← Job (9/42) → |
1. | तब अय्यूबले जवाफ दिए, |
2. | “हो, म जान्दछु तिमीले जे कुरा भन्छौ त्यो सत्य हो। तर कसरी मानिसले परमेश्वरलाई तर्कमा पराजित गराउनु सक्छ? |
3. | एक मानिसले परमेश्वरसंग तर्क गर्न सक्तैन। परमेश्वरले 1,000 प्रश्नहरू सोध्न सक्नु हुनेछ तर त्यो मानिसले एउटा मात्रको पनि जवाफ दिन सक्ने छैन। |
4. | परमेश्वर महाज्ञानी हुनुहुन्छ, अनि उहाँको शक्ति महान छ। परमेश्वरसंग लडाई गर्ने कसैले पनि चोट पाउन सक्छ। |
5. | परमेश्वरको क्रोधले पर्वतहरू नै हल्लाइदिन सक्छ अनि तिनीहरूले थाहासम्म पाउँदैनन्। |
6. | परमेश्वरले पृथ्वी थर्काउनलाई भुईंचालो पठाउनु हुन्छ। परमेश्वरले पृथ्वीको मूलाधार हल्लाई दिनुहुन्छ। |
7. | परमेश्वर घामसँग बोल्न सक्नु हुन्छ अनि यसलाई उदाउन दिनुहुन्न। उहाँले ताराहरूलाई बन्द गर्न सक्नु हुन्छ। यसकारण तिनीहरू चम्कन सक्तैनन्। |
8. | परमेश्वर एक्लैले आकाशहरू बनाउँनुभयो। उहाँ समुद्री छालहरूमा हिंडनुहुन्छ। |
10. | परमेश्वरले महान कर्महरू गर्नुहुन्छ जुन मानिसहरूले बुझ्न सक्तैनन्। परमेश्वरका चमत्कारहरूको कुनै अन्त हुँदैन। |
11. | जब परमेश्वर मदेखि जानुहुन्छ, म उहाँलाई देख्न सक्तिन। जब परमेश्वर मेरै छेउबाट जानु हुन्छ म उहाँलाई देख्दिन। |
12. | यदि परमेश्वरले केही थोक लगेर जानु भयो भने कसैले उहाँलाई रोक्न सक्दैन। कसैले पनि उहाँलाई केही भन्न ‘सक्तैनन् तपाईं के गरिरहनु भएको छ?’ |
13. | परमेश्वरले आफ्नो क्रोध फर्काउँनुहुन्न। रहाबको सहयोगीहरूले परमेश्वरको डर माने। |
14. | यसैले म परमेश्वरसंग तर्क गर्न सक्तिनँ। उहाँलाई मैले के भन्नुपर्छ म जान्दिनँ। |
15. | म निर्दोष छु तर म उहाँलाई जवाफ दिन सक्तिनँ। म उहाँको दयाका निम्ति मात्र याचना गर्न सक्छु। |
16. | मैले बोलाउँदा उहाँले जवाफ दिनुभयो, म अझ विश्वास गर्ने छैन कि उहाँले साँचि नै मलाई सुन्नु भएकोछ। |
17. | परमेश्वरले मात्र मलाई मिच्न आँधी पठाउनु भयो। उहाँले कुनै कारणै बिना मलाई ज्यादा घाउ र चोटहरू दिनुभयो। |
18. | परमेश्वरले फेरि मलाई सास फेर्न दिनुहुने छैन। उहाँले खाली मलाई ज्यादा दुःखहरू मात्र दिनुहुन्छ। |
19. | म परमेश्वरलाई पराजित गर्न सक्तिनँ। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ। म परमेश्वरलाई न्यायलयमा लैजान सक्तिनँ! अनि ममाथि निष्पक्ष हुनुहोस् भनेर जिद्दी गर्न सक्तिनँ। |
20. | म निर्दोष छु, तर मैले भनेका कुराहरूले मलाई दोषी बनाए जस्तो लाग्छ। म निर्दोष छु, तर यदि म बोलें भने मेरो मुखले मलाई नै दोषी प्रमाणगर्छ। |
21. | म निर्दोष छु। तर म जान्दिन के सोच्ने। म आफ्नै जीवनलाई घृणा गर्छु। |
22. | म आफैलाई भन्छु, ‘त्यस्तै कुराहरू सबैमाथि घटिरहन्छन्। निर्दोष मानिसहरू दोषी झैं मर्छन्। परमेश्वरले सबैको जीवनलाई समाप्त गर्नुहुन्छ।’ |
23. | जब कँही डरलाग्दो घटनाहरू भयो भने अनि निर्दोष मानिसहरू मारिए भने के परमेश्वर तिनीहरूमाथि हाँस्नु हुन्छ? |
24. | जब एकजना दुष्ट मानिस एउटा देशको शासक हुन्छ तब के परमेश्वरले आफ्नो नायकलाई त्यहाँ के भएको छ हेर्न पठाउनुहुन्छ? यदि त्यो सत्य हो भने परमेश्वर चाँहि को हुन् त? |
25. | दगुर्ने भन्दा पनि मेरो दिनहरू चाँडो भाग्दछ मेरा दिनहरू उडी जाँदैछ अनि त्यहाँ तिनीहरूमा कुनै खुशीयाली नै छैन। |
26. | मेरा दिनहरू डुङ्गा जस्तै छिटो बग्छन्। मेरो दिनहरू चीलले आफ्नो शिकारमाथि बेगले झम्टे झैं चाँडो बित्छ। |
27. | “यदि म भन्छु ‘म गुनासो गर्ने छैन म आफ्ना पीडाहरू भुल्छु, म मेरो अनुहारमा मुस्कानले भर्छु। |
28. | म मेरा पीडाले अझै भयभीत छु। म जान्दछु तिमीले मलाई निर्दोष मान्ने छैनौ। |
29. | यदि म दोषी ठहरी सकेको छु भने आफ्नो परीक्षा किन गरिरहने। म भन्छु, ‘यो भुलिदेऊ।’ |
30. | यदि मैले स्वयंलाई हिऊँले धोएँ भने अनि साबूनले हातहरू सफा राखें भने, |
31. | परमेश्वरले मलाई हिलो भएको खाडलमा धकेल्नु हुन्छ। तब मेरो लुगाहरूले पनि मलाई घृणा गर्नेछन्। |
32. | परमेश्वर म जस्तो मानिस हुनुहुन्न यसकारणले गर्दा म उहाँलाई जवाफ दिन सक्तिनँ। हामी न्यायलयमा एकार्काले भेट गर्न सक्तैनौ। |
33. | म चाहन्छु कि त्यहाँ दुवै पक्षहरूलाई सुनिदिने कोही रहोस्। म चाहन्छु कि त्यहाँ दुवै पक्षलाई निष्पक्ष रूपमा न्याय गर्ने कोही होस्। |
34. | म चाहन्छु कि परमेश्वरले लिने डण्डा लगिदिने त्यहाँ कोही होस्। तब परमेश्वरले मलाई एकदमै भयभीत पार्नु हुने छैन। |
35. | तब परमेश्वरको भयबाट स्वतन्त्र भएर मैले चाहेको कुरा म भन्न सक्थें। |
← Job (9/42) → |