← Job (5/42) → |
1. | “अय्यूब, यदि तिमी चाहन्छौ भने डाकी पठाऊ तर कसैले पनि तिमीलाई जवाफ दिनेछैन। कुन पवित्र पुरूषले तिमीलाई फर्काउनेछ? |
2. | मूर्ख मानिसको क्रोधले उसलाई नै मार्नेछ। सरल मानिसको उग्र आवेशले उसलाई नै मार्नेछ। |
3. | मैले एकजना मूर्ख मानिसलाई देखें। उसले आफू सबै सुरक्षित मान्थ्यो तर अचानक उसको घर श्रापित भयो। |
4. | उसको नानीहरूलाई सहयोग गर्ने त्यहाँ कोही थिएन। अदालतमा उनीहरूका पक्षमा बोलिदिने कोही थिएन। |
5. | भोका मानिसहरूले उसको सबै अन्नहरू खाइदिए, ती भोका मानिसहरूले काँढाहरू माझ उम्रेका सबै अन्नहरूसम्म उसको लगिदिए तिनीहरूमा जे जति थिए लोभी मानिसहरूले सबै लगिदिए। |
6. | दुःख फोहरबाट आउँदैन। संकटहरू भुमिबाट उम्रिन्दैन। |
7. | तर आगोबाट उडेको फिलंगो जतिकै मानिस संकट लिनलाई नै जन्मन्छ। |
8. | तर अय्यूब, यदि म तिमी भएको भए, म परमेश्वरपट्टि फर्किने थिएँ अनि आफ्ना समस्याहरूका बारेमा उहाँलाई भन्ने थिए। |
9. | हाम्रो बुझ्ने शक्ति बाहिर परमेश्वरले अलौकिक कर्महरू गर्नुहुन्छ। चमत्कारी कर्महरू गर्न उहाँले कहिल्यै रोकिनु हुन्न। |
10. | परमेश्वरले पृथ्वीमा वर्षाहरू पठाउनु हुन्छ। उहाँले खेतहरूमा पानी पठाउनु हुन्छ। |
11. | परमेश्वरले नम्र मानिसलाई माथि उठाउनु हुन्छ, अनि उहाँले दुःखी मानिसलाई सुरक्षित राख्नु हुन्छ। |
12. | परमेश्वरले धूर्त र दुष्टहरूका युक्तिलाई विफल पारिदिनु हुन्छ, यसकाण तिनीहरूले सफलता पाउँदैनन्। |
13. | परमेश्वरले ज्ञानी मानिससम्मलाई तिनीहरूको आफ्नै पासोमा समात्नुहुन्छ। यसैले ती धूर्तपूर्ण योजनाहरू सफल हुँदैनन्। |
14. | ती चतुर मानिसहरू दिउँसै पनि जताततै ठोक्कर खान्छन् मध्य दिनको बेलामा पनि तिनीहरू अन्धकारमा बाटो खोज्दै हिंड्ने मानिस जस्तो हुनेछ। |
15. | परमेश्वरले दरिद्र मानिसहरूलाई मृत्युबाट पनि जोगाउनु हुन्छ। उहाँले गरीब निरीह मानिसहरूलाई शक्तिशालीहरूबाट जोगाउनु हुन्छ। |
16. | यसकारण गरीब मानिसहरूले आशा गर्छन। उहाँले दुष्टकर्मीको मुख थुनिदिनु हुन्छ। |
17. | त्यो मानिस धन्यको हो, जब परमेश्वरले उसलाई सुमार्ग बताउनुहुन्छ। यसैले गुनासो नगर जब सर्वशक्तिमान परमेश्वरले तिमीमाथि अनुशासन गर्नुहुन्छ। |
18. | परमेश्वरले दिनुभएको घाउहरूमा मलमपट्टी गरिदिनुहुन्छ। उहाँले कसैलाई चोट पुर्याउँन सक्नुहुन्छ तर उहाँकै हातहरूले नै निको पार्नुहुन्छ। |
19. | उहाँले तिमीलाई छःपल्ट संकटहरूबाट बचाउनु हुनेछ। हो, सातपल्ट दुर्घटनाहरू हुँदा पनि तिमीलाई छुने छैन। |
20. | जब त्यहाँ अनिकाल आईपर्छ परमेश्वरले तिमीलाई मृत्युबाट जोगाउनु हुन्छ। अनि जब त्यहाँ युद्ध हुँदछ परमेश्वरले तिमीलाई मृत्युबाट जोगाउनु हुन्छ। |
21. | जब मानिसहरूले तिम्रो निन्दा गर्छन परमेश्वरले तिम्रो रक्षा गर्नु हुन्छ। अनि यस्तो हुदाँ तिम्रो विनाश हुन्छ भनी डराउनु पर्दैन। |
22. | तिमी विनाश र अनिकाल देखेर हाँस्ने छौ। तिमी जंङ्गली जनावरहरूदेखि भयभीत हुने छैनौ। |
23. | खेतका ढुङ्गाहरूसित तिम्रो वाचा बाँधिएको छ। जंङ्गली जनावरहरू तिमीसंग शान्ति साथ रहनेछन्। |
24. | तिम्रो घरमा शान्ति रहेको तिमीले चाल पाउनेछौ। तिमीले आफ्नो सम्पत्ति गन्नेछौ अनि कुनै पनि चीज हराएको हुनेछैन्। |
25. | तिम्रा धेरै नानीहरू हुनेछन। तिनीहरू घाँसका पातहरू झैं प्रशस्त हुनेछन। |
26. | तिमी त्यो गहूँ जस्तै हुनेछौ जुन बाली काटिने बेलासम्ममा उब्जनेछ। हो, तिमी बृद्धवस्थासम्म बाँच्नु पर्नेछ। |
27. | अय्यूब, हामीले ती कुराहरूका अध्ययन गरेका छौ अनि हामी जान्दछौ। यसकारण अय्यूब, ध्यान दिएर सुन, अनि तिनीहरूबाट तिमी आफैं सिक।” |
← Job (5/42) → |