← Job (6/42) → |
3. | तिमीले मेरो दुःखको अन्दाज लगाउन सक्ने थियौ। मेरो दुःख म यता समुद्रहरूमा भएका बालुवाभन्दा गह्रुँङ्ग हुनेथ्यो। यसैले मेरो वचनहरू अर्थहीन प्रतीत हुन्छ। |
4. | सर्वशक्तिमान परमेश्वरको काँडहरू ममाथि छन्। मेरो आत्मा ती काँडहरूदेखि विषको अनुभव गर्दछु। परमेश्वरका डरलाग्दा हतियारहरू मेरो विरूद्धमा लस्कर लागेका छन। |
5. | जब कुनै दुर्घटना घटेको छैन। तिम्रो शब्दहरू भन्नलाई सजिलो छ। जंगली गधाले पनि गुनासो गर्दैन। जब त्यहाँ उसलाई खान घाँस छ अनि गाईले गुनासो गर्दैन् जब त्योसँग खाद्य छ भने। |
6. | नुन विनाको भोजनको स्वाद असल हुँदैन अनि अण्डाको सेतो खोस्टाको कुनै स्वाद हुँदैन। |
7. | यस प्रकारको खाद्य खान अस्वीकार गर्छु। यस्ता भोजनले मलाई अस्वास्थ पार्छ। अनि तिम्रा कुराहरू त्यस्तै छन्। |
8. | हाय! मैले जे मागें त्यो पाउँन सकूँ। म कामना गर्छु मैले चाहेको जे छ परमेश्वरले दिनुहुनेछ। |
9. | म कामना गर्छु परमेश्वरले मलाई श्राप दिउन, केही अघि बढेर मलाई मारून्। |
10. | अनि यदि उहाँले मलाई मार्नुहुन्न भने म एउटा कुरामा आश्वासित हुनेछु। म एउटा कुरामा खुशी हुनेछु। अनेकौं पीडाहरू भए पनि मैले परमेश्वरको आज्ञा अमान्य कहिल्यै गरेको छैन। |
11. | मेरो बल गयो यसैले मसित बाँच्ने आशा पनि छैन्। म जान्दिनँ ममाथि के दुर्घटना आइपर्नेछ। यसैले मसंग धैर्य पनि छैन। |
12. | म चट्टान जस्तो बलियो छैन। मेरो मासु काँसको जस्तो धातुबाट बनेको होइन। |
13. | म सँग स्वयंलाई सहयोग गर्ने क्षमता पनि अब छैन। किन? किनभने मबाट सफलता जति लगेर गयो। |
14. | कुनै मानिस यदि संकटहरूमा छ भने उसको साथी उसको निम्ति कृपालु हुनपर्छ। यदि उसका साथी सर्वशक्तिमान परमेश्वरदेखि विमुख भए पनि कुनै मानिस आफ्नो साथीको लागि उद्धार हुनुपर्छ। |
15. | तर तिमी, मेरो दाज्यू-भाइहरू, उद्धार भएनौ। म तिमीहरूमाथि आश्रित हुन सक्तिन। तिमीहरू त्यस्ता खोलाहरू जस्तै हौ जुन कहिले काहीं मात्र बहन्छ अनि अरू बेला बहँदैन। तिमीहरू त्यस्ता खोला हौ जो पोखिन्छन्। |
16. | जब तिनीहरू बरफले जम्छन् अनि जहाँ हिउँ लुकाएर राखिएको हुन्छ। |
17. | अनि जब ऋतु गर्मी र सूक्खा हुन्छ, पानी बहन रोकिन्छ। अनि खोलाहरू सुक्तछन्। |
18. | व्यापारीहरू बाङ्गो टेडो मोडहरू पछ्याउँदै जंङ्गलमा हराउँदछ। तिनीहरू विनाशतिर उक्लन्छन् र नष्ट हुन्छन्। |
19. | तेमाका व्यापारीहरू पानी खोज्न आउँछन्। शेबाबाट यात्रीहरू पानी पाउँने पूर्ण आशामा आउँछन्। |
20. | तिनीहरू पानी पाइन्छ भनेर आशा गर्छन तर तिनीहरू निराश हुँन्छन्। |
21. | अहिले तिमीहरू त्यस्ता खोलाहरू जस्ता हौ। तिमीहरूले मेरो संकटहरू देखेर भयभीत छौ। |
22. | के मैले तिमीहरूलाई सहायता मागे? होइन। तर तिमीहरूले मलाई आफ्ना सल्लाहहरू खुल्ला रूपमा दियौ। |
23. | के मैले तिमीहरूलाई भने, ‘शत्रुहरूबाट मलाई जोगाऊ? निष्ठुर मानिसहरूबाट मलाई जोगाऊ?’ |
24. | यसैले अब, मलाई शिक्षा देऊ अनि म चूपचाप रहनेछु। मलाई देखाऊ कि मैले के त्यस्तो गल्ती गरे? |
25. | ईमान्दार वचनहरू शक्तिशाली हुन्छन। तर तिम्रो तर्कहरूको के मतलब छ। |
26. | जब एकजना निराशापूर्ण मानिसको शब्दहरू बतास झैं हुन्छन् भने के तिमीहरू मेरा कुराहरूमा बहस गर्न सक्छौं भनी सोच्छौं? |
27. | तिमीहरूले च्याँखेसम्म थापेर ती चीजहरू जित्न खोज्दैछौ जुन ती बाबु हीन नाबालकहरूका हुन्। तिमीहरूले आफ्नै साथीहरूलाई बेच्नेछौ। |
28. | तर अब, दया गरेर मेरो अनुहारलाई ध्यान देऊ। म तिमीहरू प्रति झूटो हुने छैन। |
29. | यसैले अब, आफ्ना विचारहरू परिवर्तन गर बेईमानी नगर सोचाइ परिवर्तन गर। मैले कुनै गल्ती काम गरेको छैन। |
30. | म झूटो बोलिरहेको छैन। अनि म झूटोबाट सही के हो जान्दछु।” |
← Job (6/42) → |