| ← Numbers (26/36) → |
| 1. | त्यो डरलाग्दो महामारी पछि परमप्रभुले मोशा र पूजाहारी हारूनको छोरो एलाजारलाई भन्नुभयो, |
| 2. | “सम्पूर्ण इस्राएली मानिसहरूको समुदायमा जो बीस वर्ष अथवा वेशी उमेरका छन्। तिनीहरूलाई गन र तिनीहरूलाई लडाँईमा जान उपयुक्त हुने परिवार अनुसार सूची बनाऊ।” |
| 3. | यसकारण मोशा र पूजाहारी एलाजारले तिनीहरूसित यरीहोको पारी यर्दन नदीको नजिक मोआबको मैदानमा कुरा गरे। “तिनीहरूले भने, |
| 4. | “इस्राएलका सबै मानिसहरू जो बीस वर्ष भन्दा माथिको छ सबैको गन्ती गर, परमप्रभुले मोशा र इस्राएलीहरूलाई आज्ञा गर्नु भए जस्तो जो मिश्रबाट बाहिर आए।” |
| 5. | रूबेन इस्राएलको जेठो छोरो हो। रूबेनका सन्तान यस प्रकारले छन्; हनोकबाट हनोकीहरूको कुलसमूह, पल्लूबाट पल्लूईहरूको कुल समूह, |
| 6. | हिस्रोनबाट हिस्रोनीहरूको कुलसमूह, कर्मीबाट कर्मीहरूको कुल समूह। |
| 7. | रूबेनहरूका कुलका कुलसमूह यिनीहरू नै थिए। मानिसहरूको जन संख्या 43,730 थियो। |
| 8. | पल्लूका छोरो एलीआब थिए। |
| 9. | एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन् जसलाई समुदायबाट चुने अनि तिनीहरू नै मोशा र हारूनको विरोधमा गए। जब तिनीहरूले परमप्रभुको विरोध गरे दातान र अबीराम कोरहको अनुयायीहरूको वीचमा थिए। |
| 10. | अनि पृथ्वी र्चकिएर मुख बायो अनि कोरह र तिनीहरूलाई निल्यो। जब कोरहको अनुयायीहरू मरे अनि जब 250 जना मानिसहरूलाई आगोले भस्म पार्यो मानिसहरूलाई चेतावनीको निम्ति एउटा दृष्टान्त भयो। |
| 11. | तर कोरहका छोराहरू मरेनन्। |
| 12. | कुलसमूह अनुसार शिमोनको सन्तानहरू यी नै हुन्; नमूएलबाट नमूएलको कुलसमूह, यामीनबाट यामीनीहरूको कुलसमूह, याकीनबाट याकीनीको कुलसमूह, |
| 13. | जेरहबाट जेरहीहरूको कुलसमूह, शाऊलबाट शाऊलहीहरूको कुलसमूह, |
| 14. | शिमोनहरूका कुलका कुलसमूहहरू यी नै थिए। तिनीहरूमा जम्मा 22,200 मानिसहरू थिए। |
| 15. | तिनीहरूको कुलसमूह अनुसार गादको कुलसमूह यस प्रकारको थियोः सपोनबाट सपोनीहरूको कुलसमूह, हाग्गैबाट हाग्गैहरूको कुलसमूह, शूनीबाट शूनीहरूको कुलसमूह, |
| 16. | ओजनीबाट ओजनीहरूको कुलसमूह, एरीबाट एरीहरूको कुलसमूह, |
| 17. | अरोदाबाट अरोदाहरूको कुलसमूह अरेलीबाट अरेलीहरूको कुलसमूह भए। |
| 18. | गादाहरूको कुलका कुलसमूहहरू यस प्रकारका थिए र तिनीहरूको जन संख्या 40, 500 थियो। |
| 21. | पेरेसका सन्तानहरू यस प्रकारका थिएः हेस्रोनबाट हेस्रोनीहरूको कुलसमूह, हमूलबाट हामूलीहरूको कुलसमूह। |
| 22. | यहूदाको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जम्मा जन-संख्या 76,500 थियो। |
| 23. | तिनीहरूको कुलसमूह अनुसार इस्साकारको सन्तान यस प्रकारको थियोः तोलाबाट तोलाहीहरूको कुलसमूह, पुव्वाबाट पुव्वाहीहरूको कुलसमूह। |
