| ← Lamentations (3/5) → |
| 1. | म एक मानिस छु जसले पीडाको अनुभव गरेको छ। परमप्रभुले हामीलाई एउटा लाठ्ठीले कुट्नु भयो। अनि जे भयो मैले त्यो देखें। |
| 2. | परमप्रभुले मलाई डोर्याउनु भयो र ज्योति नभएको कालो अँध्यारोमा ल्याउनु भयो। |
| 3. | परमप्रभुको हात मेरो विरूद्ध उठ्यो, उहाँले दिन भरि घरी-घरी यस्तो गर्नु भयो। |
| 4. | उहाँले मेरो मासु र छाला तान्नु भयो। उहाँले मेरा हड्डीहरू भाँचि दिनुभो। |
| 5. | परमप्रभुले मलाई घेर्नु भयो अनि सबै तिरबाट आक्रमण गर्नु भयो। उहाँले मेरो वरीपरी समस्या र तिक्तता ल्याउनु भयो। |
| 6. | धेरै समय देखि मृत रहेको मानिस झैं उहाँले मलाई अँध्यारोमा बस्न बाध्या पार्नुभयो। |
| 7. | परमप्रभुले मलाई बन्द गरेर राख्नु भयो, म उम्कनँ सकिनँ। उहाँले मलाई गह्रुँङ्गो साङ्गलाले बाँध्नुभएको थियो। |
| 8. | मैले विलाप गर्दै गुहार मागें तर परमप्रभुले मेरो प्रार्थना सुन्नु नै भएन। |
| 9. | उहाँले मेरो बाटो ढुङ्गाको पर्खाल बनाएर छेकिदिनु भयो। उहाँले मेरो मार्ग ध्वंश गर्नु भयो। |
| 10. | परमप्रभुले एउटा भालू सरह मलाई आक्रमण गर्न तयार हुनुहुन्थ्यो। उहाँ एक लुकि बस्ने सिंह जस्तै हुनुहुन्थ्यो। |
| 11. | परमप्रभुले मेरो बाटो नै ढाकि दिनु भयो। उहाँले मलाई टुक्रा-टुक्रा पार्नु भयो। उहाँले मलाई उजाड ठाउँ जस्तो बनाउनु भयो। |
| 12. | उहाँले आफ्नो धनु तयार पार्नु भयो। उहाँले आफ्नो काँडले मलाई ताँदो बनाउनुभयो। |
| 13. | उहाँले मलाई भुँडीमा हिर्काउनु भयो। उहाँले मलाई काँडले हिर्काउनु भयो। |
| 14. | म सारा मानिसहरूको समक्ष हाँसोको पात्र बनेको छु। सारा दिन तिनीहरूले मेरो खिल्ली उडाउँदै गीतहरू गाइरहे। |
| 15. | परमप्रभुले मलाई दण्ड-स्वरूप विष पिउन दिनुभयो। उहाँले कपको वीटसम्म भर्नु भयो र तितो चिराईतो मिलाएर त्यो सबै पिउन लगाउनुभयो। |
| 16. | परमप्रभुले मेरो दाँतहरू ढुङ्गामा ठेलेर भाँचिदिनु भयो उहाँले मलाई दलदलमा धकेली दिनुभयो। |
| 17. | मैले सोचें अब फेरि मैले कहिल्यै शान्ति पाउने छैन्। मसंग भएका सबै राम्रा कुराहरू मैले भूलें। |
| 18. | मैले आफैलाई भनें, “परमप्रभुबाट सहयोग पाउँने आशा अब म गर्दिन्।” |
| 19. | परमप्रभु मलाई सम्झनु होस् म अति उदास छु। अनि मेरो घर छैन। त्यो तीतो विष सम्झनु होस् जुन तपाईंले मलाई दिनु भएको थियो। |
| 20. | म राम्रो प्रकारले मेरा कष्टहरू सम्झन्छु र अति उदास छु। |
| 21. | तर त्यसपछि अन्य केही कुरा सोचें,। तब ममा आशा जाग्यो। मैले के सोचें भन्दा |
