← Proverbs (3/31) → |
1. | हे मेरा छोरा, मेरा शिक्षाहरूलाई नभुल। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर। |
2. | मैले भनेका कुराहरूले तिमीलाई दीर्घ, सुखमय तथा अधिक शान्तिपूर्ण जीवन जीउन सिकाउँछ। |
3. | प्रेम, विश्वासनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानसपटलमा गहिरोसित राख। ती शिक्षाहरूलाई माला गुँथी गलामा लगाई राख्। |
4. | तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ। |
5. | तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भर नपर। |
6. | तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ। |
7. | आफैंलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराउनु अनि दुष्कर्मबाट टाडो बस्नु। |
8. | यदि तिमीले यसो गर्यौ भने तिम्रो शरीरलाई त्यो औषधी हुनेछ अथवा तिम्रो शरीरलाई ताजा बनाउने कुनै पेय वस्तु झैं हुनेछ। |
9. | तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ। |
10. | त्यस पछि तिम्रो सम्पूर्ण खाँचो पूरा हुनेछ। तिम्रा ढुकुटीहरू अन्नले भरिने छन् अनि तेरा मसकबाट दाखरस पोखिरहेको हुनेछ। |
11. | हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर। |
12. | किनकि आफूले माया गर्नुभएका मानिसहरूलाई उहाँले सुधार्नु हुन्छ। हो, परमेश्वर बाबु जस्तै हुनुहुन्छ जुन बाबुले आफूले माया गरेको छोरालाई सजाय दिन्छ। ज्ञानहरूको आशीर्वाद |
13. | धन्य हो त्यो मानिस जसले ज्ञान प्राप्त गर्छ। जसले विवेक हाँसिल गर्छ त्यो धन्य हो। |
14. | ज्ञानबाट जो लाभ हुन्छ त्यो बहुमूल्य चाँदी भन्दा असल हो। ज्ञानबाट भएको लाभ सुन भन्दा असल हो। |
15. | ज्ञान भौतिक मणि र माणिक भन्दा अधिक मूल्यवान हो। तिमीले चाहेको बस्तुहरूमा ज्ञान भन्दा मुल्यवान अरू हुन सक्तैन। |
16. | ज्ञानको दाहिने हातमा दीर्घायु छ भने देब्रे हातमा धन र सम्मान छ। |
17. | ज्ञानका मार्गहरू आनन्ददायक हुन्छन् ज्ञान मार्गबाट शान्ति पाइन्छ। |
18. | ज्ञान एउटा मानिसको निम्ति जीवनको बृक्ष झैं हो जसले उसलाई बलिय गरी समाउँछ अनि त्यसमा जो टाँसिएर रहेनछ संधै धन्य रहन्छन्। |
19. | परमेश्वरले ज्ञानद्वारा पृथ्वी स्थापना गर्नु भयो, र सम्झ-शक्तिद्वारा आकाश सृजना गर्नु भयो। |
20. | उहाँको ज्ञान द्वारा परमप्रभुले समुद्र र बादल सृजना गर्नु भयो जसबाट पानी पर्छ। |
21. | हे मेरा छोरा, ज्ञानलाई तिम्रो विवेकशील दृष्टिबाट ओझलमा नपार। विजयहरूमा नियालेर सोच अनि होशियारीसित योजनाहरू बनाऊ। |
22. | ज्ञान र समझ-शक्तिले तिमीलाई जीवन दिनेछन र यसले तिम्रो जीवन सुन्दर पार्नेछ। |
23. | त्यसपछि तिमी सुरक्षित बस्नेछौ र तिम्रो पतन हुनेछैन। तिमी आफ्नो मार्गमा सुरक्षित भई हिडने छौ कतै पल्टनै छैनौ। |
24. | जब तिमी ओछ्यानमा पल्टनेछौ तिमीलाई डर लाग्दैन अनि सुत्दा घोर निद्रामा पर्नेछौ। |
25. | तिमी आकस्मिक विनाशमा कहिल्यै नडराउनु अथवा जुन विनाशमा दुष्ट मानिसहरू फँसिन्छन् त्यसमा कदापि नडराउनु। |
26. | किनभने परमप्रभु तिमीहरूको छेवैमा हुनुहुनेछ, यसर्थ उहाँले नै तिम्रो पाऊ कतै फँस्न दिनु हुन्न। |
27. | जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर। |
28. | जब तिमीसँग आफ्नो छिमेकीलाई आवश्यक परेको चीज छ र उसले पनि माग्छ भने, “भोलि आऊ” नभन, दिई हाल। |
29. | तिमीहरूका छिमेकीहरूका विरूद्ध नराम्रो योजना नबनाऊ जो तिम्रो छेउमा बस्छअनि तिमीमाथि भरोसा गर्छन। |
30. | कुनै कारण बिना कसैलाई अदालतमा नघिस्याउ यदि त्यो मानिसले तिमीलाई क्षति पुर्याएको छैन भने। |
31. | उपदव्र गर्ने मानिसको इर्ष्या नगर, अनि ऊ जस्तै हुन नखोज। |
32. | किन? किनभने परमप्रभुले त्यस्ता मानिसलाई घृणा गर्नु हुन्छ, तर उहाँ इमान्दार मानिसहरूको मित्र हुनुहुन्छ। |
33. | दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि इमान्दार मानिसको घर उहाँद्वारा आशीषित हुन्छ। |
34. | यदि कुनै मानिस घमण्डी छ र अन्य मानिसहरूको खिल्ली उडाउछ भने परमेश्वरले त्यस मानिसलाई दण्ड दिनु हुनेछ र खिसि गर्नु हुनेछ। तर नम्र मानिसहरू प्रति परमेश्वर दयालु हुनुहुन्छ। |
35. | ज्ञानी मानिसले आदर पाउँछन, तर मूर्ख मानिसले लाज तथा अपमान मात्र पाउँछ। |
← Proverbs (3/31) → |