← Proverbs (22/31) → |
1. | धन सम्पत्तीको मालिक हुनु भन्दा सम्मान पाउनु असल हो। सम्मानित हुनु सुन चाँदी भन्दा उत्तम हो। |
2. | सबै परमप्रभुका सृष्टि हुन यसर्थ कुन धनी कुन गरीब बराबरी हो। |
3. | एउटा बुद्धिमान मानिसले कष्टलाई पहिले नै देखेर यसबाट अघि नै तर्किन्छ, तर अनुभव नभएका मानिसहरू सिधै ती कष्टहरूमा पर्छन अनि दुःख पाउँछन्। |
4. | नम्र बन अनि परमप्रभुलाई आदर गर, तब तिमीहरू बाच्नेछौ अनि धन र सम्मान पाउने छौ। |
5. | दुष्ट मानिस नाना थरीका फंदामा पर्छ, तर आफ्नो आत्माको पर्वाह गर्ने मानिस यस्तो कष्ट देखि टाडो बस्छ। |
6. | नानीहरूलाई सही जीवन निर्वाह गर्नु सानै बाट सिकाउनु पर्छ, तब त्यो नानी बढे पनि त्यही प्रकारले जीवन यापन् गर्छ। |
7. | धनी मानिसहरूले गरीब मानिसहरूलाई शासन गर्छन् अनि उधारो लिनेहरू उधारो दिनेहरूको कमारा बन्छन्। |
8. | अन्याय रोप्ने मानिसले आफन्तको वाली काट्छ अनि उसको अत्याचारी शासनको अन्त हुन्छ। |
9. | एकजना उदार योग्य मानिसले आशिषू पाउँछ। उसले आशिषू पाउँछ किनभने उसले आफ्नो भोजन गरीबलाई दिन्छ। |
10. | यदि कुनै मानिसले अरूलाई खिसी गर्छ भने उसलाई त्यहाँबाट बल लगाएर निकाली देऊ। जब ऊ मानिस नै हट्छ झगडाहरू जान्छ र अनि लडाईं र अपमानहरू पनि सकिन्छ। |
11. | एउटा मानिस जसले शुद्ध हृदयलाई प्रेम गर्छ, जसको बोलीवचन करूणामय हुन्छ, ऊ राजाको मित्र हुनेछ। |
12. | परमप्रभुले सत्यता माथि पहरा दिनु हुन्छ, अनि अविश्वासी मानिसहरूले भनेका कुराहरूलाई विफल बनाउनु हुन्छ। |
13. | अलछे मानिसले भन्छ, “सिंह बाहिर बसिरहेको छ,” अथवा “म गल्लीमा मारिनेछु।” |
14. | व्यभिचारी पापको जाल हो यसर्थ परमप्रभु यस्तो जालमा फँस्नेसित अत्यन्तै क्रोधित हुनुहुन्छ। |
15. | नानीको मनका मूर्खता रहेको हुन्छ। अनुशसनको डण्डाले यस मूर्खतालाई ऊबाट भगाइन्छ। |
16. | आफ्नो धन बढाउनु जसले गरीबलाई ठग्छ अनि धनी मानिसलाई उपहार चढाउँछ भने ती दुवै जना पछि दरिद्र हुन्छन्। |
17. | राम्रोसंग ध्यान देऊ, म के भन्छु सुन। म तिमीहरूलाई त्यो ज्ञान शिकाउने छु, जुन ज्ञानी मानिसहरूले मलाई दिएका छन्। मैले त्यो शिक्षाहरूबाट सिकें। |
18. | यदि तिमीले यी कुराहरू याद राख्यौ भने असल हुनेछ। यी वचनहरू भन्नु सक्यौ भने तिमीलाई सहायता हुनेछ। |
19. | अब म तिमीलाई ती कुराहरू नै सिकाउनेछु र म चाहन्छु, कि तिमीले परमप्रभु माथि भरोसा गर। |
20. | तिम्रो लागि मैले तीसओटा नीति-वचनहरू लेखेकोछु, यी सबै ज्ञान र उपदेशका वचनहरू हुन्। |
21. | यी वचनहरूले सत्य र महत्वपूर्ण कुराहरू सिकाउँछ। तब तिमीलाई जसले पठाउनु भएको छ उहाँलाई सही जवाफ दिन सक्छौ। -1- |
22. | गरीबलाई शोषण नगर किनभने तिनीहरू गरीब छन्, अनि गरीबलाई अदालतमा न्यायबाट बञ्चित नगर |
23. | परमप्रभुले तिनीहरूको मुद्दाको पक्ष लिनु हुन्छ, अनि उहाँले तिनीहरूको जीवन लिनु हुनेछ जसले उनीहरूलाई लुट्छन र शोषण गर्छन्। -2- |
24. | झट्टै रिसाउने मानिससित मित्रता नजोड। सितिमिति रिसाउने मानिससित संगत नगर। |
25. | नत्र भने तिमीले उसको बाटो जान्ने छौ र फन्दामा फँस्ने छौ। -3- |
26. | कहिल्यै कसैको जिम्मवारी लिने नहोऊ अर्काले लिएको ऋणको लागि जमानी नबस्। |
27. | तिमीले त्यो ऋण चुक्ता गराउनु नसके निमीकहाँ भएको सबै गुमाउनु पर्नेछ। तिमीले आफ्नो ओढने ओछ्याउने सम्म गुमाउनु पर्नेछ। -4- |
28. | तिम्रो जमीन जसमा सिमाना तिम्रा पुर्खाहरूले कोरेका हुन, त्यो सिमाना कहिल्यै हल्लिन नदेऊ। -5- |
29. | यदि कोही मानिस आफ्नो काममा निपुण छ भने ऊ राजाको सेवा गर्ने योग्यको हुन्छ। उसले नचिनेका मानिसहरूको सेवा गर्दैन। -6- |
← Proverbs (22/31) → |