← Proverbs (13/31) → |
1. | एक ज्ञानी छोरोले आफ्नो बाबुको कुरा राम्ररी सुन्छ, तर घमण्डी मानिसले हप्काइलाई ग्रहण गर्दैन। |
2. | तिनीहरूले भनेका कुराहरूको लागि असल मानिसहरू पुरस्कृत हुन्छन्, तर दुष्ट मानिस सधैं खराब काम मात्र गर्न चाहान्छन्। |
3. | एकजना मानिस जसले आफ्नो मुखलाई काबुमा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ। तर जो मानिस केही नसम्झी अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैंमाथि विपत्ति र विनाश ल्याउँछ। |
4. | अल्छे मानिसको धेरै चाहनहरू हुन्छन् तर उसले केही पाउँदैन तर परिश्रमी मानिस सँग उसले चाहे भन्दा ज्यादा चीज हुन्छ। |
5. | धर्मी मानिसहरूले झूटलाई घृणा गर्छन्। तर दुष्ट मानिसहरूले शर्मलाग्दो अनि बेइज्जतीपूर्ण व्यवहार गर्छन्। |
6. | इमान्दरिताले निर्दोषहरूको रक्षा गर्छ, तर दुष्टताले पापीहरूलाई नष्ट पार्छ। |
7. | यस्ता मानिसहरू छन् जो धनी छौ भनी बहाना गर्छ, तर उनीहरूसँग केही पनि हुँदैन, अनि यस्ता मानिसहरू छन् जो गरिब भएको वहान गर्छन् तर उनीहरूसँग धेरै सम्पत्ति हुन्छ। |
8. | धनी मानिसले आफ्नो ज्यान जोगाउनुलाई धेरै धन खर्च गर्ला, तर गरीब मानिसलाई त्यस्तो अवस्था कतै आइलाग्दैन। |
9. | एकजना धर्मी मानिस उज्यालोमा चम्कने दीप जस्तै हो तर दुष्ट मानिस प्रकाश नभएको दीप जस्तै हो। |
10. | घमण्डले झगडा मात्र बढाउँछ, तर जो मानिस नम्रतापूर्वक अरूको उपदेश सुन्छ त्यो ज्ञानी हुन्छ। |
11. | यदि कसैले पैसा ठग्छ भने उसको पैसा चाँडै शेष हुन्छ, तर जसले आफ्नो परिश्रमले एक-एक पैसा गर्दै कमाउँछ उसको धन बढेर जान्छ। |
12. | पूरा नभएको र स्थगित रहेको आशाले मन दुःखित बनाउँछ, तर इच्छा पूरा हुनु एउटा जीवनको वृक्ष जस्तो हो। |
13. | मानिस जसले अर्तीलाई आदर गर्दैन उसले आफैंमा दुःख ल्याउँछ, तर जसले आज्ञालाई आदर गर्छ ऊ पुरस्कृत हुनेछ। |
14. | बुद्धिमानी मानिसको शिक्षा जीवनको मूल हो, यसले मानिसहरूलाई मृत्युको पासोबाट फर्काउँछ। |
15. | बुद्धिमानीले दया पाउछ तर बेईमानको बाटो तिनीहरूको नाश हो। |
16. | प्रत्येक समझदार मानिसले आफ्नो ज्ञानद्वारा कर्म गर्छ। तर मूर्खले भने आफ्नो मूर्खता मात्र प्रदर्शन गर्छ। |
17. | सन्देशवाहक अविश्वासनीय छ भने त्यसले कष्ट उब्जाउँछ, तर त्यही सन्देशवाहक विश्वासी भए उसले शान्ति ल्याउँछ। |
18. | जसले अर्तीलाई ध्यान दिदैन उसले लाज र दरिद्रताको सामना गर्नु पर्छ। तर जसले शिक्षालाई स्वीकार्छ उसले सम्मान पाउँछ। |
19. | यदि कुनै मानिसले उसले चाहेको केही चिज पाउँछ भने ऊ आनन्दित हुन्छ। तर मूर्खहरू दुष्टता र खराब कर्महरूबाट फर्कन घृणा गर्छन्। |
20. | जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु;ख पाउँछ। |
21. | पापीहरू जहाँ गए पनि कष्टले पछ्याउँछ, तर असल चिजहरू धर्मी मानिसहरूको लागि एउटा इनाम को रूपमा आउँछन्। |
22. | इमान्दार तथा सज्जन मानिसले आफ्नो छोरा तथा नाति-नातिनाहरूको लागि सम्पत्ति छोडेर जान्छ, तर एउटा पापीले संचय गरेको समपत्ति धर्मीको हुन्छ। |
23. | गरीब मानिसले आफ्नो खेतबाट प्रशस्त बाली उब्जाउन सक्छ तर जब त्यहाँ न्याय हुँदैन भने त्यो बाली खोसिन्छ। |
24. | जुन मानिसले आफ्नो छोरा-छोरीलाई सजाय दिंदैन उसले तिनीहरूलाई माया पनि गर्दैन, तर जुन मानिसले आफ्नो छोरालाई प्रेम गर्छ उसलाई अनुशासनमा राख्छ। |
25. | एकजना धर्मी मानिसको प्रचुर मात्रमा खाने कुरा हुन्छ, तर दुष्ट मानिसहरूको पेट भर्न प्रयाप्त खाने कुरा हुँदैन। |
← Proverbs (13/31) → |