| ← Leviticus (8/27) → |
| 1. | परमप्रभुले मोशालाई भन्नुभयो, |
| 2. | “हारून र उसका छोराहरूलाई तिनीहरूको पूजाहारी पोषक, अभिषेक तेल, पापबलिको साँढे, दुइवटा भेडा र एक डालो अखमिरी रोटीसँग लैजाऊ। |
| 3. | तब तिनीहरूलाई सम्पूर्ण मानिसहरूसंग भेट हुने पालमा लैजाऊ।” |
| 4. | यसर्थ परमप्रभुले तिनलाई आज्ञा दिनु भए झैं मोशाले भने। मानिसहरू सबै भेट हुने पालमा सँगै भेला भए। |
| 5. | मोशाले मानिसहरूलाई भने, “यो परमप्रभुले आज्ञा दिनु भएको कुरा यही हो।” |
| 6. | तब मोशाले हारून र तिनका छोराहरूलाई ल्याए अनि पानीले नुहाइदिए। |
| 7. | तब मोशाले हारूनलाई बुनेको कमेज पहिराइदिए अनि तिनको कम्मरमा पटुका बाँधिदिए। त्यसपछि हारूनलाई अलखा पहिराए तब मोशाले तिनलाई एपोद बाँधिदिए। मोशाले एपोदलाई अलखामा बाँधिदिए। |
| 8. | तब उनले हारूनको छातीमा ‘न्यायको छाती पाता’ लगाइदिए अनि गोजीमा “ऊरीम” र “तुम्मीम” राखिदिए। |
| 9. | परमप्रभुले आज्ञा दिनुभए अनुसार तिनले हारूनलाई टाउकोमा फेटा बाँधिदिए अनि फेटाको अघिल्लो भागमा सुनको पवित्र मुकुट लगाइदिए। |
| 10. | मोशाले अभिषेक तेल लिएर पवित्र पालको प्रत्येक ठाउँ र चीजहरूमा छर्किदिए। अनि यसरी तिनले, ती सब चीजहरूलाई पवित्र पारे। |
| 11. | उनले अभिषेक तेल वेदीमा सात पल्ट छर्किदिए। उनले अभिषेक तेल वेदी अनि भाँड-कुँडाहरू हातमुख धुने भाँडो अनि कचौरा राख्ने ठाउँलाई पवित्र बनाउन छर्किदिए। |
| 12. | त्यसपछि हारूनलाई शुद्ध पार्न अभिषेक तेलको केही अंश तिनको शिरमा खन्याइ दिए। |
| 13. | त्यसपछि मोशाले हारूनका छोराहरूलाई ल्याए र बुनेको कमिज पहिराई पटुका बाँधिदिएर तिनीहरूलाई टोपी लगाइदिए अनि यी सबै मोशाले परमप्रभुको आज्ञा अनुसार गरेका थिए। |
| 14. | यसपछि उनले पापबलिको साँढे ल्याए। हारून र तिनका छोराहरूले त्यस साँढेको टाउकोमाथि आफ्ना-आफ्ना हात राखे, |
| 15. | अनि मोशाले त्यो साँढेलाई मारेर र केही रगत आफ्नो औंलाहरूमा लिएर वेदीको कुना-कुना सबैतिर दले। यस प्रकार तिनले वेदी पवित्र पारे। अनि बाँकी रहेको रगत वेदीको आधारमा खन्याए। यसरी तिनले प्रायश्चित गर्न वेदी पवित्र बनाए। |
| 16. | मोशाले साँढेको भित्र्यांशको बोसो, कलेजो बोसो, दुइवटा मृगौलाहरू अनि तिनीहरूमाथि भएको बोसो निकाले अनि यी वेदीमा जलाए। |
| 17. | त्यसपछि तिनले साँढेको अरू बाँकी रहेको छाला, मासु, गोवर तथा अरू भागहरू परमप्रभुको आज्ञा अनुसार पाल बाहिर जलाइदिए। |
| 18. | त्यसपछि तिनले होमबलिको निम्ति एउटा भेडा ल्याए अनि हारून अनि तिनका छोराहरूले त्यस भेडाको शिरमाथि तिनीहरूको हात राखे। |
| 19. | तब मोशाले भेडालाई मारे अनि यसको रगत वेदीको चारैतिर छर्किदिए। |
