← Job (7/42) → |
1. | अय्यूबले भने, “मानिसले पृथ्वीमा कठोर संघर्ष गर्छ। उसको जीवन एक ज्यालामा काम गर्नेहरूको जस्तो छ। |
2. | मानिस एक दास जस्तो हो जसले गर्मीको दिनमा कठोर काम गरेपछि चिसो छाँया खोज्छ। मानिस एक ज्यालाको कर्मी जस्तो हो जसले ज्याला पर्खिरहन्छ। |
3. | त्यसरी नै मैले महिनौसम्म अर्थहीन यातनाहरू भोगेको थिएँ अनि मेरो लागि कष्टका रातहरू अलग राखिएका छन्। |
4. | जब म सुतें, मैले सोचें, ‘कतिञ्जेल मैले सोच्ने, जबसम्म म उठ्दिन?’ तर रात लामो छ। अनि घाम नझुल्कुञ्जेलसम्म म ओछ्यनमा छट्पटाउँदै रहें। |
5. | मेरो शरीर किराहरू र फोहरले ढाकिएको छ। मेरो छाला निको हुन थाल्छ अनि त्यसपछि फेरि एकपल्ट नयाँ घाउहरूले छोपिन्छ। |
6. | मेरो दिनहरू जुलाहा तानको धागो झैं चाढो चाढो वितिरहेको छ अनि प्रत्येक दिन निराशमय भई शेष हुन्छ। |
7. | परमेश्वर, सम्झनुहोस् मेरो जीवन त ढुकढुकी मात्र हो। म कहिल्यै पनि फेरि केही राम्रो देख्ने छैन। |
8. | अनि तपाईंले मलाई फेरि देख्नु हुने छैन, तपाईंले मलाई हेर्नु हुनेछ, तर म गई सकेको हुनेछु। |
9. | बादल विलिन भएर गए जस्तै मानिस मर्छ अनि चिहानभित्र गाडिन्छ अनि उ फेरि फर्की आउँदैन। |
10. | उ आफ्नो पुरानो घरमा फेरि फर्की आउँदैन उसको घरले फेरि उसलाई चिन्ने छैन। |
11. | यसैले म चुपचाप रहने छैन। म बोल्नेछु। मेरो आत्माले कष्ट पाएको छ। म गुनासो गर्नेछु किनभने मेरो आत्मा दुःखमा छ। |
12. | के म समुद्र हुँ अथवा समुद्री-जन्तु हुँ? परमेश्वर, किन मेरो हेरचाह गर्नु हुन्छ? |
13. | मेरो ओछ्यानले मलाई आराम दिनु पर्छ, मेरो ओछ्यानले मलाई विश्राम र शान्ति दिनुपर्छ। |
14. | तर परमेश्वर जब म ढल्किन्छु सपनाहरूमा तपाईंले तर्साउनु हुन्छ, दर्शनहरूले भयभीत पार्नु हुन्छ। |
15. | यसर्थ म यसरी बाँचिरहनु भन्दा गला अँठ्याएर मर्न चाहन्छु। |
16. | म आफ्नो जीवनलाई घृणा गर्छु। म चीरकालसम्म बाँच्न चाहन्न। मलाई एक्लै छाडी दिनुहोस् मेरो जीवनको अर्थ नै छैन। |
17. | परमेश्वर, तपाईंको निम्ति मानिस किन अत्यन्त मुख्य छ? किन तपाईंले उसको सम्मान गर्नुपर्छ? किन तपाईंले उसको हेरचाह गर्नुपर्छ? |
18. | किन प्रत्येक बिहान तपाईंले मानिसको प्रतिक्षा गर्नुहुन्छ? अनि प्रत्येक क्षण परीक्षा लिनुहुन्छ? |
19. | परमेश्वर, तपाईं मबाट कहिल्यै टाढा रहन सक्नुहुन्न। तपाईंले मलाई एकछिन पनि एक्लै छाडन सक्नुहुन्न। |
20. | परमेश्वर तपाईंले मानिसहरूमाथि नजर राख्नुहुन्छ। यदि मैले पाप गरेको छु भने, सजाय दिनुहोस्, मैले के गर्न पर्छ र? किन तपाईंले मलाई निशाना बनाई प्रयोग गर्नु भयो? के म तपाईंको निम्ति एक समस्या भएको थिएँ र? |
21. | किन तपाईंले मेरो अपराध क्षमा गर्नु भएन? किन तपाईंले मेरा निम्ति पापहरूको क्षमागर्नु भएन? चाँडै म मर्ने छु र आफ्नो चिहानमा हुनेछु। तब तपाईंले मलाई खोज्नु हुनेछ तर म गइसकेको हुनेछु।” |
← Job (7/42) → |