| 24. | याशूबबाट याशूबीहरूको कुलसमूह, हिम्रोनबाट हिम्रोनीहरूको कुलसमूह। |
| 25. | इस्साकारको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या 64,300 थियो। |
| 26. | तिनीहरूको कुलसमूह अनुसार जबूलूनको सन्तान यस प्रकारको थियोः सेरेदबाट सेरेदीहरूको कुलसमूह, एलोनबाट एलोनीहरूको कुलसमूह, यहलेलबाट यहेलेलीको कुलसमूह भए। |
| 27. | जबूलूनको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या 60,500 थियो। |
| 28. | यूसुफका मनश्शे र एप्रैम नाम गरेका दुई जना छोराहरू थिए। |
| 29. | मनश्शेबाट भएका सन्तानहरू यिनीहरू नै हुन् माकीरबाट माकीरी कुलसमूह, (माकीर गिलादका बाबु थिए) गिलादबाट गिलादीहरूको कुलसमूह, |
| 30. | गिलादबाट भएका सन्तानहरूः ईएजरेबाट ईएजेरीहरूको कुलसमूह, हेलेकबाट हेलेकीहरूको कुलसमूह, |
| 31. | अस्त्रीएलबाट अस्त्रीलीहरूको कुलसमूह, शेकेमबाट शेकेमीहरूको कुलसमूह, |
| 32. | शमीदाबाट शमीदीहरूको कुलसमूह, हपेरबाट हेपेरीहरूको कुलसमूह |
| 33. | सलोफाहद हेपेरका छोरो थिए। यिनीबाट कुनै छोरो जन्मेन तर छोरीहरू मात्रै जन्मे। शलोफाहदका छोरीहरू थिए महला, नोआ, होग्लाह, मिल्का अनि तिर्सा। |
| 34. | मनश्शेको कुलको कुलसमूहहरू यस प्रकारको छ। तिनीहरूको जन संख्या 52,700 थियो। |
| 35. | एप्रैमको कुलसमूह यस प्रकार छः शूतेलहबाट शूतेलहीहरूको कुलसमूह, बेकेरबाट बेकेरीहरूको कुलसमूह, तहनबाट तहनीहरूको कुलसमूह। |
| 36. | शूतेलहका कुलसमूह यस प्रकारका थिएः एरानबाट एरानीहरूको कुलसमूह। |
| 37. | एप्रैमको कुलका कुलसमूहहरू यस प्रकार थिए अनि तिनीहरू को जन-संख्या 32,500 थियो। यूसुफको कुल कुलसमूहहरू तिनीहरू नै हुन्। |
| 38. | बिन्यामीनका कुलसमूहहरू यिनीहरू हुन्; बेलाबाट बेलाही कुलसमूह, अशबेलबाट अशबेलिहरूको कुलसमूह, अहीरामबाट अहीरामीहरूको कुलसमूह, |
| 39. | शूपामबाट शपामीहरूको कुलसमूह हूपामबाट हुपामीहरूको कुलसमूह भए। |
| 40. | अर्द र नामन बेलाका छोराहरू हुन्; अर्दबाट अर्दीहरूको कुलसमूह, नामानबाट नामानीहरूको कुलसमूह भए। |
| 41. | बिन्यामीनको कुलका कुलसमूहहरू यिनीहरू नै थिए। तिनीहरूको जन-संख्या 45,600 थियो। |
| 42. | दानका कुलसमूह यिनीहरू हुन्; सूहामबाट शूहामीहरूको कुलसमूह |
| 43. | दानको कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि सबै सूहामीहरूको जन-संख्या 64,400 थियो। |
| 44. | आशेरको कुलसमूहहरू यस प्रकार थिएः यिम्नाहबाट यिम्नानीहरूको कुलसमूह, यिशवी बाट यिश्वीहरूको कुलसमूह, बेरीयहबाट बेरीयाहरूको कुलसमूह, |
| 45. | बेरीयाहबाट यी परिवारहरू थिएः हेबेरबाट हेबेरीहरूको कुलसमूह, मल्कीएलबाट मल्कीएहरूको कुलसमूह। |
| 46. | (आशेरको सेरह नाम गरकी छोरी थिई)। |
