← Proverbs (16/31) → |
1. | मानिसले भन्न चाहन्छ त्यो आफूले निर्णय गर्छ तर त्यो कुरा व्यक्त गर्नु चाहिने ठीक शब्दहरू चुन्नमा ऊ परमप्रभुमा भर पर्छ। |
2. | मानिसले सोच्छ कि उसले गरेको प्रत्येक कुराहरू सही हो तर परमप्रभुले उसका अभिप्रायहरू जाँच्नु हुन्छ। |
3. | तिनीले जे सुकै गर त्यसलाई परमप्रभुमा सुम्पिदेऊ, अनि तिम्रो योजना सफल हुनेछ। |
4. | परमप्रभुको प्रत्येक वस्तुको लागि आफ्नो उद्देश्यमूलक योजनाले रच्नु भएको हो, दुष्ट मानिसहरूलाई पनि उहाँले तिनीहरूको विपत्तिको योजना गर्नु भएको छ। |
5. | जुन मानिसले आफूलाई अरू भन्दा असल सम्झन्छ त्यसलाई परमप्रभुले घृणा गर्नु हुन्छ। निसंन्देह त्यस्तो घमण्डी मानिसलाई उहाँले दण्ड दिनु हुन्छ। |
6. | राज भक्ति अनि विश्वासयोग्यताले दोषलाई मेटिदिन्छ। अनि परमप्रभु प्रतिको सम्मानले विपत्तिबाट बचाउँछ। |
7. | परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बस्ने बनाउनु हुन्छ। |
8. | बेइमानीको माध्यमबाट पाएको ठूलो लाभ भन्दा, धार्मिकताबाट कामाएको थोरै धन उत्तम हो। |
9. | हृदयमा मानिसले आफ्नो मार्ग ठीक पार्छ तर परमप्रभुले उसको गोडाहरूलाई मार्ग दर्शन गराउनु हुन्छ। |
10. | राजाले बोलेको नै नियम बन्दछ, यसर्थ उसले न्यायसंगत बोल्नु पर्छ। |
11. | सही तराजु र नाप परमप्रभु सित सम्बन्धित रहन्छन्। उहाँ चाहानु हुन्छ, कि सबै व्यवसाय-धन्धाहरू न्याय पूर्वक रहुन्। |
12. | राजाले दुष्ट्याई गर्नु घृणीत हो किनभने धार्मीकताद्वारा सिंहासन सबल हुन्छ। |
13. | साँचो कुरा सुन्न मन पराउँने राजाहरूले ईमानदारीसंग बोल्ने मानिसहरूलाई मन पराउँछन्। |
14. | जब राजा क्रोधित हुन्छ उसले कसैलाई पनि मार्न सक्छ तर ज्ञानी मानिसले उसलाई शान्त गराउँन सक्छ। |
15. | राजा खुशी भए प्रत्येकको जीवन राम्रो हुन्छ। जब राजा तिमी सित खुशी हुन्छ, तब वसन्त ऋतुमा बादलबाट पानी परे झैं हुन्छ। |
16. | ज्ञान प्राप्त गर्नु सुन भन्दा असल हो! समझशक्तिलाई प्राप्त गर्नु चाँदी भन्दा असल हो। |
17. | धर्मी मानिसहरूको बाटोले दुर्भाग्यलाई त्याग्छ, आत्मालाई जोगाउँन चाहने मानिसले ऊ कहाँ जान्छ त्यसको ख्याल गर्नु पर्छ। |
18. | सर्वनाश भन्दा अघि अहंकार आँउछ, अनि घमण्ड अपमानको अघि आउँछ। |
19. | अहंकारी मानिससित लूटको धन बाँडनु भन्दा नम्र भएर गरीब मानिससित नम्र झैं बस्नु असल हो। |
20. | मानिसहरूले उपदेश दिंदा जसले सुन्छ त्यो मानिसलाई लाभ हुन्छ, अनि जसले परमप्रभु माथि भरोसा गर्छ त्यो धन्य हुन्छ। |
21. | ज्ञानी हृदय भएको मानिसलाई विवेकशील मानिस भनिन्छ, अनि कर्णमधु शब्दले ज्ञान बढाउछ। |
22. | तीब्र-बुद्धि भएको मानिसलाई बुद्धि जीवनको मूल हुन्छ, तर मूर्खहरूलाई तिनीहरूको मूर्खताले नै दण्ड भोगाउँछ। |
23. | बुद्धिमानको हृदयले आफ्नो बोलीमा नियन्त्रण ल्याउँछ, र उसको ओठले शिक्षा बढाउँछन्। |
24. | आनन्दयाक बोली मह झैं हुन्छ, यसले आत्मामा आनन्द दिन्छ यसले शरीरमा चंगाई ल्याउँछ। |
25. | कहिले कही यस्तो लाग्छ कि बाटो सही छ, तर अन्त्यमा त्यस बाटोले मृत्यु तिर पुर्याउँछ। |
26. | परिश्रमी मानिसहरूलाई उसको भोकले नै काम गराई राख्छ। उसको भोकले उसलाई काम गराउँछ ताकि उसले खान पाओस्। |
27. | एकजना बेकाम्मा मानिसले दुष्ट योजना बनाउँछ अनि उसको उपदेशलाई आगोले झैं ध्वंश पारी दिन्छ। |
28. | एकजना झगडालु मानिसले सधैं बहसहरू सृजना गर्छ, अनि एकजना निन्दा गर्नेले घनिष्ट मित्रहरू बीच लडाइँ गराउँछ। |
29. | एकजना उपद्रवी मानिसले उसको छिमेकिलाई ठग्छ। उसले आफ्नो मित्रलाई अनुचित बाटोमा डोर्याउँछ। |
30. | जब मानिस हाँस्दै एउटा आँख झिम्क्याउँछ भने, उसले नराम्रो योजना बनाएको हुन्छ। अर्कालाई विगार्न आफू मुस्कुराउँदै काम गर्ने मानिस हुन्छ। |
31. | फूलेको केश इमान्दार जीवन जीउने मानिसहरूको गरीमाको मुकुट हुन्छ। |
32. | मानिस धैर्यवान् हुनु लडाकु योद्धा भन्दा पनि उत्तम हो, जसले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्छ, त्यो नगर जित्ने मानिस भन्दा पनि राम्रो मानिस हो। |
33. | चिट्ठा, मानिसहरू द्वारा फ्याँकिन्छ तर त्यसको निर्णय परमप्रभुले गर्नु हुन्छ। |
← Proverbs (16/31) → |