← Proverbs (23/31) → |
1. | यदि तिमी कुनै अधिकृतसित भोजनमा बसेको छौ भने याद राख तिमी कसको अघि छौ। |
2. | तिमी धेरै खाने गर्थ्यौ भने पनि तिमीले आफूलाई नियन्त्रणमा राख्नु पर्छ। |
3. | उसको स्वादिलो भोजनद्वारा परिक्षीत नहोउ किनभने उसको भोजन छलपूर्ण हुन्छ। -7- |
4. | धनी बन्न चेष्टा गर्दै आफैंलाई नथकाऊ। यदि तिमी बुद्धिमानी छौ भने तिमीले यस्तो गर्न बन्द गर। |
5. | धन-सम्पत्ति हेर्दा-हेर्दा शेष भएर जान्छ। धन सम्पत्ति आफ्नो पंखेटा फैलाएर उडेर जाने चरा झैं आकाशमा जान्छ। -8- |
6. | एउटा कञ्जूस मानिस सित भोजन नखाऊ। उसको घरमा पकाएको स्वादिलो भोजनको इच्छा नगर। |
7. | त्यो यस्तो मानिस हो जो आफ्नो भोजनको मोल लगाई रहन्छ। तिमीलाई त भन्छ, “तिमी खाऊ, मस्त भई खाऊ,” तर त्यो उसको मनभित्रबाट भनेको होइन। |
8. | तिमीले अलिकति खाएको पनि उकेलि दिने छौ अनि तिमीले उसलाई गरेका प्रशंसाहरू व्यर्थ भएर जान्छन्। -9- |
9. | मूर्खले तिम्रा ज्ञानी वचनहरूलाई घृणा गर्छ, मूर्खसित कुरा नगर। -10- |
10. | जमीनमा पुरानो सिमाना भए त्यसलाई सार्ने प्रयास नगर। टुहुरा-टुहुरीहरूको जमीन जबरजस्ती दखल नगर। |
11. | किनभने परमप्रभु ती अनाथहरूको शक्तिशाली संरक्षक हुनु हुन्छ जसले अनाथहरूको पक्षमा तिमीसित अदालतमा लडनु हुन्छ। -11- |
12. | तिमीहरूको विचारलाई अनुशासनमा लगाऊ अनि ज्ञानको शिक्षाहरूमा ध्यान देऊ। -12- |
13. | आवश्यकता अनुसार नानीलाई सधैं सजाय देऊ। सजाय दिदाँ त्यो मर्दैन। |
14. | यदि तिमीले उसलाई सजाय दियौ भने, तिमीले उसलाई चिहानबाट रक्षा गर्ने छौ। -13- |
15. | हे मेरो छोरो, तिमी बुद्धिमान् भयौ भने म खुशी हुनेछु। |
16. | यदि तिमीले सही कुराहरू गरेको सुन्न पाए म हृदयबाट नै खुशी हुने थिँए। |
17. | पापीहरूको ईर्ष्या नगर। तर सबै समयमा, परमप्रभुलाई सम्मान गर। |
18. | तब तिम्रो एउटा भविष्य हुन्छ, तिम्रो आशा कहिल्यै हराउने छैन। -15- |
19. | मेरो छोरो, सुन र ज्ञानी बन! सधैं सही बाटोमा हिडने कुरा ख्याल गर। |
20. | धेरै भोजन गर्ने तथा दाखरस पिउँने मानिस सित मित्रता नराख। |
21. | जुन मानिसले धेरै खान्छ अनि धेरै पिउँछ भने गरीब हुन्छ। उसको उडाइले उसलाई थोत्रो लुगा लगाउने बनाई दिन्छ। -19- |
22. | तिम्रा बाबु जसले तिमीलाई जीवन दिए उनको बचनहरू सुन। तिम्री आमा भनेर उनलाई हेला नगर। |
23. | सत्यतालाई किन अनि यसलाई नबेच। ज्ञान, अनुशासन अनि समझ शक्तिलाई पनि किन। |
24. | इमान्दार मानिसका बाबु अति सुखी मानिस हुन। यदि कुनै मानिसको बुद्धिमान नानी छ, भने त्यस नानीले घरमा खुशीयाली ल्याउँछ। |
25. | यसर्थ तिम्रा आमा-बाबु तिमी सित खुशी भई बसुन्। तिम्री आमाले आनन्द पाउन। -17- |
26. | हे मेरो छोरो! म जे भन्दैछु अलिक ध्यान दिएर सुन। मैले भनेका कुराहरू स्वीकार गर। |
27. | एउटी वेश्या एक गहिरो खाडल जस्तो हो एक व्यभिचारिणी स्त्री, एक साँधुरो इनार जस्तो हो। |
28. | एउटा खराब आइमाई डाँकुले झैं बाटो ढुकेर वस्छे अनि धेरै मानिसहरूलाई अविश्वासी बनाउँछे। -18- |
29. | कसको दयनीयता छ? कसको दुःख छ? को कष्टमा डुबेकोछ? को झगडा टंटामा फँसेकोछ? बिना कारण कसले चोट पाएको छ? कसको आँखा राता भएका छन्? |
30. | तिनीहरू ती हुन् जो रात दिन दाखरसको सेवनमा बिताउछन अनि जो मिश्रित मद्य चाख्न भोजनहरूमा जान्छन्। |
31. | दाखरसद्वारा दाखको रातो रंगद्वारा यसको प्याला भित्रको चमकद्वारा सम्मोहित नहोऊ। यो बिना अवरोध घाँटीबाट तल स्वाट्टै जान्छ। |
32. | तर अन्तमा यसले सर्पले झैं डस्छ गोप्य विष भएको विषालु सर्पले झैं डस्छ गोप्य विष भएको विषालु सर्पले झैं डस्छ। |
33. | तिमीले विचित्र चीजहरू देख्ने छौ। भ्रान्त विचार, तिम्रो मनमा कूद्ने छन्। |
34. | तिमीलाई यस्तो लाग्नेछ महासमुद्रको माथिल्लो सतहमा सुतिरहेछौ, तिमी जहाज माथि सुतिरहेछौ। |
35. | तिमी भन्छौ तिनीहरूले मलाई हिर्काए मैले अनुभव गरिनँ, तिनीहरूले पिटे तर मलाई थाहा भएन। म कति वेला ब्यूँझन्छु? म जान्छु अनि अर्का मद्य पिउँछु। -19- |
← Proverbs (23/31) → |