← Job (41/42) → |
1. | “अय्यूब, तिमीले वृहत जन्तुलाई माछा पक्रने बल्छीले समात्न सक्छौ? त्यसको जिब्रोमा डोरीले बाँध्न सक्छौ? |
2. | त्यसको नाकबाट तिमी डोरी छिराउन सक्छौ? अथवा बङ्गरामा बल्छी छिराउन सक्छौ? |
3. | के लेबीयथानले तिमीलाई ‘मलाई जान दिनुहोस्’ भनेर बिन्ती गर्नेछ? के उ तिमीसँग नम्र भाषामा बोल्ने छ? |
4. | के लेबीयथानले ‘तिम्रो सेवा सँधै गर्छु’ भनेर समझौता र वाचा खाएको छ? |
5. | के तिमी चरा-चुरूङ्गीहरूसँग खेले जस्तो लेबीयथानसँग खेल्न सक्छौ? के तिमी ऊमाथि डोरी लगाउनेछौ ताकि तिम्रो नोकर्नी केटीहरू त्योसँग खेल्न सक्छे? |
6. | के जालहारीले तिमीदेखि लेबीयथान किन्ने कोशिश गर्नेछ? के तिनीहरूले त्यसलाई काटेर टुक्रा-टुक्रा पारेर व्यापारीहरूसित बेच्छन? |
7. | के तिमी लेबीयथानको छाला अथवा टाउको भित्र भालाहरू फ्याँक्न सक्छौ? |
8. | अय्यूब, यदि तिमीले कहिले लेबीयथान माथि हात राखेकोछौ भने तिमीले फेरि त्यस्तो कहिल्यै गर्ने छैनौ। खाली चिन्ता गर युद्ध बारे जुन हुनेवाला छ। |
9. | के तिमीले लेबीयथानलाई पराजित गर्न सक्छु भनेर सोच्दछौ? ठीकै छ, भूल यसलाई। त्यहाँ आशा छैन। खाली त्योतिर हेरी रहँदा तिमी भयभीत हुनेछौ। |
10. | कुनै मानिस पनि त्यस्तो वीर छैन् जसले त्यसलाई रिस उठाउँछ। ठिक, मेरो विरूद्ध कुनै मानिस उठ्न सक्तैन्। |
11. | म कोहीसँग पनि ऋणी छैन। स्वर्ग मुनी भएका सबै कुराहरू मेरो हुन्। |
12. | अय्यूब, म तिमीलाई लेबीयथानको खुट्टाहरू बारे बताउनेछु, उसको शक्ति अनि सुन्दर आकार बारेमा बताउनेछु। |
13. | कसैले पनि उसको छाला छेडन सक्तैन। उसको छाला ढाल बराबर छ। |
14. | कसैले पनि लेबीयथानलाई जबरजस्ती गरेर मुख खोल्न सक्तैन। उसको मुखमा भएको दाँतहरूले नै मानिसहरूलाई तर्साउँदछ। |
15. | त्यसको ढाड बलियो गरी जोडिएका ढालहरू झैं बलियो छ। |
16. | ती ढालहरू एकमाथि अर्को गर्दै यस्तो टाँसिएका छन् कि त्यसबाट हावासम्म छिर्न सक्तैन। |
17. | ढालहरू जोडिएका छन् तिनीहरू एकसाथ कस्सिएर समिटिएका छन् कि तिनीहरू तानिएर चुँडिन सक्तैनन्। |
18. | जब लेबीयथानले हाच्छियूँ काढ्छ यो आगो दन्केको ज्वाला जस्तो हुन्छ। उसको आँखाहरू प्रातःकालको ज्योति जस्तो हुन्छन। |
19. | आगोको अगुल्टोहरू बलेको जस्तै ज्वाला उसको मुखबाट बाहिर आउँदछ। |
20. | पानी उम्लिरहेको भाँडाबाट तातो वाफहरू निस्के जस्तो लेबीयथानको नाकबाट धुवाँ निस्कन्छ। |
21. | अनि आगोको झिल्काहरू मुखबाट उछिटिन्छ लेबीयथानको सासले कोईला जलाउँदछ। |
22. | लेबीयथानको घिच्रो साह्रै बलियो हुन्छ, विपदहरू त्यो देखि डराएर भाग्दछन्। |
23. | त्यसको छालामा कतै पनि नरम भाग हुँदैन त्यो फलाम जस्तो कडा हुन्छ। |
24. | लेबीयथानको मुटु ढुङ्गा जस्तो हुन्छ। त्यससँग डर भनेको रत्तिभर हुँदैन। यो गह्रुँ पिंध्ने जाँतोको तल्लोपट्टिको ढुङ्गा जस्तो हुन्छ। |
25. | जब लेबीयथान उठ्छ, बलिष्ठ मानिसहरू पनि डराउँदछन्। जब लेबीयथानले पुच्छर हल्लाउँदछ तिनीहरू भाग्छन। |
26. | तरवार, भाला अनि झीरहरूले लेबीयथानलाई हिर्काइन्छ तर ती सबै उछिट्टिएर फर्किन्छन त्यस्ता हतियारहरूले त्यसलाई कतै आघात पुर्याउन सक्तैन। |
27. | लेबीयथानले पराल टुक्राए जस्तै सहजै फलाम भाँचिदिन्छ। त्यसले सडेको काठ जस्तै पित्तल भाँच्छ। |
28. | काँडले लेबीयथानलाई भगाउन सक्तैन। ढुङ्गाहरु पनि उसका निम्ति पराल झैं हुन्छन्। |
29. | जब काठको मुँग्रोले त्यसलाई हिर्काउछ त्यो यसलाई परालले छोए जस्तो अनुभव गर्छ त्यो हाँस्दछ जब मानिसहरूले त्यसमाथि भालाहरू बर्षाउँदछन्। |
30. | लेबीयथानको भुँडीको छाला फुटेका माटाका भाँडाहरूको तीखो टुक्राहरू जस्ता हुन्छन। उसले हलोले झैं जमीन फुटाउँछ। |
31. | लेबीयथानले समुद्रको पानीलाई भाँडा उम्लिरहेको पानी झैं घोल्छ। त्यसले पानीका फोका भाँडामा उम्लिएको तेल जस्तै बनाउँदछ। |
32. | जब लेबीयथान पौरिन्छ त्यसले आफू पछाडि बाटो छाडदछ। त्यसले पानीलाई घोल्छ अनि आफू पछाडी सेतो फीज छोडछ। |
33. | लेबीयथान जस्तो जनावर पृथ्वीमा छैन त्यो भयरहित बनाइएको प्राणी हो। |
34. | लेबीयथानले घमण्डी पशुहरूलाई तल हेर्दछ। त्यो सारा जङ्गली जनावरहरू माथि राज गर्ने राजा हो। अनि म, परमेश्वरले, लेबीयथान सृजना गरें।” |
← Job (41/42) → |