसु मेरो पिउने बस्तु हो। |
| 10. | किन? किनभने तपाईं ममाथि क्रोधित हुनुहुन्छ, परमप्रभु, तपाईंले मलाई उठाउनु भयो अनि त्यसपछि मलाई फ्याँकी दिनुभयो। |
| 11. | दिनको अन्तिम प्रहरमा लामो छायाँहरू जस्तो मेरो जीवन प्रायः सुकिसक्यो। म सुक्खा र ओइलिएको घाँस सरह मर्दै जाँदैछु। |
| 12. | तर परमप्रभु, तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ। तपाईंको नाउँ सदा सर्वदा र अनन्त सम्म रहनेछ। |
| 13. | तपाईं उठ्नु हुनेछ र सियोनलाई सान्त्वना दिनु हुनेछ। तपाईं सियोन प्रति कृपालु हुनुहुनेछ त्यो समय आइरहेछ। |
| 14. | तपाईंका दासहरूले उनको, ढुङ्गाहरू मन पराउनेछ, तिनीहरूले त्यो शहरको धूलोलाई सम्म मन पराउने छन्। |
| 15. | मानिसहरूले परमप्रभुको नाउँको उपासना गर्नेछन्। परमेश्वर, पृथ्वीमा भएका राजाहरूले तपाईंलाई सम्मान गर्नेछन्। |
| 16. | परमप्रभुले फेरि सियोन बनाउँनु हुनेछ। मानिसहरूले फेरि उहाँको महिमा देख्नेछन्। |
| 17. | परमेश्वरले जिउँदै छाडनु भएका मानिसहरूको प्रार्थनाहरूको जवाफ दिनुहुनेछ। परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ। |
| 18. | यी कुराहरू आउने भविष्यका सन्तानहरूको निम्ति लेख अनि भविष्यमा, ती मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन्। |
| 19. | परमप्रभुले आफ्ना पवित्र स्थानबाट तलतिर हेर्नुहुनेछ। परमप्रभुले स्वर्गबाट तल पृथ्वीमा हेर्नुहुनेछ। |
| 20. | अनि उहाँले कैदीहरूका प्रार्थनाहरू सुन्नुहुनेछ। उहाँले मृत्यु घोषित भइसकेका मानिसहरूलाई मुक्ति दिलाई दिनुहुनेछ। |
| 21. | तब सियोनका मानिसहरूले परमप्रभुको बारेमा भन्नेछन्। तिनीहरूले उहाँको नाउँलाई यरूशलेममा प्रशंसा गर्नेछन्। |
| 22. | जातिहरू परस्परमा भेला हुनेछन्। राज्यहरू परमप्रभुको सेवा गर्नलाई आउने छन्। |
| 23. | मेरो बलले मलाई नै असफल तुल्यायो। मेरो जीवन छोटो भएर घट्यो। |
| 24. | यसकारण मैले भने, “मलाई ठिटौली बेलामा नै मर्न नदिनुहोस्। परमेश्वर तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ। |
| 25. | धेरै वर्ष पहिले, तपाईंले यो संसार बनाउनु भयो। तपाईंले आफ्नै हातद्वारा यो आकाश बनाउनु भयो। |
| 26. | संसार र यो आकाश समाप्त होला तर तपाईं सर्वदा रहनु हुनेछ। तिनीहरूले लुगाहरू खोले जस्तै गर्नेछन्, अनि लुगाहरू जस्तै, तपाईं तिनीहरूलाई परिवर्तन गर्नुहुनेछ। तिनीहरू सबै परिर्वतिन हुनेछन्। |
| 27. | तर तपाईं परमेश्वर, कहिल्यै बद्लिनु हुन्न। तपाईं सर्वदा जीवित रहनु हुन्छ। |
| 28. | हामी आज तपाईंका दासहरू हौं। हाम्रा नानीहरू यहाँ छन्। अनि तिनीहरूका सन्तानहरू पनि यहाँ तपाईंको उपासना गर्नेहरू हुनेछन्।” |
| ← Psalms (102/150) → |