← Job (8/42) → |
1. | तब शुहाबाट आएका बिल्ददले उत्तर दिए, |
2. | “कहिलेसम्म तिमी त्यसरी भनी रहने छौ? तिम्रा वचनहरू तीव्र हावाको प्रहार जस्तो छ। |
3. | परमेश्वर सदा निष्पक्ष हुनुहुन्छ। सर्वशक्तिमान परमेश्वरले ती कुराहरू कहिल्यै बदूलनु हुन्न जुन ठीक छन्। |
4. | यदि तिम्रा छोरा-छोरीहरूले परमेश्वरको विरूद्ध पाप गरेका छन् भने तब उहाँले तिनीहरूलाई दण्ड दिनु हुने नै छ। तिमीहरूले दण्ड भोग्नु नै पर्छ। |
5. | तर अब अय्यूब, परमेश्वर पट्टिहेर, अनि सर्वशक्तिमानप्रति प्रार्थना गर। |
6. | यदि तिमी निर्दोष अनि इमान्दार छौ भने उहाँले तिमीलाई मद्दत गर्नचाँडै आउनु हुनेछ। उहाँले तिम्रा घर पुनः निर्माण गरिदिनुहुनेछ। |
7. | तब तिमीसंग पहिले जति थियो त्यो भन्दा अझ ज्यादा हुनेछ। |
8. | बूढा-प्रधानहरूलाई सोधखोज गर, तिनीहरूका पिता-पुर्खाहरूले के सिके। |
9. | हामी हिजै मात्र जन्मे जस्तो प्रतीत हुँदछ, त्यो पक्का बुझ्नका लागि हामी अझ कलिलै छौं। यस पृथ्वीमा हाम्रा आयु छायाँ जस्तै छोटो छन्। |
10. | हुनुसक्छ बूढा-प्रधानहरूले तिमीलाई पढाउन सक्छन्। हुनसक्छ उनीहरूले जे सिकेका छन् त्यही शिक्षा दिनसक्छन्।” |
11. | बिल्ददले भन्यो, “के सिमसार अग्लो सुक्खा ठाउँमा उम्रिन सक्छ? के निगालाहरू पानीबिना उम्रन सक्छ? |
12. | अहँ! यदि पानी सुकाइयो भने, तब तिनीहरू पनि अरू उद्भिद्हरू भन्दा चाँडो ओइलाउने छैन। |
13. | मानिसहरू ज-जसले परमेश्वरलाई भुल्छन तिनीहरू मसिना र सूख्खा निगालाहरू जस्तो हुनेछन्। जुन मानिसले परमेश्वरलाई भुल्छ उसले आफ्नो सम्पूर्ण आशा हराउनेछ। |
14. | त्यो मानिसको अडेस लाग्ने ठाउँसम्म हुँदैन। उसको सुरक्षाको घर माकुराको जालो जस्तो हुन्छ। |
15. | यदि त्यो मानिस माकुराको जालोमा अडेस लाग्यो भने त्यो जालो फाट्छ। माकुराको जालमा झुण्डिन्छ तर त्यसले उसलाई थाम्न सक्तैन। |
16. | त्यो मानिस एक उद्भिद् जस्तो छ जसमा प्रशस्त पानी र घामको किरण छ त्यसको हाँगाहरू सबै बगैंचाभरि फैलिएको छ। |
17. | त्ययसले आफ्नो जराहरू वरिपरि ढुङ्गाहरूको थुप्रोले लपेट्छ। ढुङ्गामा बढनका निम्ति ठाउँहरू खोजिरहन्छ। |
18. | तर यदि उद्भिद्लाई त्यसको ठाउँ सार्यो भने त्यो मर्नेछ, र त्यो उद्भिद् त्यहाँ एक समयमा थियो भन्ने कसैलाई थाहा पनि हुँदैन। |
19. | तर उद्भिद् खुशी थियो अनि यसको ठाउँमा अर्को उम्रिनेछ। |
20. | परमेश्वरले निर्दोष मानिसहरूलाई त्याग्नु हुन्न। उहाँले दुष्ट मानिसहरूलाई मद्दत गर्नुहुन्न। |
21. | परमेश्वरले सधैं तिम्रो मुख हाँसोले भरिदिनुहुन्छ अनि तिमीहरूका ओंठहरू खुशीका आवाजले भरिदिनुहुन्छ। |
22. | तर तिम्रा शत्रुहरूले लगाउने पोषाक नै लाजको हुनेछ अनि दुष्ट मानिसहरूका घरहरू भत्काइनेछ।” |
← Job (8/42) → |