← Job (4/42) → |
1. | तब तेमानीका एलीपज बोले। |
2. | “यदि मैले केही भने के तिमी रिसाउँदैनौ? जुन नभनी म रहन सक्तिनँ। |
3. | अय्यूब तिमीले धेरैजना मानिसहरूलाई शिक्षा दियौ। तिमीले कमजोर हातहरूलाई बलवान बनायौ। |
4. | तिम्रो वचनहरूले मानिसहरूलाई मद्दत गर्यो जो पतन हुनलाई तयार थिए। तिमीले मानिसहरूलाई बल दियौ जो स्वयं उभिन सक्तैन थिए। |
5. | तर अहिले तिमीमाथि कष्टहरू आए अनि तिमी हतास भयौ। कष्टले तिमीलाई छुन्छ अनि तिमी हतास हुन्छौ। |
6. | तिमीले परमेश्वरलाई आराधना गर्छौ। तिमीले उहाँमाथि भरोसा गर्दछौ। तिमी एकजना असल मानिस हौ। यसकारण ती तिम्रा आशा बनोस्। |
7. | अय्यूब यस विषयमा सोचः निर्दोष मानिसहरू कहिल्यै पनि ध्वंश भएका छैनन्। असल मानिसहरू कहिल्यै ध्वंश हुँदैनन्। |
8. | मैले कतिपय संकटकारीहरूलाई देखेको छु अनि तिनीहरू जसले जीवन कष्टमय पार्दछ। तर तिनीहरू नै सँधै दण्डित हुन्छन्। |
9. | परमेश्वरको सरापले ती मानिसहरूलाई मार्दछ। परमेश्वरको क्रोधको रापले तिनीहरू नाश हुँदछन्। |
10. | दुष्ट मानिसहरू सिंहहरू जस्तै गर्जन्छन र र्झकिन्छन्। तर परमेश्वरले ती दुष्ट मानिसहरूलाई तहमा ल्याउनु हुन्छ अनि तिनीहरूका दाँतहरू भाँचिदिनु हुन्छ। |
11. | हो, ती दुष्ट मानिसहरू सिंहहरू जस्तै हुन्छन जसले शिकार मार्नलाई भेट्दैनन्। तिनीहरू मर्छन अनि तिनीहरूका डम्मरूहरू छरपष्ट हुन्छन्। |
12. | गुप्तरूपमा एउटा खबर मकहाँ ल्याइयो। मेरो कानहरूले त्यसका कानेखुसी पक्रिए। |
13. | मेरो रातको सपनाहरू बीचमा मानिसहरू निद्रामा हुन्छन्, |
14. | म त्रासित भएँ, अनि कामें। मेरो सबै हाडहरू कामे। |
15. | एउटा मन्द हावाले मेरो अनुहारलाई छोएर गयो। मेरा शरीरको रौं ठाडो भए। |
16. | त्यो आत्मा त्यहाँ उभियो, तर त्यो के थियो मैले देख्न सकिनँ। एउटा आकार मेरो आँखाको सामने उभियो, अनि त्यहाँ चकमन्न भयो, तब मैले एउटा अत्यन्त मधुर स्वर सुनें : |
17. | एकजना मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन। मानिस आफ्नो सृष्टिकर्ता भन्दा पवित्र हुन सक्तैन। |
18. | हेर, परमेश्वरले आफ्नैं स्वर्गीय सेनाहरूमाथि पनि भरोसा राख्न सक्नुहुन्न। परमेश्वरले आफ्ना स्वर्ग दूतहरूका समस्याहरू देख्नुहुन्छ। |
19. | यसकारण मानिसहरू निश्चय नै खराब हुन्छन्। मानिसहरू माटाको घरमा बस्दछन। ती माटाका घरहरूको जग फोहरमा हुन्छ। कीरा फटेङ्ग्राहरू भन्दा तिनीहरू सजिलै किच्चिएर मर्छन्। |
20. | मानिसहरू विहानदेखि बेलुकीसम्म मर्छन् अनि कसैलाई पनि थाहा हुँदैन। तिनीहरू मर्छन् र सदाको लागि अल्पिन्छन्। |
21. | यदि तिनीहरूको पालको डोरी तानियो भने मर्ने कारण थाहा नपाई तिनीहरू मर्ने छैनन् र?’ |
← Job (4/42) → |