← Proverbs (7/31) → |
1. | हे मेरो छोरो! मेरा सल्लाहहरू सम्झि राख्। मेरा आज्ञाहरू बहुमूल्य सम्पत्ति झैं संचय गरिराख्। |
2. | तिमीले मेरा आज्ञाहरू पालन गर्यौ भने तिमी बाँच्नेछौ। मेरो सल्लाहलाई आँखाको नानी झैं जोगाई राख। |
3. | तिनीहरू तिमीले आफ्नो औंलीहरूमा बाँधेर राख अनि हृदयमा लेखेर राख। |
4. | ज्ञानलाई भनः “तिमी मेरी बहिनी हौ; समझशक्तिलाई भन, “तिमी मेरो आफन्त हौ!” |
5. | तब तिमीलाई तिनीहरूले अर्को मानिसको चिप्लो कुरा गर्ने पत्नीसँग शारीरिक सम्बन्ध हुनबाट बचाउँछ। |
6. | एकदिन मैले मेरो घरको झ्यालबाट हेरें, मैले धेरै ठिटाहरूलाई देखें |
7. | अनि तिनीहरू मध्ये एकजनालाई ध्यान दिएँ त्यो एकदमै मूर्ख रहेछ। |
8. | त्यो केटो त्यस्तै एउटी स्त्रीको घरको छेउबाट गइरहेको थियो। उ उसको घरको दिशातिर अगि बढिरहेको थियो। |
9. | अस्ताँउने घामले गोधुली बेलालाई डक्दै थियो। रात आफ्ना अन्धकारसँग आउँदै थियो। |
10. | त्यसै समयमा कुनै एउटी स्त्री उसलाई भेट्न आई। उसले एउटा वेश्याले झैं लुगा लगएकी थिइ र ऊ एकदमै धूर्त थिई। |
11. | ऊ उच्च स्वरकी अनि विद्रोही थिइ। ऊ उसको घरमा वस्नु चाहँन्दैन थिइ। |
12. | त्यो स्त्री कहिले गल्लीमा, कहिले चोकहरूमा तन्देरी केटाहरूलाई फँसाउँन कुना काप्चाहरू तिर लुकेर बस्थी। |
13. | उसले त्यस केटोलाई समाती र चुम्बन खाई अनि निर्लज्जा रूपमा उसको आँखामा हेर्दै भनी, |
14. | “आज मैले मेलबलि चढाउनु पर्छ। कारण मैले आज आफ्नो भाकल पूरा गरें। त्यसको केही भाग घर लगें र आज मसित खानेकुराहरू प्रशस्त छन्। |
15. | यसैकारण म तपाईलाई खोज्न बाहिर निस्केर आइरहेकी थिंएँ अनि अहिले तपाईलाई भेटें। |
16. | मैले मेरो ओछ्यानमा मिश्रदेशको रंगीन च्यादरले सजाएकीछु। |
17. | मैले मेरो ओछ्यानमाथि, मूर्र, एलवा, दालचिनी अनि सुगन्धित अत्तर छर्केकीछु। |
18. | मसित आऊ, रात भरी हामी प्रेमको आलिङ्गनमा बाँधिएर आनन्दमा विभोर भई भोग गरौं। |
19. | मेरो पति घरमा छैनन्, तिनी धेरै लामो यात्रामा गएका छन्। |
20. | तिनी आफ्नो थैली भरी पैसा बोकेर गएका छन् अनि यो तोकीएको दिन सम्म फर्केर आउँदैनन्।” |
21. | त्यस स्त्रीले उसलाई फसाउँन यी शब्दहरूको व्यवहार गरी अनि त्यो मूर्ख केटो फँस्यो। |
22. | उसले त्यस आइमाईलाई पछ्याउँछ र एक्कासि ऊ कसाइखाना तिर लगिंदै गरेको साँढे झैं हुन्छ। ऊ धनुषकाँडले कलेजो छेडेको मृग झैं भएको छ। ऊ जस्तै जालमा फँस्न उडिरहेकोछ। |
23. | तर उसलाई थाहा छैन कि यसको लागि उसले आफ्नो जीवन दिने छ। |
24. | अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मेरो बचनहरूमा ध्यान देऊ। |
25. | तिम्रो हृदयलाई उसको मार्ग तिर डोर्याउँन नदेऊ त्यो बाटो तिर नफर्क। |
26. | त्यसले धैरे शिकारलाई लडाएकी छे, त्यसले अनगन्ती मानिसहरूलाई मारेकी छे। |
27. | त्यस स्त्रीको घरले चिहानतिर डोर्याइरहेको हुन्छ र त्यसलाई पछ्याउनेहरू मृत्यको मुखमा पर्छन्। |
← Proverbs (7/31) → |