← Proverbs (18/31) → |
1. | एक्ले बस्ने मानिसले उसका आफ्नै स्वार्थी इच्छाहरू पूरा गर्न खोज्छ। उसले विवेकपूर्ण सल्लाहलाई गिल्ला गर्छ। |
2. | मूर्ख मानिसले अर्काको अर्ति सुन्न रूचाउँदैन। त्यस्तो मानिसले उसको आफ्नै मात्र विचार व्यक्त गर्न चहान्छ। |
3. | जब दुष्टता आउँछ, तब घृणा पनि आउँछ, अनि अपमानसित बदनाम आउँछ। |
4. | मानिसका बचनहरू गहिरो पानी झैं हुन्, ज्ञानको स्रोत एउटा बेग्ले बग्ने झरना झैं हो। |
5. | एकजना दोषी मानिसको पक्ष लिएर निर्दोष मानिसलाई अन्याय गर्नु अत्यन्तै अनुचित हो। |
6. | मूर्खहरूको ओंठहरूले बहस ल्याउँछ उसको मुखले थप्पड खोज्छ। |
7. | मूर्खको मुखले उस माथि विपत्ति ल्याउँछ, उसको ओठहरू एउटा पासो जस्तै हो उसको आफ्नै जीवनलाई समात्छ। |
8. | मानिसहरू सधैं बदनाम गराउने झूटा कुराहरूले बहकाउने मानसिको मुखबाट सुन्न मन पराउँछन, अनि त्यस्ता कुराहरू मीठो भोजन झैं पेट भित्र जान्छन्। |
9. | यो निश्चय हो कि जसले आफ्नो काम अल्छी गरि गर्छ, त्यो सर्वनाश गर्नेको भाइ जत्ति कै हो। |
10. | परमप्रभुको नाम एउटा दृढ किल्ला झैं हो, धर्मीहरू यसभित्र कुद्छन् र सुरक्षित रहन्छन्। |
11. | एकजना धनी मानिसको सम्पत्ति उसको निम्ति बलियो किल्ला झैं हो, उसले यसलाई अग्लो पर्खाल जस्तो सम्झिन्छ। |
12. | मानिसको पतन हुनु अघि उसको मनमा अहंकार आउँछ तर नम्रता आदरको अघि आउँछ। |
13. | जसले कुरा सुन्न अघि उत्तर दिन्छ ऊ झमेला गराउँने मूर्ख हो। |
14. | जब मानिस बिमारी हुन्छ उसको आत्माले उसलाई बीमार सहने शक्ति दिन्छ, तर चोट लगेको आत्मालाई कसले सहन सक्छ? |
15. | एकजना विवेकशीलले मानिसले सधैं केही चीज सिक्न चाहँन्छ। एउटा ज्ञानी मानिसले ज्ञान लिन ध्यान दिएर सुन्छ। |
16. | उपहारले एकजना मानिसको निम्ति ढोका उर्घाछ, अनि त्यो मानिस महापुरूषहरूको सामुन्ने पुग्न सक्छ। |
17. | आफ्नो मुद्दाको बारेमा बोल्ने पहिलो मानिस, अर्को मानिसबाट केरकार नहुञ्जेलसम्म सही जस्तो लाग्छ। |
18. | गोला हालेर झगडा मोटिन्छ अनि शक्तिशाली प्रति-द्वन्द्विहरूलाई छुट्टाइन्छ। |
19. | यदि साथीलाई अपमान गरेर उसलाई मनाउनु एउटा बलियो पर्खालले घेरिएको शहरलाई कब्जा गर्नु भन्दा गाह्रो पर्छ। |
20. | आफ्नो मुखको फलले मानिसले पेट भर्छ, जे उसको ओठले उत्पन्न गर्छ त्यसमा ऊ सन्तुष्ट हुन्छ। |
21. | आफैंले बोलेको शब्दहरूले आफैंलाई जीवन अथवा मृत्यु बोलाइ दिन्छ। यसर्थ बोल्नु मन पराउने मानिसले आफूले बोलेको शब्दहरूले के ल्याँउछ स्वीकार्नु तत्पर रहनु पर्छ। |
22. | जसले पत्नी भेटूछ उसले उत्तम कुरो भेटूयो। परमप्रभुबाट उसले अनुग्रह प्राप्त गरेको छ। |
23. | गरीब मानिसहरूलाई दयाको भिक्षा चाहिन्छ तर धनी मानिसहरूले खस्रो जवाफ दिन्छन्। |
24. | धेरै मित्रहरू भएको मानिसले आफैंलाई हानी गर्छ, तर कुनै भित्र यस्तो पनि हुन्छ जो आफ्नै दाज्युभाई भन्दा पनि विश्वासीहुन्छ। |
← Proverbs (18/31) → |