| 47. | कुलसमूह अनुसार आशेरकुलका यही कुलसमूहहरू थिए र तिनीहरूको जन-संख्या 53,400 थियो। |
| 48. | कुलसमूह अनुसार नप्तालीबाट यी कुलसमूहहरू थिएः यहसेलबाट यहसेलीहरूको कुलसमूह, गुनीबाट गुनीहरूको कुलसमूह |
| 49. | येसेरबाट येसेरीहरूको वशं शिल्लेमबाट शिल्लेमीहरूको कुलसमूह। |
| 50. | कुलसमूह अनुसार नप्ताली कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि यिनीहरूको जन-संख्या 45,400 थियो। |
| 51. | यसर्थ इस्राएली मानिसहरूको जन-संख्या 6,01,730 थियो। |
| 52. | परमप्रभुले मोशालाई भन्नुभयो, |
| 53. | “यी मानिसहरू माझ भूमि वितरण गरिन्छ र तिनीहरूलाई दिइन्छ। यसरी ती सबै गन्तीमा परेका मानिसहरू प्रत्येकले प्रशस्त भूमि पाउनेछन्। |
| 54. | ठूलो परिवारले धेरै र सानो परिवारले कम्ती गरी भूमि पाउनेछन्। तिनीहरूलाई दिइएको भूमि गन्ती गरिएका मानिसहरू बराबर हुनेछ। |
| 55. | तर कसले कुन इलाका पाउने हो त्यो चिठ्ठा द्वारा निर्णय गरिनेछ अनि आफ्ना पुर्खाका कुल अनुसार नाममा तिनीहरू आफ्नो इलाका निर्धारित हुनेछ। |
| 56. | प्रत्येक कुल समूहको अंश चिठ्ठा द्वारा निर्धारण गरिनेछ।” |
| 57. | कुलसमूह अनुसार गन्ती गरिएका लेवीकुलका कुलसमूहहरू यिनीहरू नै हुन्। गेर्शोनबाट गेर्शोनीहरूको कुलसमूह कहातबाट कहातीहरूको कुलसमूह मरारीबाट मरारीहरूको कुलसमूह भए। |
| 58. | लेवी कुलको कुलसमूहहरू यी नै हुन्। लिब्नीहरूको कुलसमूह, हेब्रोनीहरूको कुलसमूह, महलीहरूको कुलसमूह, मूशीहरूको कोरहीहरूको कुलसमूह। कहात अम्रामका पिता थिए। |
| 59. | अम्रामकी पत्नीको नाम योकेबेद थियो अनि तिनी लेवी कुलसमूहकी थिइन्। तिनी मिश्रदेशमा लेवी कुलमा जन्मेकी थिइन्। अनि योकेबेल आम्रामका निम्ति, हारून, मोशा र मरियमलाई जन्माईन्। |
| 60. | हारून नादाब, अबीहू, एलाजार अनि इतामारका पिता थिए। |
| 61. | तर नादाब र अबीहू परमप्रभुको अघि अनुमति नभएको आगोमा बलि चढाएको कारणले मरे। |
| 62. | एक महीना र अधिक उमरेका पुरूष गन्दा लेवीहरूको संख्या 23,000 थियो। तिनीहरू मानिसहरूसित गनिएनन कारण तिनीहरूले इस्राएलका मानिसहरूसित भूमिमा अंश पाएनन्। |
| 63. | यी मानिसहरूको गन्ती मोशा र पूजाहारी एलाजारले गरेका थिए। मोशा र एलाजार पूजाहारीले इस्राएली मानिसहरूको गन्ती यरीहोको पारी यर्दन नदीको किनार मोआबको मैदानमा गरेका थिए। |
| 64. | धेरै दिन अघि सिनै मरूभूमिमा मोशा र हारूनले जुन इस्राएली मानिसहरूको गन्ती गरेका थिए तिनीहरू मरिसके अनि तिनीहरूमा कोही पनि जीवित थिएनन्। |
| 65. | किन? किनभने तिनीहरू मरूभूमिमा मर्छन भनी परमप्रभुले भन्नु भएको थियो। तिनीहरू मध्ये बाँचेकाहरू हुन् यपुन्नेको छोरो कालेब र नूनको छोरो यहोशू। |
| ← Numbers (26/36) → |