← Job (38/42) → |
1. | तब परमेश्वर भुँवरीबाट अय्यूबसित बोल्नु भयो। परमेश्वरले भन्नुभयोः |
2. | “त्यो अज्ञानी मानिस को हो जसले यस्ता मूर्ख कुराहरू गरिरहेको छ?” |
3. | अय्यूब, कम्मर कस, मेरो प्रश्नको उत्तर दिनलाई तैयार बस। |
4. | “तिमी कहाँ थियौ जब मैले पृथ्वी सृष्टि गरे? यदि तिमी यो जान्दछौ भने मलाई जवाफ देऊ। |
5. | यदि तिमी साह्रै चतुर छौ भने, संसार यति ठूलो हुनुपर्छ भनेर कसले निर्णय गर्यो? कसले संसारलाई नापजोख गर्यो? |
6. | पृथ्वीको आधारशिला के हो? कसले यसमा प्रथम ढुङ्गा राख्यो? |
7. | जब त्यसो गरियो, बिहान ताराहरूले एकैसाथ गाए अनि दूतहरू आनन्दले कराए। |
8. | अय्यूब, जब समुद्र पृथ्वीमा गहिरोबाट बग्यो त्यसलाई रोक्न कसले द्वारहरू बन्द गर्यो? |
9. | त्यसबेला यसलाई मैले बादलहरूले ढाकें अनि अँधेरोमा लपेटें। |
10. | मैले समुद्रको सीमा बाँधें अनि बन्द द्वारहरूको पछिल्तिर राखें। |
11. | मैले समुद्रलाई भनें, ‘तँ यतिसम्म आउन सक्छस, अरू बेशी होइन। यसरी तिम्रो अंहकारी छालहरू रोकिनेछ।’ |
12. | अय्यूब, के तिमीले आफ्नो जीवनमा कहिल्यै बिहानलाई शुरू हुने आज्ञा दिएको थियौ अथवा दिनलाई शुरू हुने आज्ञा गर्यौ? |
13. | अय्यूब, के तिमीले कहिले बिहानको उज्यालोलाई पृथ्वी समात भन्यौ अनि दुष्ट मानिसहरूलाई लुकेका ठाउँहरूमा भयभीत पार्यौ। |
14. | बिहानको उज्यालोले पहाडहरू र खाल्डाहरू देखिन सजिलो गराइदिन्छ जब दिनको उज्यालो पृथ्वीमा आउँछ, ती ठाउँहरूका आकारहरू लुगाको मुजाहरू जस्तै हुन्छन। नरम माटोले टाँचाको मुनि आकार लिए जस्तै पृथ्वीले आकार धारण गर्छ। |
15. | दुष्ट मानिसहरूले उज्यालो मन पराउँदैनन्। किनभने जब उज्यालो फैलिन्छ ती दुष्ट मानिसहरूले खराब कर्म गर्न वाधा पाउँछन्। |
16. | अय्यूब, तिमी कहिले समुद्रको गहिरो भागमा पुगेको छौ जहाँबाट समुद्र शुरू हुन्छ? तिमी कहिले समुद्रको सतहमा हिंडेकाछौं? |
17. | अय्यूब तिमीले मृत्युको कालो ठाउँमा डोर्याउने द्वारहरू कहिले देखेका छौ? तिमीले मृत्युलोकमा लैजाने द्वारहरू देखेका छौ? |
18. | अय्यूब, पृथ्वी कति विस्तृत छ के तिमी साँच्चै जान्दछौ? यदि तिमी यी सारा कुराहरू जान्दछौ भने मलाई भन। |
19. | अय्यूब, प्रकाश कहाँबाट आउने गर्छ? अन्धकार कहाँबाट आउँदछ? |
20. | अय्यूब, के तिमी प्रकाश र अन्धकार कहाँबाट आए तिनीहरू त्यतैतिर फर्काउन सक्छौ? के तिमी जान्दछौ कसरी त्यस ठाउँमा जान पर्छ? |
21. | निःसन्देह तिमी ती कुराहरू जान्दछौ, अय्यूब। तिमी धेरै बृद्ध र ज्ञानी छौ। जब मैले ती कुराहरू बनाउदै थिए तिमी त्यही थियौ? |
22. | “अय्यूब, तिमी कहिले त्यो भण्डार भित्र गएका छौ जहाँ मैले हिऊँ र असिना राख्छु? |
23. | मैले हिऊँ र असिना संकट र लडाइँ - युद्धको समयको लागि बचाएर राखेको छु। |
24. | तिमी त्यस ठाउँमा कहिले गएका छौ जहाँबाट घाम उदाउँछ र जहाँबाट पूर्वी हावा पृथ्वीमा बहन्छ? |
25. | अय्यूब, कसले आकाशमा हात्तीसुँढे पानी पार्न नहरहरू खने? कसले आँधी वेरी आउने बाटो बनाए? |
26. | कसले मानिसहरू नबस्ने ठाउँमा पानी पर्ने बनायो? |
27. | त्यो रित्तो ठाउँ पनि पानीले भूमिलाई प्रशस्त भिजाउँछ अनि घाँस उम्रन थाल्दछ। |
28. | के बर्षाको पिता छ जसले शीतका थोपाहरू उब्जाउँदछ? |
29. | के हिंऊको आमा छ? जसले असिनालाई जन्म दिन्छ? |
30. | पानी ढुङ्गा भन्दा पनि कडा हुन्छ अनि महासागरको सतह जम्छ। |
31. | अय्यूब, के तिमी सप्तऋषि तारालाई बाँध्न सक्छौ? के तिमी मृगशीराको बन्धन खोल्न सक्छौ? |
32. | के तिमी ठीक समयमा ताराको झुण्डलाई प्रकट गराउन सक्छौ? अथवा के तिमी भालूको बच्चाहरूलाई खेलाउन सक्छौ? |
33. | के तिमीले आकाश नियन्त्रण गर्ने नियमहरू जान्दछौ? के तिमीले तिनीहरूलाई पृथ्वी शासन गर्ने बनाउन सक्छौ? |
34. | अय्यूब के तिमी बादलाई चिच्याउन सक्छौ अनि आफूलाई पानीले छोप भनी आदेश दिन सक्छौ? |
35. | के तिमीले बिजुलीलाई आदेश गर्न सक्छौ, “हामी यहाँ छौ। महाशय! तपाईं के चाहनु हुन्छ? के तिमी जहाँ चाहन्छौ बिजुलीलाई पठाउन सक्छौ? |
36. | अय्यूब, मानिसहरूलाई ज्ञानी कसले बनायो? कसले ज्ञान तिनीहरूको हृदयमा पसायो? |
37. | त्यस्तो ज्ञानी कस्को छ जसले बादल गन्न सक्छ अनि कसले डिम्का लगाएर बादलबाट पानी पार्न सक्छ? |
38. | यसैले धूलो हिलो बनिन्छ र मैला ढिकाहरू एकसाथ टाँसिन्छ। |
39. | अय्यूब के तिमीले सिंहहरूको लागि भोजन पाउँछौ? के तिनीहरूका भोका बच्चाहरूलाई खुवाउन सक्छौ? |
40. | ती सिंहहरू आफ्ना गुफामा लडिरहेका छन्। आफ्नो शिकारमाथि आक्रमण गर्न घाँसमाथि थ्याच्च बसी तयार भएका छन्। |
41. | जब त्यसका बच्चाहरू क्षुधातुर भएर परमेश्वरलाई पुर्कादा भोजनको खोजीमा डुलिरहेको कागलाई कसले खुवाउँछ? |
← Job (38/42) → |