← Proverbs (20/31) → |
1. | दाखरस उपहास गरिने बस्तू हो, निगार चाहिँ एउटा झगडा ल्याउने चीज हो। जो यसको प्रभावमा पर्छ ऊ ज्ञानी हुने छैन। |
2. | राजाको क्रोध सिंहको गर्जन झैं हो, जसले उसलाई क्रोधित बनाउँछ आफ्नो जीवनलाई खतरामा पार्छ। |
3. | झगडा गर्न अस्वीकार गर्ने मानिस आदरणीय हुनेछ तर मूर्ख मानिस त सदैव झगडाको लागि तत्पर रहन्छ। |
4. | एउटा अल्छे मानिसले शरद ऋतुमा खेत जोत्दैन, समयमा उसले अन्नहरू खोज्छ अनि त्यहाँ केही हुँदैन्। |
5. | मानिसहरूको हृदयमा रहेका कुराहरू गहिरो कुवाको पानी जस्तै हुन्, तर समझदार मानिसले त्यो तानेर निकाल्छ। |
6. | धेरै मानिसहरूले भन्ने गर्छन तिनीहरू विश्वास योग्य मानिस छन्, तर विश्वासनीय मानिस कसले भेटून सक्छ? |
7. | एकजना धर्मी मानिस सधै ईमान्दारी पूर्वक बास्छ र उसका नानीहरूलाई पाछि फायदा पुर्याउँछ। |
8. | जब राजा उनका मानिसहरूको न्याय गर्नु बस्छन् उनले दुष्टतालाई आफ्नै आँखाले छानबिन गर्छन्। |
9. | के कसैले म शुद्ध छु भनि दावी गर्न सक्छ? के कुनै मानिसले दावी गर्न सक्छ की ऊ आफ्नो पापबाट शुद्ध हुन सक्छ? |
10. | परमप्रभुले त्यो तौल र नापहरूलाई घृणा गर्नुहुन्छ जुन बेठीक छन्। |
11. | एउटा बालकलाई उसको चाल-चलनबाट पनि जान्नु सकिन्छ उसको व्यवहार असल छ की छैन। |
12. | परमप्रभुले देख्ने आँखा र सुन्ने कान दुबैलाई सृष्टि गर्नु भयो। |
13. | यदि तिमी धेरै सुत्न मन पराउछौं भनें। तिमी गरीब हुने छौ। जागा रहो अनि तिमीसंग प्रशस्त खाने कुरा हुनेछ। |
14. | राम्रो छैन! यो राम्रो छैन! भन्दै ग्राहकले किन्छ तर पछि उसले भाउ कसेकोमा आफैंलाई प्रशंसा गर्छ। |
15. | सुन अनि धेरै लालमणिहरू छन्, तर ज्ञानीको भाषण, निखुर गहना हो। |
16. | एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ। |
17. | छल गरि कमाएको अन्न खान मीठो लाग्छ, तर अन्तमा त्यसले मुखभरी ढुङ्गा चपाए जस्तो हुन्छ। |
18. | कुनै योजना बनाउनु अघी राम्रो सल्लाह गर्नु। यदि युद्धमा जानु छ भने असल मार्गदर्शन लिनु। |
19. | अर्काको गोप्यनीय कुराहरू भन्ने मानिसलाई भरोसा गर्न सकिँदैन। यसर्थ धेरै बोल्ने मानिसबाट जोगिएर बस। |
20. | यदि कुनै मानिसले आफ्ना आमा-बाबुलाई सराप्छ भने उसको बत्ती राती अन्धकारको बीचमा निभ्ने छ। |
21. | यदि तिमी सित भएको सम्पत्ति तिमीले छिटो छिटो र सजिलै हासिल गरेको भए यो अन्तमा आशिषपूर्ण हुनेछैन। |
22. | यसो नभन, “म दुष्टको बदला लिनेछु।” परमप्रभुको निम्ति पर्ख अनि उहाँले तिम्रो रक्षा गर्नु हुनेछ। |
23. | परमप्रभुले गलत तौललाई घृणा गर्नु हुन्छ अनि झूटा तराजूहरू असल होइनन्। |
24. | मानिसले चाल्ने प्रत्येक कदम नै परमप्रभुले तोक्नु हुन्छ। तब मानिस कसरी जान्दछ कि उसको जीवनमा के परी आँउछ। |
25. | परमप्रभुलाई भाकल गर्न अघि नै सोचेर भाकल गर्नु, पछि पछुताउनु नपरोस कि “मैले यस्तो भाकल नगर्नु पर्ने रहेछ।” |
26. | एकजना ज्ञानी राजाले दूष्टहरूलाई भूस निफाने झैं गरी छुट्टायाउनछन् अनि तिनीहरूलाई सजाय दिन्छन्। |
27. | एकजना मानिसको आत्मा परमप्रभुको दियो हो जसले उसको आत्माको गहिराई देखाउछ। |
28. | यदि राजा विश्वासी र सत्यवादी छन् भने, उसले शक्ति सुरक्षित राख्नु सक्छन्। उसको विश्वासनीयताले उसको राज्य बलियो राख्ने छ। |
29. | एकजना जवान मानिसको गौरव उसको बल हो, अनि एउटा बूढो मानिसको गौरव उसको फूलेको केश हो। |
30. | कुटाइले चोट पुर्याउ र खराबी हटाउँछ अनि मुक्कारहरूले भित्रि जीवलाई सफा गर्छ। |
← Proverbs (20/31) → |