| 22. | परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन। उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन। |
| 23. | हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनु हुन्छ। परमप्रभु, तपाईं अत्यन्त सत्य र विश्वासयोग्य हुनुहुन्छ। |
| 24. | म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ अनि म उहाँमाथि विश्वास गर्दछु।” |
| 25. | परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ। परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँलाई खोज्दछ। |
| 26. | ती मानिसहरूको लागि राम्रो हो। परमप्रभुले चुपचाप रक्षागर्न प्रतिक्षा गर्नु हुन्छ! |
| 27. | मानव जातिको लागि बाल्य अवस्था देखि परमप्रभुको जुवा बोक्नु असल कुरा हो। |
| 28. | जब परमप्रभुले उसलाई जुवा लगाई दिनु हुन्छ। त्यो मानिस एक्लो र चुपचाप बस्नु पर्छ। |
| 29. | त्यो मानिसले परमप्रभुको अगाडि आफ्नो अनुहार जमीन तिर निहुराएर घोप्टीनुपर्छ। हुनसक्छ, त्यहाँ अझ आशा होला। |
| 30. | त्यो मानिसलाई कसैले हिर्काउँदा अर्को गाला पनि फर्काउनु पर्छ। मानिसहरूलाई अपमान गर्न दिनुपर्छ। |
| 31. | त्यो मानिसले त्यो कुरा याद गर्नु पर्छ कि परमप्रभुले मानिसहरूलाई सदा रद्द गर्नु हुन्न। |
| 32. | जब परमप्रभुले दण्ड दिनुहुन्छ, उहाँसँग दया पनि हुन्छ। उहाँसँग दया छ किनभने उहाँको महान प्रेम र करूणा अपार छ। |
| 33. | परमप्रभु मानिसहरूलाई दण्ड दिन चाहनुहुन्न। उहाँ मानिसहरूलाई दुखी बनाउन चाहनुहुन्न। |
| 34. | परमप्रभु यी कुराहरू मनपारउनु हुन्न। उहाँले पृथ्वीका सारा कैदीहरूलाई आफ्नो खुट्टाले कुल्चन चाहनुहुन्न। |
| 35. | उहाँले सर्वोच्च परमेश्वर सामु मानिसहरूले मानिसहरूलाई अन्याय गरेको चाहनुहुन्न। |
| 36. | मानिसलाई धोका दिएको मनपराउनु हुन्न। यस्तो कुराहरू परमप्रभुले पटक्कै मनपराउनु हुन्न। |
| 37. | परमप्रभुले आज्ञा नगरूञ्जेलसम्म कसैले पनि एस्तो घट्ना होस् भनेर भन्न सक्तैन। |
| 38. | सर्वोचय परमप्रभुले नै असल र खराब दुवै घटनाहरू गराउन सक्नु हुन्छ। |
| 39. | जब परमप्रभुले उसको पापहरूको लागि दण्ड दिनु हुन्छ। कुनै जीउँदो मानिसले विरोध गर्न सक्तैन |
| 40. | जाँचौं र हेरौं हामीले के के गर्यौं। त्यसपछि परमप्रभु तर्फ फर्कौ। |
| 41. | हामी हाम्रा हृदय र हातहरू र्स्वगका परमप्रभुको तर्फ उठाऔं, अनि |
| 42. | उहाँलाई भनौं, “हामीले पाप गर्यौं र बागी भयौं त्यसैकारण तपाईंले हामीलाई क्षमा दिनु भएन।” |