| 22. | त्यसपछि तिनले पूजाहारी नियुक्त भएकोमा अर्पण गरिएको अर्को भेडा ल्याए अनि हारून र तिनका छोराहरूले आफ्नो हातहरू त्यस भेडाको टाउकोमाथि राखे। |
| 23. | त्यसपछि तिनले त्यो भेडालाई मारेर त्यसको रगत हारूनको दाहिने कानको लोतीमा, दाहिने हात र दाहिने खुट्टाको बुढी ओंलाहरूमा लगाइदिए। |
| 24. | मोशाले हारूनका छोराहरूलाई अघि ल्याए अनि तिनीहरूको दाहिने कानको लोती दाहिने हातको औंलो र दाहिने खुट्टकाको बुढी औंलाहरूमा राखिदिए अनि रहेको रगत वेदी वरिपरि छर्किदिए। |
| 25. | तिनले बोसो, बोसे पुच्छर आन्द्राभुँडी छोप्ने सबै बोसो, कलेजो छोप्ने मासु, बोसोसितै दुइवटा मिगौला र दाहिने फिला लिए। |
| 26. | परमप्रभु अघि राखिएको खमीर रहित रोटीको डालोबाट उनले एउटा मोटो अखमीर रोटी, अर्को एउटा अखमीरे रोटी तेल मिसाएको र अखमीरे फुलौरो अनि तिनीहरूलाई बोसो र दाहिने तिघ्रामाथि राखे। |
| 27. | तब मोशाले ती खाद्यहरू हारून अनि तिनका छोराहरूको हातमा राखिदिए अनि परमप्रभुअघि डोलाउने बलिको रूपमा माथि उठाए। |
| 28. | तब तिनले तिनीहरूको हातबाट खाद्य लिए अनि होमबलिको वेदीमाथि राखिदिए। यो पूजाहारीहरूको नियुक्ति निम्ति बलिदान थियो। यो एउटा सुगन्धित समुद्रघर भेटी हो जसले परमप्रभुलाई खुशी पार्यो। |
| 29. | परमप्रभुको आदेश अनुसार परमप्रभुमाथि ह्याकुलो विशेष उपहारको रूपमा हल्लाए। पूजाहारीहरूलाई नियुक्त गर्नका निम्ति यो मोशाको भेडाको भाग थियो। |
| 30. | तिनले केही अभिषेक गरेको तेल अनि रगत लिए जो वेदीमा थियो अनि त्यसलाई हारून र तिनका छोराहरू र तिनीहरूको लुगाहरूमाथि छर्के। यसरी तिनले हारून र तिनका छोराहरूसहित तिनीहरूका लुगाहरू सितै पवित्र पारे। |
| 31. | 1तिनले हारून र तिनका छोराहरूलाई भने, “भेट हुने पालको प्रवेशद्वारमा मासु उसिन र अभिषेक डालोमा भएको रोटीहरूसित खाऊ। |
| 32. | तिमीहरूले खाएर उब्रेको मासु र रोटी आगोमा जलाइ देऊ। |
| 33. | तिमीहरू पूजाहारी अभिषेक भएको दिनदेखि सात दिनसम्म बाहिर कतै नजानु, अभिषेकको समय सात दिन हो तिमीहरूले सात दिन पूरा नहोउञ्जेल भेट हुने पाल छोड्नु हुँदैन। |
| 34. | तिमीहरूलाई पूजाहारी पदमा नियुक्ति गराउन पवित्र पार्न परमप्रभुले आज्ञा गर्नु भएको थियो जुन आज गरियो। |
| 35. | मलाई आज्ञा गरिएको छ तिमीहरू सात दिनसम्म रात-दिन भेट हुने पालको प्रवेशद्वारमा बस्नुपर्छ अनि परमप्रभुको आज्ञा पालन गर्नुपर्छ जसले गर्दा तिमीहरूको मृत्यु हुने छैन।” |
| 36. | परमप्रभुले मोशा मार्फत जे जति आज्ञा गर्नु भएको थियो हारून र तिनका छोराहरूले सबै पालन गरे। |
| ← Leviticus (8/27) → |