← Proverbs (19/31) → |
1. | कुटिलता पूर्ण प्रयोग गर्ने मूर्ख भन्दा निष्कलंक गरीब असल हो। |
2. | बिनाज्ञान उत्साहीत हुनु राम्रो होइन। यदि तिमी धेरै हतार गर्छौ भने विराउने छौ। |
3. | मानिसले आफ्नै भूलले आफ्नो जीवन नष्ट पार्छ, तर त्यसको दोष परमप्रभुलाई लगाउँछ। |
4. | धनले धेरै मित्रहरू बनाउँछ, तर गरीबलाई आफ्नै भित्रले पनि त्यागि दिन्छ। |
5. | झूटो गवाहीले सजाय पाउँछ नै अनि जुन मानिस झूटो बोलिरहन्छ त्यो बाँच्नु सक्तैन। |
6. | धेरै मानिसहरूले शासकको निगाह खोजछन् अनि प्रत्येकले उदार मानिसको साथी बन्न चाहन्छ। अनि असल मानिसको मित्र हुन चाहन्छ। |
7. | गरीब मानिस सित आफन्तहरू पनि टक्टकिन्छन्। साथी भाइहरू पनि त्यस गरीब मानिस देखि पर-पर बस्न चाहन्छन्। उसले जति नै बिन्ति गरोस् कसैले सहायता गर्दैन। |
8. | बुद्धि प्राप्त गर्नेले आफ्नै जीवनलाई माया गर्छ। जसले आफ्नो समझ शक्ति बढाउँछ ऊ सधैं उन्नति गरिरहन्छ। |
9. | एकजना झूटो गवाही दिनेलाई दण्ड दिइने छ। जसले झूटो बोल्छ त्यो ध्वंश हुनेछ। |
10. | मूर्ख धनी हुनुहुँदैन यस्तै प्रकार एकजना नोकरले राजकुमारमाथि शासन गर्नु हुँदैन। |
11. | ज्ञानी मानिस रिसाउनमा ढिलो हुन्छ अनि गल्ती गर्नेलाई क्षमा दिनु उसको यशको लागि राम्रो हुन्छ। |
12. | राजाको क्रोध सिंहको गर्जन जस्तो हो, अनि उसको निगाह घाँसमा परेको शीतको थोपा जस्तो हो। |
13. | मूर्ख छोरो बाबुको लागि विनाशको बाढी हो, अनि झगडालु पत्नी नित्त्य पानी चुहुने घर जस्तै हो। |
14. | धन सम्पत्ति तथा घर आफ्नो आमा-बाबुबाट पाइन्छ, तर विवेकशील पत्नी चाहिँ परमप्रभुबाट आउँछे। |
15. | अल्छीपनले गहिरो निद्रा लगाँउछ, अनि अल्छी मानिस भोक भोकै रहन्छ। |
16. | जसले कानून मानेर चल्छ उसको जीवन सुरक्षित हुन्छ, तर जसले आफूले के गर्यो त्यसको विषयमा वास्ता गर्दैन भने त्यो मर्नेछ। |
17. | गरीब माथि दया गर्नु परमप्रभुलाई सापट दिनु हो। अनि परमप्रभुले उसलाई र्फिता तिर्नु हुनेछ। |
18. | सुध्रिने आशा अझै छ भने तिम्रो छोरालाई शिक्षा देऊ नत्र भने तिमीले उसको मृत्युको लागि सहयोग गरेका हुनेछौ। |
19. | यदि कसैलाई सजिलै रीस उठ्छ भने, उसले त्यसको मूल्य चुकाउनु पर्छ। यदि तिमी उसलाई बचाउँछौ भने उसले त्यो गल्ती दोहर्याइरहन्छ। |
20. | उपदेश सुन अनि अनुशासीत भई बस। यस प्रकार अन्त्यमा तिमी ज्ञानी हुनेछौ। |
21. | मानिसले हृदयमा अनेकौं कुराहरू गर्न भनी सोच्छ, त्यही हुन्छ जो परमेश्वरले चाहनु हुन्छ। |
22. | विश्वासले मानिसलाई आनन्दायक बनाउँछ, यसकारण झूट हुनु भन्दा गरीब हुनु नै असल हो। |
23. | परमप्रभु प्रतिको डरले जीवन दिन्छ र व्याक्तिका आवश्यकताहरू पूरा हुन्छन अनि दुःखले उसलाई छुन सक्दैन। |
24. | एकजना अल्छेले उसको हात भाडा भित्र हाल्छ, तर उसले त्यसलाई उठाएर आफ्नो मुखमा पुर्याउँदैन्। |
25. | मूर्खलाई सजाय देऊ ताकि अनुभव नभएकाहरू विवेकशील होउन्। |
26. | जसले आफ्नो बाबुलाई नराम्रो व्यवहार गर्छ, अनि आफ्नो आमालाई टाढा खेद्छ ऊ लाजमर्दो कलंकित छोरा हो। |
27. | हे मेरो छोरो, यदि तिमीले अनुशासनलाई ध्यान दिन छाड्यौ भने तिमी ज्ञानी वचनहरूबाट पनि टाढिन्छौ। |
28. | झूटो गवाहीले न्यायको खिल्ली उडाउँछ। दुष्ट मानिसहरू द्वारा भनेका कुराहरूले अझ दुष्टता मात्र बढाउँछ। |
29. | जसले आफैंलाई अरू भन्दा असल सम्झन्छ उसले सजाय भोग्नु पर्छ। त्यस्तो मूर्खहरूले कुटाई भेट्छन्। |
← Proverbs (19/31) → |