← Proverbs (27/31) → |
1. | तिमीलाई ज्ञान छैन भोलि के हुने हो, यसर्थ भविष्यमा हुने कुरा लिएर शेखी नगर। |
2. | आफ्नो प्रशंसा अरूले गरोस्, आफैंले होइन। |
3. | ढुङ्गा गह्रौं हुन्छ, बलुवा ओसार्नु अप्ठेरो पर्छ तर क्रोधित मूर्खले गराएको कष्ट सहनु त्यो भन्दा अझ गाह्रो हुन्छ । |
4. | रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी झैं हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ? |
5. | लुकेको माया भन्दा खुल्ला आलोचना राम्रो। |
6. | साथीले तिमीलाई कुनै बेला कडा शब्द भन्ला उसको उदेश्य नराम्रो होइन। तर शुत्रको चुम्बनहरू झूटा हुन्छन्। उसले तिमीलाई दया नै देखाओस, तर उसको हृदयमा तिमीप्रति शत्रुताले नै बास गरेको हुन्छ। |
7. | अघाएको बेला मह पनि मीठो हुँदैन, तर भोकाएको मानिसको लागि सबै तीतो चीज पनि मीठो हुन्छ। |
8. | आफ्नो घर छाडे पछि गुँडबाट निस्केको चरा जस्तै भौतारिन्छ। |
9. | अत्तर तथा सुगन्धित वस्तुहरूले मनमा आनन्द ल्याउँछ। अनि एकजना मानिसको साथीको आनन्ददायता हृदय देखि दिएको सल्लाहबाट आउँछ। |
10. | आफ्नो साथी अनि बाबुको साथीलाई कहिल्यै नभूल्नु। आपद आइलागेको समयमा भाइ भनी टाडो सहायता माग्न नजानु कारण टाडाको भाइ भन्दा छिमेकी नै उपयोगी हुन्छ। |
11. | हे मेरो छोरो! तिमी बुद्धिमान् भएर मेरो मन खुशी पारिदेऊ ताकि, जसले मलाई घृणागर्छ त्यसलाई म जवाफ दिन सकुँ। |
12. | बुद्धिमानी मानिस आपत आईलाग्ने चाल पाए, सुरक्षाको निम्ति शरण लिन्छ तर अज्ञानीमानिस शिरहरू सीधा पारेर यसै आपततिर जान्छ अनि दुःख पाउँछ। |
13. | एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ। |
14. | प्रभात स्वागतको लागि जसले छिमेकीको निंन्द्रा बिच्काउन जान्छ उसले श्राप पाउँछ। |
15. | एउटा कचकचे, झगडालु, पत्नी वर्षाको दिनमा पानी चुहुने छाना जस्ती हो। |
16. | उसलाई रोक्न कोशीष गर्नु हावा चल्नुबाट रोक्न प्रयास गर्नु जस्तै अथवा हातहरूले तेल समात्न प्रयास गर्नु जस्तै व्यर्थ हो। |
17. | जसरी फलामको सानो टुक्राले फलाम कै छुरी तथा हतियारहरू उध्याइन्छ त्यसरी नै मानिसहरूले पनि एक-आर्काबाट ज्ञान सिक्छन्। |
18. | जसले अञ्जीरको रूख रेखदेख गर्छ उसले त्यसको फल खानु पाउँछ, त्यसरी नै जसले मालिकको खुब सेवा गर्छ उसले पुरस्कार पाउँछ। |
19. | जब मानिसले पानीमा हेर्छ उसले त्यहाँ आफ्नो अनुहारको प्रतिबिम्बि देख्छ, त्यसरी नै एकजना मानिसको हृदय कस्तो छ उसको व्यवहारबाट चाल पाइन्छ। |
20. | जसरी चिहान कहिल्ये भरिदैन, मानिसको आँखा पनि कहिल्ये तृप्त हुँदैन। |
21. | सुन र चाँदी आगोद्वारा जाचिन्छ, त्यसरी नै एकजना मानिसलाई उसको यशबाट जाँचिन्छ। |
22. | मूर्खलाई जाँतोमा पिंधेर धूलो पिठो बनाई सक्दा पनि उसको मूर्खताले उसलाई छोडदैन। |
23. | तिमी निश्चित हौ की तिम्रो भेडाहरूको अवस्था तिमी जान्दछौ अनि तिम्रो बथानहरूलाई राम्रो ध्यान देऊ। |
24. | सम्पत्ति कसै सित पनि स्थायी भई बस्दैन। राजमुकुट पनि एउटा वंशको टाउकोमा बसिरहँदैन। |
← Proverbs (27/31) → |