| 43. | तपाईंले स्वयंलाई क्रोधले ढाक्नु अनि हामीलाई खेद्नु भयो। तपाईंले हामीलाई निष्ठुरी प्रकारले मार्नु भयो। |
| 44. | तपाईंले स्वयंलाई बादलले ढाक्नु भयो त्यसकारण कुनै पनि उपासकहरू तपाईंकहाँ पुग्न सकेनन्। |
| 45. | तपाईंले हामीलाई अन्य जातिहरू प्रति मैला कसिङ्गर र फोहरी बनाउनु भयो। |
| 46. | हाम्रा सारा शत्रुहरू हामीसँग क्रोधित भएर बोले। |
| 47. | हामी अत्यन्तै त्रासीत भयौं र हाम्रो विनाश भयो।” |
| 48. | मेरा आँखाहरूबाट आँसुका धारा बगे। मेरो मानिसहरूको सर्वनाश देखेर म रोएँ। |
| 49. | मेरा आँखाबाट निरन्तर आँसु बगिरहे। |
| 50. | परमप्रभु म लगातार रूने छु, जबसम्म माथिबाट तपाईंले हामीलाई हेर्नुहुन्न। म लगातार रूँने छु जबसम्म तपाईंले स्वर्गबाट हामीलाई हेर्नुहुन्न। |
| 51. | मेरा सबै शहरहरू रोएको देखेर मेरो आँखाहरूले मलाई दुखी तुल्यायो। |
| 52. | हामीलाई घृणा गर्ने कुनै कारणै नभाएकाहरूले हामीलाई मात्र चरालाई झैं खेदाए। |
| 53. | म जीउँदोलाई तिनीहरूले खाडलमा फ्याँकी दिए। तिनीहरूले ममाथि ढुंङ्गाहरू वर्षाए। |
| 54. | मेरो टाउको सम्म पानी आई पुग्यो। मैले आफैलाई भनें, “म खत्तम भएँ।” |
| 55. | हे परमप्रभु, मैले तपाईंको नाउँ डाकें। मैले खाडलको पींदबाट तपाईंलाई पुकारें। |
| 56. | तपाईंले मेरो आवाज सुन्नुभयो। कान नथुन्नु होस् र मलाई उद्धार गर्नुहोस् अनि मलाई बचाउनु होस्।” |
| 57. | मैले सहायताका निम्ति गुहारेकै दिन तपाईं आउनुभयो। तपाईंले मलाई भन्नुभयो, “नडराऊ।” |
| 58. | परमप्रभु, तपाईंले मेरो प्रतिरक्षा गर्नुभयो। तपाईंले मेरो जीवन पुन फर्काई दिनु भयो। |
| 59. | हे परमप्रभु, तपाईंले मेरो कष्ट देख्नु भएको छ। अब मेरो न्याय गरीदिनु होस्। |
| 60. | मेरो विरूद्धमा तिनीहरूले बनाएको सबै प्रतिशोधका योजनाहरू तपाईंले देख्नु भयो। |
| 61. | हे परमप्रभु तिनीहरूले मेरो अपमान गरेको सुन्नु भयो। मेरो विरूद्धमा दुष्ट योजनाहरू गरेको तपाईंले देख्नु भयो। |
| 62. | मेरा शत्रुहरूका शब्द र विचारहरू सारा समय मेरो विरूद्धछन्। |
| 63. | जब तिनीहरू उठ बस गर्छन। हेर्नुहोस् तब मेरो खिल्ली उडाउँदैछन्। |
| 64. | हे परमप्रभु! तिनीहरूले गरेको कर्म अनुसार तिनीहरूलाई दण्ड दिनुहोस्। तिनीहरूले जे गरे त्यसको लागि दण्ड भोगाउनुहोस्। |
| 65. | तिनीहरू माथि आफ्नो श्राप स्वरूप कठोर हृदय दिनुहोस्। |
| 66. | तिनीहरूलाई क्रोधमा खेद्नु होस्। तिनीहरूको सर्वनाश गर्नुहोस् हे परमप्रभु आकाश मुनी देखि तिनीहरूलाई सर्वनाश गर्नुहोस्। |
| ← Lamentations (3/5) → |