← Proverbs (15/31) → |
1. | नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ। |
2. | ज्ञानीको जिब्रोले ज्ञानलाई आनन्दप्रद बनाउँछ, अनि मूर्खको मुखबाट खाली मूर्खता नै बाहिरिन्छ। |
3. | परमप्रभुको नजर प्रत्येक कुनामा पुगेको हुन्छ। उहाँ खराब असल देखिरहनु भएको हुन्छ। |
4. | जुन वचनले मनको घाउ शान्ति पार्छ त्यो जीवन बृक्ष हो, तर छलपूर्ण वचनले आत्मालाई आघात पुर्याउँछ। |
5. | मूर्खले आफ्नो बाबुले दिएको सजायलाई हेला गर्छ, तर जसले सुधारका कुरालाई ध्यान दिएर सुन्छ ऊ ज्ञानी हुनेछ। |
6. | धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुष्ट मानिसको कमाइले कष्ट मात्र निम्तियाँछ। |
7. | बुद्धिमानीको वचनले ज्ञान फैलाउँछन् तर मूर्ख हृदयले त्यस्तो काम गर्दैन। |
8. | एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ। |
9. | दुष्ट मानिसको मार्गलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर जो मानिस न्यायीक र इमान्दारी हुन संघर्ष गर्छ, त्यसलाई उहाँले प्रेम गर्नु हुन्छ। |
10. | जुन मानिसले सही मार्ग अपनाउँदैन उसलाई कठोर सजायले अपेक्षा गरिरहेको हुन्छ, अनि जसले सुधारलाई घृणा गर्छ त्यो निश्चय नै मर्छ। |
11. | परमप्रभुले प्रत्येक कुरा जान्नु हुन्छ, मृत्युको संसार नै उहाँको सामुन्ने रहेकोछ। यसर्थ मानिसको हृदयमा के छ उहाँ सबै जान्नु हुन्छ। |
12. | मूर्खले उसलाई कसैले सुधारेको मन पराउँदैन। यसर्थ त्यो बुद्धिमान मानिसबाट सल्लाह लिन जाँदैन। |
13. | एउटा खुशी हृदयले अनुहारमा उज्यालो झल्यकाई दिन्छ, तर कसैको हृदयको शोकले आत्मालाई दुःखी र खिन्न बनाउँछ। |
14. | विवेकशील हृदयले अझ ज्ञान पाउने चेष्टा गर्छ, तर मूर्खले खाली मूर्खता मात्र खोजि रहन्छ। |
15. | गरीब मानिसहरूको समय सधैं दुःखमय हुन्छ, तर सुखी हृदय लगातार उत्सव जस्तै सुखमय हुन्छ। |
16. | धेरै धन हुनु र त्ययसबाट दुःख पाउनु भन्दा थोरै हुनु तर परमप्रभुलाई सत्कार गर्नु उत्तम हो। |
17. | घृणाले भरिएको ठाउँमा धेरै खानु भन्दा, प्रेमले भरिएको ठाउँमा अलिकति खानु उत्तम हो। |
18. | एउटा क्रोधित मानिसले झगडा मच्चाउँछ तर सहनशील मानिसले झगडालाई शान्त गराउँछ। |
19. | एकजना अल्छे मानिसको मार्ग, काढाहरूले भरिएको हुन्छ, तर ईमानदार मानिसको मार्ग फराकिलो बाटो झैं हुन्छ। |
20. | एक बुद्धिमानी छोरोले बाबुको निम्ति खुशीयाली ल्याउँछ भने, मूर्ख छोरोले उसको आमालाई हेला गर्छ। |
21. | मूर्खलाई दुष्ट कामले खुशी तुल्याँउछ। तर ज्ञानी मानिसले के सही हो त्यो गर्छ। |
22. | चाँहिदो परामर्श नपाएर एकजना मानिस आफ्नो योजनामा विफल हुन सक्छ, तर धेरै परामर्शदाताहरूको सल्लाहले ऊ आफ्नो योजनामा सफल हुन सक्छ। |
23. | सही जवाफ दिन सके मानिस खुशी हुन्छ, र ठीक समयमा सही जवाफ अत्यन्तै राम्रो हो। |
24. | बुद्धिमान मानिसले गरेको कामले उसलाई यस पृथ्वीमा जीवन दिन्छ अनि मृत्यु स्थानतिर जान रोक्छ। |
25. | अहंकारीको घर परमप्रभुले भताभुङ्ग पारिदिनुहुन्छ भने, विधवाको साँध-सीमानमा उहाँले सुरक्षित राखि दिनु हुन्छ। |
26. | दुष्ट मानिसहरूको विचारलाई परमप्रभु घृणा गर्नु हुन्छ तर उहाँले शुद्ध मानिसहरूको विचार सँग खुशी हुनु हुन्छ। |
27. | लोभी मानिसले आफ्नै घरमा आफ्द बोलाउँछ, तर त्यो मानिस बाँची रहन्छ जसले घूसलाई घृणा गर्छ। |
28. | एउटा धर्मी मानिसले प्रत्येक शब्द तौलँदै भन्छ। तर दुष्ट मानिसहरूको मुखबाट दुष्ट कुराहरू निस्कन्छन्। |
29. | परमप्रभु दुष्ट मानिसबाट टाढा बस्नु हुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्नु हुन्छ। |
30. | एउटा उज्यालो अनुहारको हेराइले मनलाई खुशी पार्छ, अनि शुभ समाचारले हड्डी भित्र पनि खुशी संचार गर्छ। |
31. | जसले जीवनदायी झपेडाईको अवहेलना गर्दैन, ऊ बुद्धिमान मानिसहरूको बीचमा बस्नेछ। |
32. | जुन मानिसले अनुशासनलाई अस्वीकार गर्छ उसले आफ्नो जीवनमा कष्ट ल्याउँछ, तर जसले हप्काइलाई स्वीकार गर्छ उसले समझशक्ति पाँउछ। |
33. | परमप्रभुको डरले मानिसमा बुद्धि सिकाउँछ। आदर पाउँनु भन्दा अघि नम्रता आउँछ। |
← Proverbs (15/31) → |