← Mark (5/16) → |
1. | येशू र उहाँका चेलाहरू समूद्रको अर्को किनारतिर भएका गिरासिन मानिसहरूकहाँ जानूभयो। |
2. | जब येशू डुङ्गाबाट बाहिरिनु हुँदै थियो त्यसैबेला चिनहानबाट दुष्ट आत्मा लागेको एउटा मानिस उहाँलाई भेट्न आयो। |
3. | त्यो मानिस चिहानहरूमा बस्ने गर्दथ्यो। त्यसलाई कसैले अधीन गर्न सकेनन्, यतिसम्म कि साङ्लाले बाँधेर पनि, |
4. | धेरैपल्ट मानिसहरूले त्यसको हात र खुट्टाहरू साङ्लाले बाँधेर राख्ने चेष्टा गरे। तर त्यसले आफ्ना हात र खुट्टामा बाँधेका साङ्लाहरू चुँडाईदिन्थ्यो। त्यसलाई वशमा राख्न कसैको शक्ति थिएन। |
5. | रातदिन चिहानको वरिपरि र पहाडतिर त्यो मानिस डुलिरहन्थ्यो। त्यो चिच्याएर रून्थ्यो, अनि आफैले आफैलाई ढुंगाले काट्दै हिंडथ्यो। |
6. | जब येशू टाढामा हुनुहुन्थयो, त्यो मानिसले उहाँलाई देख्यो, त्यो येशूकहाँ दगूरेर आयो अनि उहाँका अघि निहुरियो। |
9. | त्यसपछि येशूले त्यस मानिसलाई सोध्नु भयो, “तेरो नाम के हो?” त्यसले उत्तर दियो, “मेरो नाऊँ फौज हो, किनभने हामीहरू धेरै छौं। |
10. | ती दुष्टआत्माहरूले येशूलाई घरि घरि त्यस इलाकाबाट बाहिर निकाला नगरियोस् भनि विन्ती गरे। |
11. | त्यहाँ नजिकैको एउटा पहाडमा धेरै सुँगुरहरूको बथान चरिरहेका थिए। |
12. | दुष्टात्माहरूले येशूलाई बिन्ती गर्नलागे, “हामीलाई सुंगुरहरू भएको ठाऊँमा पठाईदिनुहोस्। हामीलाई तिनीहरू भित्र जान दिनुहोस्।” |
13. | अनि येशूले तिनीहरूलाई त्यसै गर्न दिनुभयो। ती सुंगुरहरू डुबे, त्यो बगालमा प्राय 2,000 वटा सुंगुरहरू थिए। |
14. | सुंगुर चराऊनेहरू पनि भागिगए। तिनीहरू शहर र बस्ती तिर गए, तिनीहरूले भएका सबै घटनाहरू मानिसहरूलाई सुनाए तब मानिसहरू घटना हेर्न आए। |
15. | मानिसहरू येशूकहाँ आए, तिनीहरूले दुष्टात्मा लागेका मानिसलाई त्यहाँ देखे, त्यस मानिसले लुगाफाटा पहिरिएको थियो, अनि त्यसको मानसिक अवस्था ठीकै थियो। सबै मानिसहरू भयभीत थीए। |
16. | केही मानिसहरू त्यहाँ थिए जसले येशूले गर्नु भएका कुराहरू देखेका थिए। ती मानिसहरूले अरू मानिसहरूलाई दुष्टात्माले भेट्टाएको त्यस मानिसलाई के भएको थियो त्यो वर्णन गरे। तिनीहरूले सुंगुरहरूको बारेमा पनि सुनाए। |
17. | अनि मानिसहरूले बिन्ती गर्दैं येशूलाई त्यहाँबाट तुरुन्ते जानूहोस् भने। |
18. | येशू डुङ्गा मा चढदै हुनुहुन्थ्यो,दुष्टात्माहरूदेखि मुक्त भएको त्यस मानिसले येशूसंगै जानलाई बिन्ती गर्यो। |
19. | तर येशूले त्यस मानिसलाई आफूसंग जान अनुमति दिनुभएन। येशूले भन्नुभयो, “आफ्नो घर-परिवार र साथीहरू भएकहाँ जाऊ, प्रभूले तिम्रो निम्ति जे जति गर्नुभएकोछ, त्यस बारे सबैलाई भन। परमेश्वरले मलाई दया गर्नु भयो भनी तिनीहरूलाई भन” |
20. | तब त्यो मानिस गयो अनि त्यहाँका दश- शहरका मानिसहरूलाई येशूले गर्नु भएको महान कार्यहरूको बारेमा सुनायो। सबै मानिसहरू चकित भए। |
21. | येशु डुङ्गामा चढेर समुद्रपार गरी समुद्रको अर्को तर्फ जानुभयो। समुद्रको त्यस किनारमा उहाँका वरिपरि धेरै मानिसहरू भेला भए। |
22. | सभाघरका एकजना याइरसले येशूलाई देखे, अनि यशूलाई दण्डवत गरे। |
23. | याईरसले येशूलाई एकोहोरो बिन्ती गरिरहे र भने, आऊनुहोस् र उसमाथि तपाईं को हात राख्नुहोस् त्यसपछि उ निको हुनेछ अनि बाँच्नेछ।” |
