← Proverbs (28/31) → |
1. | दुष्टको मनमा सधैं डर हुन्छ र कसैले नलखेटे पनि ऊ भागिहिंडछ। तर धर्मी मानिस सिंह झैं आँटिलो हुन्छ। |
2. | जब देशमा राजद्रोह हुन्छ अनगन्ती शासकहरू बलपूर्वक उठ्छन। तर जब शासक ज्ञानी अनि समझदार हुन्छ उसले सबै कुरालाई व्यवस्थित बनाएर राख्छ। |
3. | एकजना गरीब मानिस जसले अर्को गरीबमाथि अत्याचार गर्छ। ऊ एउटा मुसलधारे वर्षा जस्तै हो उसले अन्न बालि को विनाश गर्छ। |
4. | जसले व्यवस्थाको विधान त्यगि दिन्छ उसले दुष्टको प्रशंसा गर्छ तर जसले व्यवस्थाको पालन गर्छु। उसले तिनीहरूको विरोध गर्छ। |
5. | दुष्ट मानिसले न्याय के हो बुझ्दैन, तर जुन मानिसले परमप्रभुलाई खोज्छ उसले बुझेको हुन्छ। |
6. | इमान्दार भई गरीब हुनु राम्रो हो, धनी भई दुष्ट हुनु राम्रो होइन। |
7. | जसले व्यवस्थाको पालन गर्छ ऊ विवेकी छोरा हो, तर जसले बेकारका घिचुवाहरूलाई साथी बनाउँछ, त्यसले केवल आफ्नो बाबुलाई लज्जित बनाउँछ। |
8. | जसले अधिक ब्याज असुल गरी सम्पत्ति कमाउँछ तर त्यो सम्पत्ति उसले आफ्नो निम्ति होइन, तर कुनै गरीव मानिसको निम्ति सम्पत्ति जम्मा गर्छ। |
9. | यदि कसैले परमप्रभुको अनुशासन ग्रहण गर्न अस्वीकार गर्छ परमेश्वरले पनि उसको प्रार्थना सुन्न अस्वीकार गर्नु हुन्छ। |
10. | धर्मी मानिसहरूलाई पथभ्रष्ट बनाउन खोज्ने मानिस आफ्नै पासोमा पर्छ तर निर्दोष मानिसहरूले असल कुराहरू आर्जन गर्छन्। |
11. | धनी मानिस आफ्नो नजरमा बुद्धिमान् हुन सक्छ, तर ज्ञानी गरीब मानिसले उसलाई चिनिहाल्छ। |
12. | जब सज्जन मानिसहरूले जितछन्, विजय हुन्छ र सबै खुशी हुन्छन, तर जब दुष्ट मानिसहरूको हातहरूमा शक्ति जान्छ मानिसहरू आफैं लुक्छन्। |
13. | जसले आफ्नो पापहरू लुकाउँछ उसको कहिल्यै उन्नति हुदैन, तर जसले आफ्नो पापहरू स्वीकार गर्छ र यसलाई त्यागी दिन्छ उसले कृपा प्राप्त गर्छ। |
14. | त्यो मानिस धन्य हो जो परमप्रभु सित डराउँछ, तर जसले आफ्नो हृदय कठोर पार्छ त्यो संकष्टमा पर्छ। |
15. | एउटा दुष्ट शासक जसले गरीब राज्य माथि शासन गर्छ ऊ एकजना गर्जने सिंह जस्तो हो अथवा आक्रमक भालू जस्तो हो। |
16. | जब एउटा शासकको विवेक हुदैन त्यहाँ धेरै अत्याचार हुन्छ, तर जसले भ्रष्टचारको उपायबाट कमाएको धनलाई घृणा गर्छ उसले लामो शासन गर्नेछ। |
17. | मानिसलाई हत्या गर्ने मानिसले शान्ति पाउँदैन। त्यसलाई सहायता नगर। |
18. | यदि कुनै मानिस सही जीवन जीई रहेको छ भने सुरक्षित रहन्छ, तर जो इमान्दारी पूर्वक जीवन जिउदैन उसको अचानक पतन हुन्छ। |
19. | एकजना मानिस जसले आफ्नो जमीनमा काम गर्छ उसँग खाने कुरा प्रशस्त हुन्छ, तर जसले आफ्नो समय संसारको कल्पनामा विताउँछ, ऊ सधैं गरीब नै रहन्छ। |
20. | एकजना विश्वासनीय मानिसले धेरै आशिष पाउँछ, तर चाडै धनी हुन खोज्ने मानिस दण्डित हुनेछ। |
21. | न्यायधीश पक्षपाती हुनु हुदैन तर मानिसहरूले एउटा सानो रोटीको टुक्राको निम्ति पनि कुकर्म गर्छन्। |
22. | एकजना लोभि मानिस चाँडै नै धनी हुन खोज्छ, उसले यो बुझ्न सक्दैन कि उसको लोभले उसलाई गरीबीको झन झनै नजिक तानिरहेको हुन्छ। |
23. | चिप्लो घस्ने मानिस भन्दा सुधार गर्नेको लागि हप्काउने मानिस अन्तमा लोकप्रिय हुन्छ। |
24. | एकजना मानिस जसले उसको आफ्नै आमा-बाबुको धन चोर्छ अनि “मैले कुनै गलत गरिनँ” भन्छ भने त्यो मानिस विनाशकारी बर्षा जत्तिकै खराब हो। |
25. | एकजना लोभि मानिसले झगडा उठाउँछ, तर जुन मानिसको परमप्रभुमाथि भरोसा छ उसले त उन्नति गर्छ। |
26. | जो आफ्नै विचारमा भरोसा राख्छ एकजना मूर्ख हो। तर जो ज्ञानको बाटोमा हिंड्छ ऊ सुरक्षित रहन्छ। |
27. | जसले गरीबहरूलाई दान गरी बस्छ उसलाई अभावले कहिल्यै स्पर्श गर्दैन। तर जो गरीबलाई यादै गर्दैन उसले श्राप पाउँछ। |
28. | जब कुनै दुष्टले शक्ति हासिल गर्छ, तब मानिसहरू लुक्छन तर जब दुष्टको विनाश हुन थाल्छ धर्मीहरू सत्तामा आउने छन्। |
← Proverbs (28/31) → |