Micah (1/7) → |
1. | परमप्रभुको यो वचन मीकाकहाँ आयो। यो राजा याताम आहाज र हिजकियाहका समयमा भएको थियो। यी मानिसहरु यहूदाका राजाहरु थिए। मीका मोरेशेत बाट आएका थिए। मीकाले यो दर्शन सामरियार यरूशलेमको बिषयमा देखे। |
2. | हे जाति-जातिका मानिसहरु हो! तिमीहरु सबैले सुन, हे पृथ्वी र त्यसमा बस्ने मानिसहरु सुन। मेरो मालिक, परमप्रभु उहाँको पवित्र मन्दिरबाट आउँदै हुनुहुन्छ। मेरो मालिक तिमीहरुको बिरुद्धमा एकजना साक्षी भई आउँनु हुनेछ। |
3. | हेर, परमप्रभु आफ्नो वास स्थानबाट बाहिर जाँदै हुनुहुन्छ। उहाँ पृथ्वीको अग्लो ठाउँमा जानको निम्ति उभिएर तल आउँदै हुनुहुन्छ। |
4. | परमप्रभु परमेश्वरको चरणमुनि पर्वत पग्लेर जानेछ, जसरि आगोमा मैन पग्लन्छ, जसरी पहाडबाट पानी बगेर झर्छ। |
5. | यो किन भएकोछ? यस्तो भयो किनभने याकूबले पाप गरेको थियो। किनभने इस्रएलका कुल समुहले पाप गरेका थिए। याकूबको पाप के हो? यो सामरिया हो। यहूदाको अग्लो स्थान कुनहो? यो यरूशलेम हो। |
6. | यसकारण म सामरियालाई खाली मैदानमा भग्नावशेषको थुप्रोमा परिणत गरिदिनेछु। त्यो यस्तो स्थान हुनेछ जहाँ दाख रोपिनेछ। म सामरियाका ढुङ्गाहरुलाई बेंसीमा फालिदिनेछु र त्यसका जगहरु सतहमा पुर्याइदिनेछु। |
7. | म त्यसका मूर्तिहरु सबै टुक्रा-टुक्रा पारिदिनेछु। सबै धन जे त्यले कमाएको छ भस्म पारिदिनेछु र म तिनीहरुको झुटा देवताहरुको मुर्तिहरु सबै ध्वंश गरिदिनेछु, जबकि यी मूर्तिहरु वेश्याबृति मार्फत बनिएका थिए। ती मूर्तिहरु फेरि वेश्याहरुलाई नै तिर्न प्रयोग हुनेछन्। |
8. | म चाँडै बिनाशको बिषयमा शोकाकुल हुनेछु र म विलाप गर्नेछु। म खालि खुट्टा र नाङ्गै हिंड्नेछु। म स्याल जस्तै साह्रो कराउँनेछु र शतुरमुर्गा झैं विलाप गर्नेछु। |
9. | सामरियाको घाऊ निको हुनेछैन। त्यसको पाप यहूदा सम्म फैलनेछ। यो मेरा मानिसहरुको शहरको प्रवेसद्वार सम्म जानेछ, किनकि यो त यरूशलेम सम्म आपुगेको छ। |
10. | यो कुरा गातमा नभन। त्यसका निम्ति रूँदै नरोऊ, विलाप गर्दै बेत-लाप्रामा धुलोमा लडी-बडी गर। |
11. | हे शाफीरका वासिन्दाहरु हो, तिमीहरु आफ्नो बाटोमा नाङ्गो र लज्जित भएर जाऊ। ती मानिसहरु जो सानानको वासिन्दाहरु हुन् तिनीहरु बाहिर आउने छैनन्। बेतेसेलमा मानिसहरुको रूवाबासिले तिमीबाट सहाएता लिनेछन्। |
12. | मारोतका वासिन्दाहरुले केही राम्रो कुरा होस् भनी व्याकुलतापूर्वक पर्खिरहेकाछन्। किन? किनभने कष्ट परमप्रभुबाट यरूशलेमको मुलढोकामा आएकोछ। |
13. | हे लाकीशका वासिन्दाहरु हो! तिमीहरुले वेगवान घोडाहरु रथमा बाँध। सियोनको पाप रथहरुबाट नै शुरु भएको थियो। जसको मार्फत तिनीहरुले इस्राएलले गरे जस्तै पाप गरे। |
14. | यसकारण मोरशेत गातमा तिम्रो बिदाको सौगात तिमीले दिनु पर्नेछ। अकजीबाका घरहरुले इस्राएलका राजालाई धोका दिनेछन्। |
15. | हे मोरेशाका वासिन्दाहरु! तिनीहरुको बिरुद्ध म एक जना मानिस पठाऊनेछु जसले तिमीहरुबाट सबै चिजहरु खोस्नेछ। इस्रएलको महिमा अदुल्लाम सम्म आउनेछ। |
16. | यसकारण तिमीले आफ्नो केश काट, चिण्डे होऊ। किन? किनकि तिमी आफ्नो छोरा-छोरी जसलाई तिमी माया गर्छौ तिनीहरुका निम्ति रूँने छौ अनी तिम्रो शोक दर्शाउनको निम्ति एउटा गिद्ध झैं चिन्डे होऊ। किन? किनकि तिम्रो नानीहरुलाई कैदी झैं लगिनेछ। |
Micah (1/7) → |