24. | अनि येशू याईरससित जानूभयो। धेरै मानिसहरूले येशूलाई पछ्याए। येशूलाई वरिपरि घेरिएको भीडले उहाँलाई धकेलीरहेको थियो। |
25. | ती मानिसहरूसंग एउटी आईमाई पनि थिई। त्यस आईमाईलाई बाह्र र्वष अघिदेखि रगत बग्ने व्यथा थियो। |
26. | त्यो आईमाई खुबै पीडीत थिई। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिई, तर उसमा सुधार पटक्कै आएन। त्यसको व्यथा अझ बिग्रँदै गयो। |
27. | त्यस आईमाईले येशूको बारेमा सुनेकी थिई। मानिसहरूको भीडबाट भएर गई त्यस स्त्री पछिल्तिरबाट येशू कहाँ आई अनि उहाँको वस्त्र छोई। |
28. | त्यसले बिचार गरी, “यदि मैले उहाँको वस्त्र मात्रपनि छुन पाएँ भने म जाती हुनसक्छु।” |
29. | अनि जब त्यसले उहाँको वस्त्र छोई तत्कालै रगत बग्न बन्द भयो। त्यस त्यस आईमाईले आफ्ना सारा जीउ नै व्यथा मुक्त भएको अनुभव गरी। |
30. | अनि येशूले आफूबाट शक्ति सन्चार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनु भयो अनि भीडतर्फ र्फकनुभयो, अनि उहाँले सोध्नु भयो, “कसले मेरो वस्त्र छोयो?’ |
31. | चेलाहरूले येशूलाई भने, “तपाईंको वरिपरि यति विध्न मानिसहरू छन। तपाईंलाई ठेल्दैछन्। तर तपाईं सोध्नु हुन्छ मलाई कसले छोयो?” |
32. | तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाऊन घरि घरि हेर्न लाग्नु भयो। |
33. | त्यस आईमाईले आफू निको भएको ठानी, अनि त्यो आई अनि येशूको चरणमा घोप्टी त्यो डरले काँपिरहेकी थिई। त्यसले सारा सत्य येशूलाई सुनाई। |
34. | येशूले त्यस आईमाईलाई भन्नुभयो, “हे स्त्री, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ। शान्तिसित जाऊ। अब तिमी तिम्रो रोगबाट मुक्त भयौ।” |
35. | येशू अझ्झैसम्म त्यहाँ बोलिरहनु भएको थियो। केही मानिसहरू सभाघरका प्रमुखका घरबाट आए, तिनीहरूले भने, “तिम्रो छोरी मरी सकी। अब गुरूज्यूलाई दुख दिने आवश्यकता छैन।” |
36. | तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरष्ठ्वका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विश्वास गर।” |
37. | येशूले पत्रुस, याकूब, याकूबका भाइ यूहन्ना बाहेक अरू कसैलाई पनि उहाँको साथमा आउन अनुमति दिनुभएन। |
38. | येशू अनि उहाँका चेलाहरू सभाघरका शासकको घरमा जानू भयो। येशूले मानिसहरू चित्कार गरिरहेको अनि रोईरहेको सुन्नु भयो। त्यहाँ खुब अलमल थियो। |
39. | येसू घरभीत्र पस्नुभयो अनि मानिसहरूलाई भन्नुभयो, “तिमीहरू किन यत्रो हल्ला मच्चाई रहेछौ? यो केटी मरेको छैन। उ सुती रहेकी छे।” |
40. | तर तिनीहरूले येशूमाथि हाँसो गरे। येशूले सबै मानिसहरूलाई घरदेखि बाहिर जानभन्नु भयो। उहाँले बालिकाको बाबू आमा अनि आफ्ना तीनजना चेलाहरूलाई राख्नु भयो अनि त्यो बालिका भएको कोठाभित्र जानुभयो। |
41. | अनि बालिकाको हात समातेर येशूले भन्नुभयो, “तालिता कूमी!” (जसको अर्थ, “सानी बालिका, म तिमीलाई भन्दैछु उठ!”) |
42. | सानी बालिका जुरूक्कै उठी अनि हिंड्न लागी। (बालिका 12र्वष पुगेकी थिई) बाबु, आमा र चेलाहरू यो देखी छक्क परे। |
43. | येशूले ती बाबू र आमालाई यसबारेमा कसैलाई पटक्क केही नभन्नु भनेर कडा आज्ञा दिनुभयो, त्यसपछि येशूले त्यस केटीलाई केही खानेकुरा दिनु भनेर अह्राउनुभयो। |
← Mark (5/16) → |