| ← John (14/21) → | 
| 1. | येशूले भन्नुभयो, “आफ्ना हृदयलाई दुःखी हुन नदेऊ। परमेश्वरमा भरोसा गर। अनि ममा भरोसा गर। | 
| 2. | त्यहाँ मेरा पिताको घरमा धेरै कोठाहरू छन्। यदि यो सत्य नभएको भए म तिमीहरुलाई भन्ने थिईनँ। म त्यहाँ तिमीहरूको व्यवस्था मिलाउन गइरहेछु। | 
| 3. | म गए पछि तिमीहरूको लागि सबै व्यवस्था मिलाइसके पछि म फर्की आउनेछु। तब म तिमीहरूलाई त्यहाँ लानेछु। तब तिमीहरू म जहाँ छु त्यहीं हुनेछौ।” | 
| 4. | म जुन ठाउँमा गइरहेछु तिमीहरू त्यो बाटो जान्दछौ।” | 
| 5. | थोमाले भने, “प्रभु, तपाईं कहाँ गइरहनु भएको छ हामी जान्दैनौ। तब हामीले बाटो कसरी जान्ने?” | 
| 6. | येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ। | 
| 7. | यदि तिमीहरूले मलाई चिनेको भए तब मेरो पितालाई पनि चिन्ने थियौ। तर अब तिमीहरू पितालाई जान्नेछौ। तिमीहरूले उहाँलाई देखेकाछौ।” | 
| 8. | फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाइदिनुहवस्। त्यही हामीलाई पर्याप्त हुनेछ।” | 
| 9. | येशूले जवाफ दिनु भयो, “फिलिप धेरै समयदेखि म तिमीहरूसंगै छु र पनि मलाई चिन्दिनौ भन्छौ? जसले मलाई देखेकोछ उसले मेरो पितालाई पनि देखेकोछ। यसर्थ तिमी कसरी भन्छौ, ‘हामीलाई पिता देखाउनु होस्?’ | 
| 10. | के तिमीहरू विश्वास गर्छौ कि म पिताभित्र छु र पिता मभित्र हुनुहुन्छ भनेर? जुन कुराहरू मैले भने त्यो मबाट आएको होइन। पिता मभित्र बाँच्नु हुन्छ अनि उहाँले आफ्नो काम आफै गर्नुहुन्छ। | 
| 11. | मैले पहिल्यै भनि सकें कि विश्वास गर, ममा पिता र पितामा म हुन्छु। अथवा मैले गरेको कामहरूको कारणले गर्दा पनि विश्वास गर। | 
| 12. | म तिमीहरूलाई सत्य भन्छु। जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ। किनभने म पिताकहाँ गइरहेछु। | 
| 13. | अनि मेरो नाममा केही पनि माग्यो भने, म त्यो तिमीहरूको लागी गरिदिनेछु। तब पिताको महिमा पुत्रको माध्यमाबाट देखिनेछ। | 
| 14. | यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने, म दिनेछु। | 
| 15. | “यदि तिमीहरूले मलाई प्रेम गर्यौ भने, तब तिमीहरूले मेरो आज्ञा पालन गर्नेछौ। | 
| 16. | म मेरो पितालाई माग्नेछु र उहाँले तिमीहरूलाई अर्को सहायक दिनुहुनेछ। उहाँ तिमीहरूसंग सधैं रहने सहायक दिनुहुनेछ। | 
| 17. | सहायक सत्यको आत्मा हो। संसारले उहाँलाई देख्दैन र बुझ्दैन। तर तिमीहरू उहाँलाई जान्दछौ। उहाँ तिमीहरूसंग बाँच्नु हुन्छ र उहाँ तिमीहरूभित्र नै हुनु हुनेछ। | 
| 18. | “म तिमीहरूलाई आफ्ना आमा-बाबुले अनाथहरू छोडे जस्तो एक्लै छाडनेछैन। म तिमीहरूकहाँ फर्की आउने छु। | 
| 19. | केही समय पछि बाटै मलाई संसारमा मान्छेहरूले फेरि देख्नेछैन। तर तिमीहरूले मलाई देख्नेछौं। तिमीहरू बाँच्नेछौं किनभने म बाँच्छु। | 
| 20. | त्यस दिनमा तिमीहरूले जान्नेछौं कि म पितामा छु। तिमाहरूले जान्नेछौ कि तिमीहरू ममा र म तिमीहरूमा हुनेछु। | 
| 21. | यदि कसैले मेरो आज्ञाहरू ग्रहण गर्छ र यसलाई पालन गर्दछ, त्यस मानिसले मलाई प्रेम गर्दछ। अनि मेरा पिताले तिनलाई प्रेम गर्दछन्। जसले मलाई प्रेम गर्दछ। अनि म त्यस मानिसलाई प्रेम गर्छु। म उमाथि प्रकट हुनेछु।” | 
| 22. | तब यहूदाले (इस्करियोत यहूदा होइन) भन्यो, “तर प्रभु किन तपाईंले आफूलाई हामी समक्ष प्रकट गर्नुहुन्छ र संसार समक्ष किन गर्नुहुन्न?” | 
| 23. | येशूले भन्नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, उसले मेरो शिक्षा पालन गर्दछ। अनि मेरो पिताले पनि तिनलाई प्रेम गर्नुहुन्छ। म र मेरा पिता तिनीकहाँ आउनेछौं र तिनीसंगै बस्नेछौं। | 
| 24. | तर जसले मलाई प्रेम गर्दैन उसेल मेरो शिक्षाहरू पालन गर्दैन। यो शिक्षाहरू जुन तिमीले सुन्दैछौ वस्तवमा मेरो होइन। यो पिताबाट आएको हो जसले मलाई पठाउनु भयो। | 
| 25. | “मैले यी सबै कुराहारू भनिसकेकोछु तिमीहरूसंग रहँदा नै। | 
| 26. | तर सहायकले सबै कुराहरूको शिक्षा दिनेछन्। सहायकले मैले जे भने ती सबै कुराहरू सम्झना गराउनेछ। त्यो सहायक नै पवित्र आत्मा हो जसलाई पिताले मेरो नाममा पठाउनु हुनेछ। | 
| 27. | “म तिमीहरूलाई मेरो शान्ति छोडदछु, यो मेरो आफ्नै शान्ति तिमीहरूलाई दिंदछु। म तिमीहरूलाई शान्ति दिन्छु, यो त्यो शान्ति होइन जुन संसारले दिन्छ। यसकारण तिमीहरूको हृदय विचलित नहोस् अनि कुनै विषयमा पनि नडराऊ। | 
| 28. | म गइरहेछु भनेको तिमीले सुन्यौ, तर फेरि तिमीहरूकहाँ आउनेछु। यदि तिमीहरूले मलाई प्रेम गरेको भए तिमीहरू खुशी हुने थियौ कि म पिताकहाँ गइरहेछु। किन? किनभने पिता म भन्दा महान हुनुहुन्छ। | 
| 29. | यो हुनु भन्दा पहिल्यै मैले यो कुरा भनिसकेकोछु। जब यी सबै हुनेछ अनि तिमीहरूले विश्वास गर्नेछौ। | 
| 30. | तिमीहरूसंग कुरा गर्ने समय छैन। यो संसारको शासक आइरेहछ । तर ममाथि उसको अधिकार चल्दैन। | 
| 31. | तर संसारले जान्नै पर्छ कि मैले मेरा पितालाई प्रेम गर्छु। यसैले म त्यही जस्ताको तस्तै गर्दछु, जुन उहाँले मलाई गर्नु भन्नु भयो। “आऊ अब, हामी यस ठाऊँलाई छोडी जाऊ।” | 
| ← John (14/21) → |